स्थानीय तह उपनिर्वाचन: मतदान हुँदै , मत परिणाम वेबसाइटमै हेर्न सकिने
आइतबार, मंसिर १६, २०८१

गम्भीर रोगका बिरामीले पाए पुनर्जीवन
शनिबार, मंसिर १५, २०८१
बर्दिया जिल्ला गेरुवा गाउँपालिका–६ मनाउका महावीर थारुको डेढ वर्षअघि मुखमा घाउ निस्कियो । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकले मुखको क्यान्सरको आशड्ढा गरेर चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा जान सल्लाह दिए ।

रामेछापमा जिप दुर्घटना : वडा अध्यक्षसहित पाँचजनाको मृत्यु, तीन घाइते
शुक्रबार, मंसिर १४, २०८१
रामेछापमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका रहेका छन् ।

गाईपालक किसानलाई पालिकाद्वारा अनुदान
बिहीबार, मंसिर १३, २०८१
गाईपालक किसानलाई यहाँको सत्यवती गाउँपालिकाले अनुदान दिने भएको छ । पहिलो बेत ब्याउने गाई पाल्नेलाई प्रति गाई रु दश हजार अनुदान दिने निर्णय गरेको हो । गाईपालक किसानलाई पहिलो पटक प्रोत्साहनस्वरुप अनुदान वितरण गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
बिहीबार, मंसिर १३, २०८१
अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुर ९नवलपरासी सुस्तापूर्व० को मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी रिपाहाघाटमा पुल निर्माण गरिएको हो ।

गुल्मीमा धान उत्पादन बढ्यो
बुधबार, मंसिर १२, २०८१
जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २५ हजार एक सय ४३ मेट्रिक टन धान फलेको छ ।

स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
बुधबार, मंसिर १२, २०८१
‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन् । त्यसबाट उनीहरूले सामान्य खर्चको जोहो गर्दै आएका छन् ।
-1721213853.jpg)
सुनको मूल्य प्रतितोला नौ सय बढ्यो
बुधबार, मंसिर १२, २०८१
पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज भने बढेको छ । आज प्रतितोला रु नौ सयले बढेर रु एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’
मंगलबार, मंसिर ११, २०८१
यहाँका एक किसानले ‘ड्रागन फ्रुट’ बिक्रीबाट रु १८ लाख आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिक रूपमा ड्रागनखेती गरेका कृष्णप्रसाद ढुङ्गानाले ड्रागन बेचेर रु १८ लाख आम्दानी गरेका हुन् ।

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो
मंगलबार, मंसिर ११, २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १६ दशमलव ६६ कायम भएको छ । आज परिसूचक एक दशमलव २४ प्रतिशतले बढेको हो ।

बाख्रापालनबाट वार्षिक १५ लाख आम्दानी
मंगलबार, मंसिर ११, २०८१
तुलसीपुर उपमहानगरपालिका–१० टरिगाउँका ४० वर्षीय रुद्रगोपाल डाँगीले उन्नत जातका बाख्रापालन व्यवसायबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गरिरहेका छन् । नेपाल प्रहरीबाट सेवानिवृत्त भएपश्चात् विसं २०७५ देखि व्यावसायिक बाख्रापालन सुरु गर्नुभएका उहाँले सबै खर्च कटाएर वार्षिक रु छ लाख बचत हुने गरेको बताए ।
-1721213853.jpg)
सुनको मूल्य दुई हजार छ सयले घट्यो
मंगलबार, मंसिर ११, २०८१
सरकारले भन्सार दर घटाएपछि सोमबार नेपाली बजारमा उच्च गिरावट देखिएको सूनको मूल्य आज पनि घटेको छ । आज सुन प्रतितोला रू दुई हजार छ सयले घटेर एक लाख ४८ हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

दोहोरो कर तिर्नुपर्दा समस्यामा परेको गुनासो
मंगलबार, मंसिर ११, २०८१
यहाँका युवा व्यवसायीले दोहोरो कर तिर्नुपर्दा समस्यामा परेको गुनासो गरेका छन् । व्यवसायी अशोक श्रेष्ठले स्थानीय तह, घरेलु र कर कार्यालयमा छुट्टाछुट्टै राजस्व तिर्नुपर्ने समस्या परेको बताए ।