पाल्पामा पिसिआर मेसिन राख्ने कामको तयारी तिव्र
मंगलबार, साउन १३, २०७७
रित्तिए रामपुर नगर भित्रका क्वारेन्टाईन तथा आइसोलेशन
मंगलबार, साउन १३, २०७७
कोरोना संक्रमण फैलिन नदिनरामपुर नगरपालिकाका स्थापना भएका क्वारेन्टाइन तथा आइसोलेशनहरु खाली भएको छ ।लकडाउनसँगै भारत तथा तेस्रो मुलुकबाट फर्किएका नागरिकहरुले भरिएका क्वारेन्टाइनहरुक्रमशः खाली हुँदै गएकोमा आइसोलेशन तथा क्वारेन्टाइनमा रहेका १३ जनालाई आइतबारघर पठाएसँगै खाली भएको हो ।
गुल्मीमा अपराधिक घटनामा वृद्धि
मंगलबार, साउन १३, २०७७
जिल्लामा पछिल्लो एक वर्षमा अपराधिक घटनामा वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालयले एक वर्षको उपलब्धी र आगामी कार्य योजना बारे सार्वजनिक गर्दै अघिल्लो वर्षको तुलनामा अपराधका घटनाहरुमा वृद्धि भएको जनाएको हो ।
कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो
सोमबार, साउन १२, २०७७
नेपालमा कोरोना संक्रमणबाट सोमबार थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल महाराञ्जमा मृत्यु भएको हो ।
पाल्पामा सोमबार थप ७ जना कोरोना संक्रमित निको भएर घर फर्किए
सोमबार, साउन १२, २०७७
जिल्लामा सोमबार थप ७ जना कोरोना संक्रमित निको भएका छन् । जिल्लाको माथागढी गाउँपालिकाका एक जना, बगनासकाली गाउँपालिकाका पाँच जना र तानसेन नगरपालिकाका एक जना संक्रमित निको भएका हुन् ।
बाढी नियन्त्रणमा प्रदेश पाँच सरकारको चासो
सोमबार, साउन १२, २०७७
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा बर्सेनि हुने बाढी नियन्त्रण तथा कृषि बालीको क्षति न्यूनीकरणको पहलका लागि प्रदेश पाँच सरकारले चासो देखाएको छ । सत्तरी वर्षदेखि बाढी र डुबानका कारण यहाँ बर्सेनि हजारौँ बिघा खेतीबाली नष्ट हुने गरेको छ ।
अनलाइन क्लास
सोमबार, साउन १२, २०७७
विश्व अहिले कोरोना भाइरसको महामारीको चपेटामा परेको बेला नेपाल अर्थात मेरो देश पनि यसबाट अछुतो रहन सकेन । पूर्ण रुपले उद्योग व्यवसाय बन्द छन् ।
आजबाट मनसुन पुनःसक्रिय हुने
सोमबार, साउन १२, २०७७
आजबाट मनसुन पुनःसक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविद् मञ्जु बासीले बताइन् ।
काँग्रेसको अवरोधः आप्रवासन परियोजनाको परीक्षा स्थगित
आइतबार, साउन ११, २०७७
जिल्लाको रेसुङ्गा नगरपालिकामा आइतबार हुन लागेको आप्रवासन (सामी) परियोजनाको परीक्षा स्थगित भएको छ । नेपाल सरकार र स्वीस सरकारको संयुक्त सहयोगमा सञ्चालन हुन लागेको सामी परियोजनाको कर्मचारी भर्नाका लागि हुन लागेको परीक्षा नेपाली काँग्रेसको अवरोधका कारण स्थगित भएको हो ।
गुल्मीका किसान मकैको बीउ उत्पादनमा आकर्षित
आइतबार, साउन ११, २०७७
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत गुल्मी जिल्लामा मकै जोन परियोजना लागू भएसँगै कृषकहरुले जिल्लामा मकैको बीउ उत्पादन शुरु गरेका छन् । खाना र गाईवस्तुको दानाका लागि मात्रै मकै उत्पादन गर्दै आएका कृषकहरु मकै जोनले गरेको सहयोग र प्रविधिका कारण बीउ उत्पादनतर्फ आकर्षित भएका हुन् ।
पाल्पामा थप चार जनामा कोरोना संक्रमण
शनिबार, साउन १०, २०७७
जिल्लामा शनिबार थप चार जनामा कोरोना संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रम्भा गाउँपालिकाका चार जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
रोट्याक्ट क्लव अफ पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा भारती
शनिबार, साउन १०, २०७७
रोट्याक्ट क्लव अफ पाल्पा तानसेनमा नयाँ नेतृत्व आएको छ । सामाजिक अभियान्ता विनोद भारतीको अध्यक्षमा नयाँ नेतृत्व चयन भएको हो । शनिबार तानसेनमा एक कार्यक्रमका बिच भारतीको अध्यक्षतामा वर्ष २०२०/०२१ का लागि नयाँ नेतृत्व चयन भएको छ ।
दमकडा माविद्वारा टोल–टोलमा शिक्षण सिकाइ
शनिबार, साउन १०, २०७७
लामो समयको कोभिड–१९को महामारीका कारण प्रभावित विद्यार्थीहरुलाई मध्यनजर गर्दै तानसेन नगरपालिका–९ दमकडामा रहेको दमकडा माविले टोल–टोलमै पुगेर विद्यार्थीहरुलाई शिक्षण सिकाइ सञ्चालन गरेको छ । समय परिस्थती अनुसार सिकाइलाई आधुनिक र व्यवहारिक बनाउँदै लकडाउनबाट प्रभावित विद्यार्थीहरुको पठनपाठनलाई थप सिर्जनशिल, क्रियाशिल बनाउन विषय शिक्षकहरुको सक्रियतामा शिक्षण कार्यलाई अगाडि बढाएको हो ।


