Shittalpati
बालकुमारीमा प्रदर्शनका क्रममा एक जनाको मृत्यु
बालकुमारीमा प्रदर्शनका क्रममा एक जनाको मृत्यु ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा युवकको मृत्यु भएको हो । 
राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन तयारी
राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन तयारी आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरेको छ ।  आयोगबाट स्वीकृत निर्वाचन कार्यतालिका बमोजिम मनोनयनपत्र दर्ताका लागि उम्मेदवारले संलग्न गराउनुपर्ने कागजातबारे आयोगले स्पष्ट गरेको छ ।
लुम्बिनी प्रदेश सरकारको बजेट ९ प्रतिशत मात्रै खर्च
लुम्बिनी प्रदेश सरकारको बजेट ९ प्रतिशत मात्रै खर्च लुम्बिनी प्रदेश सरकारको हालको बजेट खर्चको अवस्थालाई हेर्दा सन्तोषजनक देखिदैन । चालु आर्थिक वर्षको ४ महिनाको अवस्थालाई हेर्दा यहाँको बजेट खर्चको अवस्था निराशजनक देखिएको हो ।
तम्घासमा खाद्यको शाखा कार्यालय
तम्घासमा खाद्यको शाखा कार्यालय गुल्मीको सदरमुकाम तम्घासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय  सञ्चालनमा ल्याइएको छ । मुल्य अनुसारको गुणस्तरीय खाद्यान्न उपयोगको सुनिश्चितताका लागि जिल्लाको रेसुङ्गा नगरपालिकास्थित तम्घासमा  खाद्यको शाखा सञ्चालनमा ल्याइएको हो ।
ब्राह्मण समाज पाल्पाको अध्यक्षमा पुनः नेपाल
ब्राह्मण समाज पाल्पाको अध्यक्षमा पुनः नेपाल ब्राह्मण समाज नेपाल पाल्पाको अध्यक्षमा पुनः धर्मचन्द्र नेपाल निर्विरोध निर्वाचित भएका छन् । समाजको १२ औं साधारणसभा तथा चौथौं अधिवेशनले नेपालाई अध्यक्षमा पुनः निर्विरोध चयन गरेको हो ।
सनातन गुठीले गर्यो ‘हनुमान पूजा’ सँगै वार्षिक साधारण सभा
सनातन गुठीले गर्यो ‘हनुमान पूजा’ सँगै वार्षिक साधारण सभा सनातन धर्म सेवा समिति (गुठी) मेहल्धारा तानसेन पाल्पाले ‘हनुमान पूजा’ गरेको छ । गुठीले हरेक वर्ष हनुमान जयन्तीको अवसरमा इष्ट देवता भगवान श्रीरामचन्द्रका सेवक वीर हनुमानको पूजा अर्चना गर्ने गर्दछ । सोही अनुसार उसले विधिपूर्वक हनुमान पूजा गरेको हो ।
आज योमरी पुन्ही र उधौली पर्व मनाइँदै, देशभर सार्वजनिक विदा
आज योमरी पुन्ही र उधौली पर्व मनाइँदै, देशभर सार्वजनिक विदा मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हीः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व आज देशभर मनाइँदैछ । विशेषगरी किराँत समुदायले उधौली पर्व र नेवार समुदायले योमरी पुन्ही धुमधामसँग मनाउँछन् ।
पुस १६ देखि बुटवल–पाल्पा सडक दैनिक ६ घण्टा बन्द हुने
पुस १६ देखि बुटवल–पाल्पा सडक दैनिक ६ घण्टा बन्द हुने सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ । निर्माणाधीन सुरुङ मार्गको कामलाई तीव्रता दिन उक्त सडक खण्ड यही पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको हो । 
आज ‘क्रिसमस डे’, देशभर सार्वजनिक बिदा
आज ‘क्रिसमस डे’, देशभर सार्वजनिक बिदा नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् ।
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ लुम्बिनी प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद विस्तार भएको छ । सरकार गठन भएको ८ महिनापछि आइतबार मन्त्रिपरिषद् विस्तार भएको हो ।
बैवाहिक वर्ष गाँठमा गरिने खर्चबाट असहायलाई न्यानो कपडा
बैवाहिक वर्ष गाँठमा गरिने खर्चबाट असहायलाई न्यानो कपडा तानसेनमा एक जोडीले आफ्नो बैवाहिक वर्ष गाँठमा गरिने खर्चबाट असहायलाई न्यानो कपडा सहयोग गरेका छन् । लायन्स  क्लब  अफ  रानीमहल क्लब पाल्पाका  कोषाध्यक्ष  विष्णु पौडेल  र सर्मीला पौडेलले आफ्नो बैवाहिक वर्ष गाँठमा गरिने फजुल खर्च कटाए तानसेनस्थित निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रमका असहायका लागि न्यानो कपडा सहयोग...
रुपन्देहीबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
रुपन्देहीबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ प्रहरीले अवैध लागूऔषधसहित रुपन्देहीका विभिन्न स्थानबाट तीन जना पक्राउ गरेको छ । रूपन्देहीको रोहिणी गाउँपालिका–३ धकधई र सैनामैना नगरपालिका–२ बिहानी टोलबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका हुन् ।
Weather Update