मास्क अनिवार्य लगाऔं
बिहीबार, असार २५, २०७७
पाल्पाका थप १२ जना संक्रमितले कोरोना जिते
बुधबार, असार २४, २०७७
जिल्लामा थप १२ जना संक्रमितले कोरोना जितेका छन् । बुधबार मात्र माथागढी गाउँपालिकाका १, रैनादेवी छहरा गाउँपालिकाका ४, बगनासकाली गाउँपालिकाका १, रिब्दीकोट गाउँपालिकाका ३, निस्दी गाउँपालिकाका २ र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत ठेगाना नखुलेको बाहिरी जिल्लाका १ जना गरी १२ जना संक्रमितले कोरोना जितेर घर फर्किएका हुन् ।
पाल्पा प्याब्सनद्वारा शिक्षकलाई राहत
बुधबार, असार २४, २०७७
लामो समयदेखिको बन्दाबन्दीका कारण प्रभावित बनेका शिक्षकहरुलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पाल्पाले राहत सामग्री वितरण गरेको छ । कोरोना महामारीका कारण ४ महिनादेखि शैक्षिक सस्थाहरु बन्द रहेकाले प्रभावित बनेका जिल्लाका संस्थागत विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीलाई प्याब्सनले राहत सामग्री सहयोग गरेको हो ।
मिडियामा छुट्टाएको बजेट खोज्दै प्रकाशन प्रसारण समाज
बुधबार, असार २४, २०७७
प्रदेश सरकरले वर्षेनी मिडियाको लागि भनेर वजेट विनियोजन गरेको कुरा बजेट भाषणमा मात्र सुन्न पाईएइको छ तर कुन मिडियाले के कति मात्रामा बजेट पाए भन्ने विषयमा हाल सम्म पनि जानकारी हुन सकेको छैन । प्रकाशन तथा प्रशारण समाज रुपन्देहीले भने यस विषयमा खोज्न थालेको छ ।
सिण्डिकेट कायम गर्दा सञ्चार गृह संकटमा
बुधबार, असार २४, २०७७
सरकारी सूचना र विज्ञापनहरु सिधै सञ्चार गृहमा दिन रोकेर कमिसनका लागि विज्ञापन एजेन्सीहरुसंग मिलेमतो गरी सिण्डिकेट कायम गर्दा सञ्चार गृहहरु आर्थिक संकटमा परेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । प्रकाशन तथा प्रशारण समाज रुपन्देही र चांदनी नेपालले बुटवलमा गरेको अन्तक्र्रियामा सहभागी रुपन्देहीका सञ्चारगृहका सञ्चालकहरुले सरकारी सूचना र विज्ञापनहरु सिधै सञ्चार...
प्रकाशन प्रशारण समाजद्धारा कानुन मन्त्रीलाई ज्ञापन पत्र
बुधबार, असार २४, २०७७
प्रकाशन तथा प्रशारण समाज रुपन्देहीले प्रदेश ५ का अन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । संस्थाका अध्यक्ष नवराज कुँवर, महासचिव माधव नेपाल सहितको टोलीले मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको प्रमुखमा भट्टराई
बुधबार, असार २४, २०७७
त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाको क्याम्पस प्रमुखमा टंक प्रसाद भट्टराई नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालय काठमाडौले बरिष्ठताको आधारमा सह–प्राध्यापक भट्टराईलाई त्रिभुवन बहुमुखी क्याम्प पाल्पाको क्याम्पस प्रमुखमा नियुक्ति गरेको हो । क्याम्पस प्रमुख भट्टराईले २०४९ सालमा त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सुर्खेतबाट सेवा प्रारम्भ गरी, २०५४ सालमा स्थायी भएको र २०५६...
कृषि क्षेत्र र लकडाउनको प्रभाव
बुधबार, असार २४, २०७७
विश्वभर फैलिएको कोरोना महामारीका कारण कृषि क्षेत्र समेत प्रभावित बनेको छ । नेपालको अर्थतन्त्रमा बन्द हड्ताल नयाँ अनुभूतीजन्य विषय नभएता पनि सरकार आफैले गरेको लकडाउनको अनुभव भने नयाँ अभ्यास हो । यो अभ्यासले कृषिमा आधारित अर्थतन्त्र भएको नेपालमा ठूलै असर पारेको छ ।
पाल्पामा थप पाँच जनामा कोरोना पुष्टि
मंगलबार, असार २३, २०७७
जिल्लामा थप पाँच जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा माथागढी गाउँपालिकाका १ जना र बगनासकाली गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण देखिएका बगनासकालीका चार जना पुरुष तीन हप्ता अघि भारतबाट आएर विभिन्न क्वारेन्टाइनमा बस्दै आएका थिए ।
सत्तारुढ दलका नेताहरुको आन्तरिक द्वन्द्वले जनतामा निराश : सभापति राना
मंगलबार, असार २३, २०७७
नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश ५ का प्रदेश सांसद बीरबहादुर रानाले सत्तारुढ दल नेकपाका नेताहरुको आन्तरिक द्वन्द्वले जनतामा निरास छाएको बताएका छन् । नेपाली काँग्रेस रामपुरनगर समितिको आयोजनमा भएको पार्टीका अगुवा कार्यकर्ता तथा जनप्रतिनिधीहरु बीचको छलफल तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति रानाले मुलुक भित्र हाल देखा परेको राजनैतिक...
बाहिर निस्कदा अनिवार्य मास्क लगाउन पाल्पा प्रशासनको आग्रह
मंगलबार, असार २३, २०७७
विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि जिल्ला प्रशासन कार्यालयले अनिवार्य मास्क लगाउन नागरिकलाई आग्रह गरेको छ । गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएअनुसार जिल्ला प्रशासन कार्यालयले पनि कोरोना भाइरसबाट बच्न...


