पाल्पामा एकैदिन ६ जना संक्रमितको मृत्यु
बिहीबार, वैशाख ३०, २०७८

पाल्पामा बिहीबार ६२ जना कोरोना संक्रमित निको हुँदा ८४ जनामा संक्रमण
बिहीबार, वैशाख ३०, २०७८
जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने बढेका छन् । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक बढेको देखिन्छ । बिहीबार जिल्लाका थप ६२ जना संक्रमितले कोरोना जित्दा ८४ जनामा संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १५ जना महिला...

माथागढीका १ सय ३४ संक्रमितले कोरोना जिते
बिहीबार, वैशाख ३०, २०७८
माथागढी गाउँपालिकाका १ सय ३४ संक्रमितले कोरोना जितेका छन् । २ सय २२ संक्रमित मध्ये गाउँपालिकाका १ सय ३४ संक्रमितले कोरोना जितेका हुन् ।

पाल्पाका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री
बुधबार, वैशाख २९, २०७८
कोभिड–१९ को जोखिम बढिरहेका बेला अग्रपङ्तिमा रहेर खटिने जिल्लाका पत्रकारहरुलाई न्यूनतम स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । जिल्लाका विभिन्न स्थानीय सरकारहरुबाट प्राप्त स्वास्थ्य सामग्री नेपाल पत्रकार महासंघ पाल्पा शाखाले वितरण गरेको हो ।

पाल्पामा बुधबार ६५ जनाले कोरोना जिते, १ सय ५८ जनामा संक्रमण
बुधबार, वैशाख २९, २०७८
जिल्लामा पछिल्ला केही दिन यता आशाका किरण देखिएका छन् । यहाँ कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने बढेको छ । बुधबारमात्र जिल्लाका ६५ जना संक्रमितले कोरोना जितेका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २८ जना महिला र ३७ जना पुरुषले कोरोना जितेका हुन् ।

पाल्पामा मंगलबार थप ३४ जना संक्रमित डिस्चार्ज भए
मंगलबार, वैशाख २८, २०७८
जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपनि निको हुनेहरुको संख्यामा वृद्धि भएको छ । मंगलबार मात्र जिल्लाका ३४ जना संक्रमित डिस्चार्ज भएका छन् ।

पाल्पामा कोरोना निको हुने बढे, एकै दिन ८१ जना संक्रमित डिस्चार्ज
सोमबार, वैशाख २७, २०७८
जिल्लामा पछिल्लो समय कोरोना जित्नेहरुको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्र जिल्लामा ८१ जनाले कोरोना जितेका छन् । सोमबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २९ जना महिला र ५२ जना पुरुषले कोरोना जितेका हुन् ।

पाल्पामा आइतबार १ सय १९ जना नयाँ संक्रमित थपिए
आइतबार, वैशाख २६, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १ सय १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १ सय ५८ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका ४४ जना सहित १ सय ९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गुल्मीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुग्यो
आइतबार, वैशाख २६, २०७८
गुल्मीमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार पछिल्लो २४ घण्टामा ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कुल संक्रमितको संख्या ६ सय १७ पुगेको छ । जसमा १ सय ६७ जना पिसिआर पोजेटिभ र ४५० जना एन्टीजेन...

गुल्मीमा सात वर्षीय बालकले कोरोना जिते
आइतबार, वैशाख २६, २०७८
गुल्मीको मदाने गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ विशेष अस्पतालमा सात वर्षीय बालकले कोरोना जितेका छ । मदाने–१ अग्लुङका सात वर्षीय बालक राजेश राउतले गाउँकै अस्थायी कोभिड अस्पतालमा कोरोनालाई जितेका हुन् ।

संक्रमितको घरमै अक्सिजन पुर्याउदै कालिगण्डकी गाउँ सरकार
आइतबार, वैशाख २६, २०७८
जिल्लाको कालिगण्डकी गाउँ सरकारले कोरोना संक्रमितको घर–घरमै स्वास्थ्य अक्सिजन पुर्याउन थालेको छ । गाउँपालिकामा कोरोना संक्रमितको ग्राफ बढ्दै गएपछि गाउँ सरकारले संक्रमितहरूको घरमै पुगी अक्सिजन सहित आवश्यक स्वास्थ्य सामग्रीहरू दिँदै आएको हो ।

पाल्पा काँग्रेसको पार्टी कार्यालय आइसोलेसनलाई दिइने
आइतबार, वैशाख २६, २०७८
नेपाली काँग्रेस पाल्पाको पार्टी कार्यालयलाई कोभिड प्रभावितका लागि आइसोलेसन बनाउन दिइने भएको छ । जिल्लामा संक्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन विपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि आवश्यक परेमा आइसोलेसन कक्ष बनाउन काँग्रेसले जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिइएको हो ।

विवाहले फैलाउँदै कोरोना
शनिबार, वैशाख २५, २०७८
केही दिन अघि बुटवलमा भएको विवाह कार्यक्रमा सहभागी हुन पुगेका तानसेनका दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भयो । आफ्ना भान्जाको विवाहमा सहभागी हुन पुगेका श्रीमान, श्रीमतिलाई नै संक्रमण भएको छ । यति मात्र होइन त्यो विवाहमा सहभागी अन्य दर्जानौ व्यक्तिहरु समेत संक्रमणको शिखार बन्न पुगेका छन् ।