Shittalpati
रामपुरमा नगर सरकारको एक्सन, सडकमा राखिएका निर्माण सामग्री हटाउँदै
रामपुरमा नगर सरकारको एक्सन, सडकमा राखिएका निर्माण सामग्री हटाउँदै रामपुरमा नगर सरकारले सडकमा अव्यवस्थित रुपमा राखिएका निर्माण सामग्रीहरु हटाउन थालेको छ । यहाँ पटक–पटक सडक मिचेर राखिएका निर्माण सामग्री हटाउन भने पनि नहटाइएपछि नगर सरकार आफैले डोजर, ट्रक र ट्याक्टर लगाएर हटाउन थालेको हो ।
करेन्ट लागेर एक व्यक्तिको मृत्यु
करेन्ट लागेर एक व्यक्तिको मृत्यु तानसेनमा घर बनाउने क्रममा एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ । खोटाङ जेन्तेढुङ्गा गाउँपालिका ३ स्थायी घर भई तानसेन नपा वडा १, गैरागाउँमा लेवर काम गरी बस्दै आएका ३४ वर्षिय महेश राईको मृत्यु भएको हो ।
बगनासकाली सरकारका सय दिन : उपलब्धि के ?
बगनासकाली सरकारका सय दिन : उपलब्धि के ? स्थानीय तहको दोस्रो निर्वाचनपछि गठन भएको वर्तमान पाल्पाको बगनासकाली गाउँ सरकारले आफ्नो कार्यकालको सय दिन पुरा गरेको छ । सरस्वती चिदी नेतृत्वको बगनासकाली गाउँ सरकारले कार्यकालको सय दिन पुरा गरेको हो । चिदी नेतृत्वको गाउँ सरकारले कार्यकाल सुरुभएपछि भए गरेका आफ्ना उपलब्धिहरु सार्वजनिक गरेको छ ।
नेपाल बन्दको प्रभाव पाल्पासहित देशभर
नेपाल बन्दको प्रभाव पाल्पासहित देशभर नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा कार्यकर्ताले आज नेपाल बन्दको आह्वान गरेको छ । बन्दको प्रभाव पाल्पासहित देशैभर परेको छ ।
टुँडिखेल स्तरोन्नति अन्तिम चरणमा
टुँडिखेल स्तरोन्नति अन्तिम चरणमा तानसेन नगरपालिकाको टुँडिखेल मैदान स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ । नगरपालिका कार्यालय प्रा·णमा रहेको टुँडिखेल मैदानको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ ।
हराउँदै गयो जात्राको रौनक
हराउँदै गयो जात्राको रौनक गाउँघरमा देखाइने विभिन्न जात्रा उत्सवका रुपमा लिइन्थ्यो । जात्रा देखाउने दिन घरायसी कामधन्दा सबेरै सकेर स्थानीय जात्रा हेर्न पुग्दथे । विशेषगरी महिलाहरु छोराछोरी काखमा च्याएर कोही हातमा समाउँदै हस्याङफस्याङ गर्दै जात्रा हेर्न उत्साहित हुँदै जाने गर्दथे । हिजोआज भने पहिलेजसो जात्रा हेर्न जानेको उत्साह देखिदैन । पाल्पामा देखाइने गाईजात्रा, रोपाइँजात्रा,...
मादकपदार्थ सेवन गरी लडेका श्रेष्ठको मृत्यु
मादकपदार्थ सेवन गरी लडेका श्रेष्ठको मृत्यु तानसेन ८, जरेपिपलस्थित सिद्धार्थ राजमार्गमा मादकपदार्थ सेवन गरी लडेका विक्रम श्रेष्ठको मृत्यु भएको छ । मंगलबार बिहान मादकपदार्थ सेवन गरी लडेका २५ वर्षिय विक्रम श्रेष्ठको मृत्यु भएको हो ।
भगवती जात्राको झल्को ‘गणेशको रथयात्रा’
भगवती जात्राको झल्को ‘गणेशको रथयात्रा’ पाल्पाको पुरानो र ऐतिहासिक जात्रा मध्येको एक हो श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा । यो हरेक वर्ष रोपाइँजात्राको भोलिपल्ट मनाइने गरिन्छ । यो विशेष गरी तानसेनका नेवार समुदायले विशेष रुपमा मनाउने गर्छन् । कोभिडका कारण दुई वर्ष केही व्यक्तिहरुको सहभागितामा निकालिएको श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा यस वर्ष भने आइतबार...
पाल्पामा छ हजार बढी मतदाता थपिए
पाल्पामा छ हजार बढी मतदाता थपिए पाल्पा जिल्लामा छ हजारभन्दा बढी मतदाता थपिएका छन् । गत असार १ गतेदेखि साउन १९ सम्म सञ्चालन भएको फोटो सहितको मतदाता नामावली संकलनमा नयाँ मतदाताहरुले नाम दर्ता गराए पछि छ हजार ६ सय ७० नयाँ मतदाता थपिएका हुन् ।
तानसेनमा बाघ जात्रा देखाइयो
तानसेनमा बाघ जात्रा देखाइयो पाल्पाको सदरमुकाम तानसेनमा बाघ जात्रा देखाइएको छ । प्रत्येक वर्ष रोपाइँजात्राको भोलिपल्ट देखाइने बाघ जात्रा आइतबार देखाइएको हो । सो अवसरमा तानसेनको बजारमा बाघका आकृतिसहितका किशोर तथा युवाले बाजा बजाएर बजार परिक्रमा गरेका थिए । बाघको रुपमा सिंगारिएको मान्छेलाई शिकारीहरुले घेरेको अभियनमा बाघ जात्रा देखाइन्छ ।
पत्रकारहरूलाई मन्त्री रानाको आग्रह– ‘गट्टी जस्तो नबन्नुस्’
पत्रकारहरूलाई मन्त्री रानाको आग्रह– ‘गट्टी जस्तो नबन्नुस्’ लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले पत्रकारहरुलाई गट्टी जस्तो नबन्न आग्रह गरेका छन् । मंगलबार नेपाल प्रेस युनियन पाल्पा शाखाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रानाले पत्रकारहरुलाई गट्टी जस्तो नबन्न आग्रह गरेका हुन् । उनले पछिल्लो समय पत्रकारहरुले गट्टीको जस्तो भूमिका खेलेकाले त्यस्तो...
प्रेस युनियन पाल्पाले  गर्यो अधिवेशनमा निर्वाचित पत्रकारलाई सम्मान
प्रेस युनियन पाल्पाले गर्यो अधिवेशनमा निर्वाचित पत्रकारलाई सम्मान नेपाल प्रेस युनियन पाल्पाले साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न भएको नवौं महाधिवेशनमा निर्वाचित भएका पाल्पाका तीन जना पत्रकारहरुलाई सम्मान गरेको छ । युनियनले केन्द्रीय उपाध्यक्ष (काठमाडौं उपत्यका) मा निर्वाचित भएका जीवन भण्डारी, केन्द्रीय उपाध्यक्ष(लुम्बिनी प्रदेश) मा निर्वाचित माधव प्रसाद अर्याल र केन्द्रीय सदस्य( लुम्बिनी)मा निर्वाचित...
Weather Update