कोरोनाबाट विदेशमा २ सय ४४ नेपालीको निधन
आइतबार, असोज ४, २०७७
नेपाल शिक्षक संघद्वारा सेन माविलाई सेनिटाइजर सहित पानी टंकी
आइतबार, असोज ४, २०७७
नेपाल शिक्षक संघ पाल्पाले सेन माध्यमिक विद्यालयलाई सेनिटाइजर सहित पानी टंकी सहयोग गरेको छ । संघले विश्वभर फैलिएको कोरोना भाइरस कोभिडबाट बच्नका लागि विद्यालयलाई एक हजार लिटरको सेनिटाइजर सहित एक थान पानी टंकी सहयोग गरेको हो ।
पाल्पामा दुई जना नर्स सहित पाँच जनामा कोरोना
शनिबार, असोज ३, २०७७
जिल्लामा थप दुई नर्स सहित पाँच जनामा कोरोना पुष्टि भएको छ । शनिबार भैरहवा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा लुम्बिनी मेडिकल कलेज प्रभासमा कार्यरत दुई जना स्टाफ नर्स सहित पाँच जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
पाल्पामा ४२ वर्षीया थप कोरोना संक्रमित महिलाको मृत्यु
शनिबार, असोज ३, २०७७
जिल्लामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । तानसेन नगरपालिका–१४, कुसेनीकी ४२ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति मृत्यु हो ।
नेपालमा थप आठ सय ७१ जना कोरोना मुक्त
शुक्रबार, असोज २, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा थप आठ सय ७१ जना कोरोना मुक्त भएका छन् । नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शुक्रबार ८ सय ७१ जना कोरोना संक्रमणमुक्त भएको बताएका हुन् ।
स्क्रब टाइफस र डेंगुको संक्रमण बढ्दै
शुक्रबार, असोज २, २०७७
रोना भाइरस सङ्क्रमणको त्राससँगै म्याग्दीमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण फैलँदै गएको छ । जिल्लामा हालसम्म ३८ जनामा स्क्रब टाइफस र ७४ जनामा डेंगुको सङ्क्रमण देखिएको हो ।
गुल्मीमा अर्को पिसीआर मेसिन ल्याई कोरोना परीक्षण प्रयोगशालाको उद्घाटन
बिहीबार, असोज १, २०७७
जिल्लामा कोभिड–१९ परीक्षण प्रयोगशालाको उद्घाटन गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका ९ को उपल्लो तम्घासमा निर्माण गरिएको कोभिड–१९ परीक्षण प्रयोगशालाको नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
तिनाउमा संस्थागत सुत्केरी सेवा सञ्चालनमा
बिहीबार, असोज १, २०७७
तिनाउ गाउँपालिका–२, दोभानस्थित स्वास्थचौकीमा संस्थागत सुत्केरी सेवा सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य चौकीबाट चौबीसै घण्टा प्रसुती सेवा उपलब्ध गराउन थालेपछि महिला उत्साहित भएका छन् ।
पाल्पामा कोरोनाबाट मृत्यु भएका पुरुषको अन्त्येष्टि गरिदै
बिहीबार, असोज १, २०७७
कोरोनाबाट मृत्यु भएका तानसेन नगरपालिका ७ का पुरुषको अन्त्येष्टि गर्ने तयारी भएको छ । पाल्पाको चरचरे नजिकैको जंगलमा खाडल खनेर उनको अन्त्येष्टि गर्ने तयारी भइरहेको आज बसेको सिसिएमसीको बैंठकले जनाएको छ ।
पाल्पामा कोरोना संक्रमित एक पुरुषको मृत्यु
बिहीबार, असोज १, २०७७
पाल्पामा कोरोना संक्रमित थप एक व्यक्तिको मृत्यु भएको छ । तानसेन नगरपालिका ७ का ५२ वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा आज बिहान २ बजे मृत्यु भएको हो ।
२४ घण्टामा एक हजार ६८ जना डिस्चार्ज
बिहीबार, असोज १, २०७७
नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ । बुधबार पनि पछिल्लो २४ घण्टामा एक हजार ६८ जना डिस्चार्ज भएका छन् ।
एकै दिन देशभर एक हजार ६२ संक्रमित निको
बुधबार, भदौ ३१, २०७७
देशभर एकै दिन एक हजार ६२ जना कोरोना संक्रमित निको भई घर फर्केका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६२ जना निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
पाल्पामा थप स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पुष्टि
सोमबार, भदौ २९, २०७७
जिल्लामा थप स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पुष्टि भएको छ । सोमबार भैरहवा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा कार्यरत पाँच जना र एक जना विरामीमा कोरोना पोजेटिभ देखिएको हो ।


