गरिमा विकास बैंकको ‘गरिमा सजिलो अटो लोन’
आइतबार, फागुन ९, २०७७
पार्टी नेतामुखी भए मुलुकमा तानाशाही ओलीवाद आउँछ : नेता ज्ञवाली
शनिबार, फागुन ८, २०७७
नेकपा प्रचण्ड माधव समूहका लुम्विनी प्रदेश ईञ्चाज तथा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पार्टी भित्र नेतामुखी प्रवृत्ति हावी हुँदै गएकाले मुलुकमा तानाशाही ओलीवाद आउने बताएका छन् । शनिबार पाल्पाको तानसेनमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै स्थायी कमिटी सदस्य ज्ञवालीले नेकपा पार्टी भित्र नितीमुखी भन्दा पनि नेतामुखी प्रवृत्ति...
निजी क्षेत्र संगठित नभए सरकारले हेप्छ : श्रेष्ठ
शनिबार, फागुन ८, २०७७
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठले उद्योगी व्यवसायीहरुलाई संगठित भएर लाग्न आग्रह गरेका छन् ।सदरमुकाम तम्घासमा आयोजना गरिएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको २९ औं वार्षिक साधारण सभामा बोल्दै श्रेष्ठले व्यवसायीहरु संगठित हुन नसके सरकारले फेरी हेप्ने अवस्थाको सृजना हुने बताए । उनले अहिले नेपाल उद्योग वाणिज्य महासंघले...
प्रजातन्त्र दिवसदेखि विसं २०७८ पात्रो बजारमा
शनिबार, फागुन ८, २०७७
प्रजातन्त्र दिवसको अवसर पारेर विसं २०७८ का पात्रो (पञ्चाङ्ग) बजारमा आउन थालेको छ । फागुन ७ गतेदेखि आफ्नो सम्पादनमा रहेको सूर्य पञ्चाङ्ग बजारमा आएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिवसमेत रहेका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए । प्रजातन्त्र दिवसकै अवसरमा अरु पञ्चाङ्ग पनि बजारमा आउन थालेका छन् ।
‘छोरीलाई दाइजो होइन, शिक्षा दिनुहोस्’
शनिबार, फागुन ८, २०७७
जिल्लाको माथागढी गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले छोरीलाई दाइजो नभई शिक्षा दिनुपर्ने बताएकी छन् । किसान मावि र किसान बहुमुखी क्याम्पस माथागढी ४ झडेवाको वार्षिकत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष भट्टराईले दाइजोका कारण समाजमा हत्या हिंसा बढ्दै गएकाले छोरीलाई दाइजो नदिई शिक्षा दिन अभिभावकहरुलाई आग्रह गरेकी हुन् ।
आज प्रचण्ड–नेपाल समूहले तानसेनमा भेला गर्दै
शनिबार, फागुन ८, २०७७
नेकपा प्रचण्ड– नेपाल समूहले तानसेनमा (आज) शनिबार अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । प्रचण्ड– नेपाल समूहले ओली सरकारको असंवैधानिक कदमका विषयमा कार्यकर्ता तथा आम पाल्पालीलाई जानकारी दिने उद्देश्यले भेला तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।
कृषि क्षेत्रमा बैंकको लगानी बढ्यो
शनिबार, फागुन ८, २०७७
पछिल्लो समय नेपालको कृषि क्षेत्रमा बैंकहरुको लगानी बढ्दै गएको छ । कृषिक्षेत्र विस्तारै आधुनिकीकरण एवं व्यवसायिकीकरणतर्फ उन्मुख हुँदै गएपछि बैंकहरुले यस क्षेत्रमा ऋण लगानी बढाउँदै गएका छन् । वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा अहिले ११ प्रतिशत कर्जा प्रवाह गरेका छन् ।
पाल्पामा जबरजस्ती करनीको आरोपमा एक व्यक्ति पक्राउ
शुक्रबार, फागुन ७, २०७७
पाल्पामा जबरजस्ती करनीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । रैनादेवी छहराका ६५ वर्षीय मोहनीलाल खड्काले २३ वर्षीया युवतीलाई जबरजस्ती करनीको गरेको आरोपमा ति व्यक्ति पक्राउ परेका हुन् ।
बलात्कार र हत्याका घटना बढेपछि पाल्पाका विद्यार्थी सडकमा
शुक्रबार, फागुन ७, २०७७
समाजमा दिनहुँ बलात्कार र हत्याका घटनाहरु बढ्दै गएपछि पाल्पाका विद्यार्थीहरु सडकमा उत्रिदै आएका छन् । शिक्षाको चिन्ता गर्ने समयमा सामाजिक न्याय, मूल्य मान्यता मरेपछी नारावाजी जुलुसमा विद्यार्थीहरु सडकमा उत्रिदै आएका हुन् । शुक्रबार पनि कोट, टाइ, सर्ट पाईन्ट र मुखमा माक्स लगाउदै तानसेनमा २० बर्ष उमेर समूहका विद्यार्थी, युवा युवती...
भोलि पाल्पामा विद्युत अवरुद्ध, मर्मत सुधारको काम हुँदै
शुक्रबार, फागुन ७, २०७७
जिल्लाका विभिन्न ठाउँहरुमा शनिबार विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्यूत प्राधिकरण पाल्पा वितरण केन्द्रले पाल्पा–बुटवल ३३ केभी लाईन वरपरको हाँगाविगा कटान तथा प्रभासमा रहेको ३३ केभी लाइनमा मर्मत गर्न लागेकाले विद्युत अवरुद्ध हुने भएको हो ।
प्रचण्ड–नेपाल समूहले शनिबार तानसेनमा भेला गर्दै
शुक्रबार, फागुन ७, २०७७
नेकपा प्रचण्ड– नेपाल समूहले तानसेनमा शनिबार अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । प्रचण्ड– नेपाल समूहले ओली सरकारको असंवैधानिक कदमका विषयमा कार्यकर्ता तथा आम पाल्पालीलाई जानकारी दिने उद्देश्यले भेला तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।
पाल्पामा स्वास्थ्य बिमाका बिरामीलाई रिफरले सास्ती
शुक्रबार, फागुन ७, २०७७
बिहीबार तिनाउ गाउँपालिकाकी शान्ती थापा उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पुगिन । उनले टिकटका लागि स्वास्थ्य बिमा कार्ड लिएर टिकट काउन्टर अगाडि लाईन बसिन । लाइन बसेको डेढ घण्टापछि उनको बल्ल पालो आयो । पालो त आयो तर उनले टिकट भने पाइनन् । काउण्टरका कर्मचारीले टिकटका लागि सरकारी अस्पतालको...
आज प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम हुँदै
शुक्रबार, फागुन ७, २०७७
आज ७१ औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । नेपालमा जारी जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा हरेक वर्ष फागुन ०७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको हो । दिवसको अवसरमा पाल्पा लगायत देशभर विशेष कार्यक्रमको आयोजना गरिदै छ ।


