रामपुरमा प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण
सोमबार, असार २९, २०७७
पाल्पामा थप १३ जना संक्रमित निको भएर घर फर्किए
सोमबार, असार २९, २०७७
जिल्लामा पछिल्लो २४ घन्टामा थप १३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । सोमबार उनीहरुलाई १४ दिन आइसोलेसनमा बस्दा कुनै लक्षण नदेखिएपछि पुनः परीक्षण नगरी घर पठाइएको हो । उनीहरू सबै रैनादेवी छहरा गाउँपालिकाका रहेका छन् । भारत र तेस्रो मुलुकबाट आई क्वारेन्टाइनमा बसेका उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ...
पाल्पामा थप चार जनामा संक्रमण
आइतबार, असार २८, २०७७
जिल्लामा आइतबार थप चार जनामा कोरोना संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा निस्दी गाउँपालिकाका ४ जना पुरुषमा संक्रमण देखिएको हो । योसँगै गाउँपालिकामा संक्रमितको संख्या ९९ पुगेको छ । जिल्लामा निस्दीमा थपिएका ४ जनासँगै संक्रमितको संख्या ५ सय ५३ पुगेको छ ।
क्षयरोग र एचआईभी सम्बन्धी अभिमूखिकरण
आइतबार, असार २८, २०७७
क्षयरोग र एचआईभी सम्बन्धी अभिमूखीकरण कार्यक्रम तानसेनमा भएको छ । नेपाल क्षयरोग निवारण संस्था पाल्पाको आयोजना, क्याटल्याटिक फण्ड प्रोजेक्टको सहयोगमा क्षयरोग र एचआईभी सेवाको पहँुचमा मानव अधिकार र लैंगिक अवरोध न्यूनिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको हो । संस्थाले जिल्लाका राजनीतिककर्मी र सामाजिक कार्याकर्ता, नागरिक समाजका व्यक्तित्वहरुलाई एक दिने अभिमूखिकरण कार्यक्रम...
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो
शनिबार, असार २७, २०७७
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३८ पुगेको छ । शनिबार थप ३ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३८ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका २ र सिन्धुपाल्चोकका १ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।
समुदायमा जोखिम बढ्दो, आइसोलेशनमा रहेकालाई विना परीक्षण धमाधम घर पठाइदै
शनिबार, असार २७, २०७७
जिल्लाका आइसोलेशन सेन्टरमा उपचाररत शनिबारसम्म ३ सय ३ जना कोरोना संक्रमित डिस्चार्ज भए । उनीहरूमध्ये केहीलाई कोरोना निको भएको थियो भने केहीमा कोरोना संक्रमण नै देखिन्थ्यो । तर जिल्लामा कोरोना संक्रमणबाट निको भएका र नभएका दुवैलाई घर पठाउन थालिएको छ, जसले समुदायमा जोखिम बढाएको छ । अहिलेसम्म सामान्य रहेको समुदाय...
पाल्पामा घट्दै कोरोना संक्रमित, शुक्रबार मात्र थप २ जनामा संक्रमण
शुक्रबार, असार २६, २०७७
पछिल्लो समय जिल्लामा कोरोना संक्रमितहरूको संख्या घट्दो क्रममा रहेको छ । संक्रमित हुनेभन्दा डिस्चार्ज हुनेहरूको संख्या बढेपछि जिल्लामा कोरोना संक्रमितको संख्या घट्दै गएको हो । पछिल्लो २४ घण्टामा पाल्पामा कोरोना भाइरस (कोभिड–१९) का २ जना संक्रमित थपिएका छन् ।
पाल्पाका थप ११ जना संक्रमितले कोरोना जिते, घर फर्कने संख्या ७० पुग्यो
बिहीबार, असार २५, २०७७
जिल्लामा थप ११ जना संक्रमितले कोरोना जितेका छन् । बिहीबार मात्र पूर्वखोला गाउँपालिकाका ११ जना संक्रमितले कोरोना जितेर घर फर्किएका हुन् । गाउँपालिकामा निको भएर घर फर्कनेको संख्या १२ पुगेको छ ।
पाल्पाका थप १२ जना संक्रमितले कोरोना जिते
बुधबार, असार २४, २०७७
जिल्लामा थप १२ जना संक्रमितले कोरोना जितेका छन् । बुधबार मात्र माथागढी गाउँपालिकाका १, रैनादेवी छहरा गाउँपालिकाका ४, बगनासकाली गाउँपालिकाका १, रिब्दीकोट गाउँपालिकाका ३, निस्दी गाउँपालिकाका २ र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत ठेगाना नखुलेको बाहिरी जिल्लाका १ जना गरी १२ जना संक्रमितले कोरोना जितेर घर फर्किएका हुन् ।
पाल्पामा थप पाँच जनामा कोरोना पुष्टि
मंगलबार, असार २३, २०७७
जिल्लामा थप पाँच जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा माथागढी गाउँपालिकाका १ जना र बगनासकाली गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण देखिएका बगनासकालीका चार जना पुरुष तीन हप्ता अघि भारतबाट आएर विभिन्न क्वारेन्टाइनमा बस्दै आएका थिए ।
पाल्पाका ४७ जना संक्रमितले कोरोना जिते
सोमबार, असार २२, २०७७
पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जाँदा निको भएर घर फर्किनेहरुको संख्या पनि बढ्दै गएको छ । संक्रमितको संख्या बढ्दै जाँदा मानिसमा त्रास फैलिरहेको अवस्थामा संक्रमित निको भएर घर फर्कदा कोरोना भाइरस निको हुँदो रहेछन् भन्ने महसुश समेत भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको सोमबारसम्मको तथ्याङ्क अनुसार जिल्लामा...
तनहुँमा ६७ जनाले जिते कोरोना
सोमबार, असार २२, २०७७
नहुँमा हालसम्म ६७ जनाले कोरोना जितेर घर फर्किएका छन् । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेशनबाट सोमबार एकैदिन ३२ जनाले कोरोना जितेर घर फर्किएसँगै उक्त संख्या पुगेको हो । आइसोलेशनमा बस्दै आएकामध्ये सबैभन्दा बढी ऋषिङ गाउँपालिकाका बासिन्दा १८, म्याग्दे गाउँपालिकाका छ, व्यास नगरपालिकाका पाँच र भानु नगरपालिकाका तीन जना...


