प्राथमिकतामा परोस् स्वास्थ्य क्षेत्र
शुक्रबार, वैशाख २९, २०८०
आर्थिक विकास र राजनीति
बिहीबार, वैशाख २८, २०८०
कुनै पनि देश विकासको गति मापन गर्न त्यस देशको आर्थिक अवस्थालाई हेर्नुपर्छ । जुन देशको आर्थिक विकास तिव्र रुपमा भएको छ त्यो देशको विकास पनि राम्रै भएको मान्न सकिन्छ । यद्यपी आर्थिक विकास त्यत्तिकै प्राप्त हुँदैन । यसका लागि दृढ इच्छाशक्ति सहितको कठोर कार्यानुशासन चाहिन्छ ।
दोषीमाथि कारवाही होस्
बुधबार, वैशाख २७, २०८०
आइतबारदेखि प्रतिनिधि सभाका दुवै संसदमा भुटानी शरणार्थी प्रकरणको विषयले प्राथमिकता पाएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा बहालवाला सचिव र राजनीतिक दलकै नेता र उच्चपदस्थ कर्मचारीको संलग्नता भेटिएपछि संसदमा सांसदहरुले कारवाहीको माग गरेका छन् ।
सबैमा न्यायको सहज पहुँच पुग्न सकोस्
मंगलबार, वैशाख २६, २०८०
आज कानुन दिवस हो । नेपालको न्यायिक इतिहासलाई सम्झने क्रममा यस दिनलाई एउटा ऐतिहासिक र विशेष महत्वको रुपमा हेरिन्छ । राणा शासनकालमा राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकारको प्रयोग एकै निकायबाट हुँदै आएको थियो ।
विश्व रेडक्रस दिवसको सन्दर्भ
सोमबार, वैशाख २५, २०८०
आज मे ८ तारिक अर्थात् विश्व रेडक्रस दिवस । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै आजको दिनलाई विश्वभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ । विशुद्ध मानविय सेवालाई ध्यानमा राख्दै हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरेका थिए ।
बजेट अधिवेशनले सार्थकता पाओस्
आइतबार, वैशाख २४, २०८०
संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । यस अघि मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आजलाई आह्वान गरेका थिए । अधिवेशनमा आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ । तर...