बालकोट बैठक : प्रचण्डलाई प्रधानमन्त्री बनाउने, एमालेले राष्ट्रपति लिने
आइतबार, पुस १०, २०७९
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदै
आइतबार, पुस १०, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेको एक साताको समय आज सकिँदै छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ गते एक साताको समय निर्धारण गरी आह्वान गरेकी थिइन् ।
भूतपूर्व सैनिक संघ पाल्पाले गर्याे जनप्रतिनिधिलाई सम्मान
शुक्रबार, पुस ८, २०७९
नेपाली काँग्रेसको शुुभेच्छुक संस्था नेपाल भूतपूर्व सैनिक संघ पाल्पाले स्थानीय तह र प्रदेश सभा सदस्यमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । संघले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रमकाबीच संघमा आवद्ध नवनिर्वाचित तीन जना जनप्रतिनिधिलाई सम्मान गरेको हो ।
प्रतिनिधिसभाका सांसदले लिए शपथ
बिहीबार, पुस ७, २०७९
तिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार आयोजित समारोहमा जेष्ठ सदस्य पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ खुवाएका हुन् ।
काँग्रेस संसदीय दलको नेतामा देउवा
बुधबार, पुस ६, २०७९
काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् । आज भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका देउवाले ६४ मत ल्याएर विजयी भएका हुन् । उनीसँग प्रतिस्पर्धामा रहेका महामन्त्री गगन थापाले २५ मत ल्याए । काँग्रेस संसदीय दलको निर्वाचनमा नवनिर्वाचित ८९ सांसदले मतदान गरेका थिए ।
काँग्रेस संसदीय दलको नेतामा देउवा र थापाको उम्मेदवारी
मंगलबार, पुस ५, २०७९
नेपाली काँग्रेस संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । आज दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देउवा र थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।
काँग्रेस संसदीय दलको नेतामा गगन लड्ने पक्का, शेखरले सहयोग गर्ने
मंगलबार, पुस ५, २०७९
नेपाली काँंग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा नै उम्मेदवार बन्ने पक्का भएको छ । शेखर कोइरालाले थापालाई नै समर्थन गर्ने भएपछि उनी संंसदीय दलको नेतामा लड्ने पक्का भएको हो ।
पाल्पा एमालेको निर्वाचन समीक्षा
मंगलबार, पुस ५, २०७९
नेकपा एमाले पाल्पाले पनि निर्वाचन समीक्षा गरेको छ । एमालेले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका विषयमा समीक्षा गरेको हो । समीक्षा कार्यक्रममा एमालेका दशवटै पालिकाका प्रमुखहरुले निर्वाचनका विषयमा जानकारी गराएका थिए । उनीहरुले आ–आफ्नो पालिकामा एमालेका उम्मेदवारले प्राप्त गरेको मत परिणाम र निर्वाचनको अवस्थामा विषयमा पार्टी नेतृत्वलाई...
काँंग्रेस ससंदीय दलको निर्वाचन बुधबार
सोमबार, पुस ४, २०७९
काँग्रेसमा संसदीय दलको नेता चयनका लागि बुधबार अर्थात् पुस ६ गते निर्वाचन हुने भएको छ । काँग्रेस निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि पुुस ६ निर्वाचन गर्ने भएको हो ।
पाल्पा काँग्रेसले गर्याे निर्वाचनको समीक्षा
आइतबार, पुस ३, २०७९
नेपाली काँग्रेस पाल्पाले निर्वाचनको समीक्षा गरेको छ । काँग्रेसले मंसिर ४ गते भएको प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनका विषयमा आइतबार व्यापक समीक्षा गरेको हो ।
लुम्बिनी प्रदेशमा २२ दलको जमानत जफत
शनिबार, पुस २, २०७९
लुम्बिनी प्रदेशमा २२ दलको जमानत जफत भएको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फ थ्रेसहोल्ड (कुल सदरमतको ३ प्रतिशत) नकटाउने २२ दलको जमानत जफत भएको हो ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङबाट काम प्रारम्भ
बुधबार, मंसिर २८, २०७९
लुम्बिनी प्रदेशको स्थायी राजधानीको राप्ती उपत्यका देउखुरीबाट आज औपचारिकरूपमा कार्य प्रारम्भ भएको छ । सो प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज यहाँ उद्घाटन भएको छ ।
एमालेबाट समानुपातिकमा ३४ सांसद छानिए
शनिबार, मंसिर २४, २०७९
नेकपा एमालेले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जनाको नामा टुंग्याएको हो ।

.jpg)
