Shittalpati
मिर्गौला र मुटुको निःशुल्क उपचार सेवा बन्द
मिर्गौला र मुटुको निःशुल्क उपचार सेवा बन्द बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला रोगीको डायलायसिस तथा मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने घोषणा गरेको छ । अस्पतालको नवीकरणका विषयमा भएको सरकारी अलमलका कारण सरकारले बिरामीको निःशुल्क उपचार बापत उपलब्ध गराउँदै आएको रकम लामो समयसम्म पनि निकासा हुन नसक्दा अस्पतालमा आर्थिक संकट परेकाले सो सेवा आगामी असार...
बन्दाबन्दीका बेला बाल रेडियो कार्यक्रम
बन्दाबन्दीका बेला बाल रेडियो कार्यक्रम बन्दाबन्दीका कारण धेरै बालबालिकाहरु प्रभावित भएका छन् । प्रभावित बालबालिकाहरुका लागि सरकारी तथा गैरसरकारी तहबाट विभिन्न प्रयासहरु भएका छन् । पाल्पामा पनि लकडाउनका कारण प्रभावित बनेका विद्यार्थीहरुका लागि सरकारी तथा गैरसरकारी संस्थाहरुले विभिन्न माध्यमबाट शिक्षण सिकाई क्रियाकलापहरु सञ्चालन गरिहेका छन् ।
गुल्मीका पत्रकारलाई पिपिई
गुल्मीका पत्रकारलाई पिपिई कोरोना महामारीको क्रममा फ्रन्टलाइनमा रहि समाचार सम्प्रेषण गर्ने जिल्लाका पत्रकारहरुलाई पिपिई वितरण गरिएको छ । नेपाली काँग्रेस गुल्मी काठमाडौं सम्पर्क समिति (विपद् व्यवस्थापन समिति) सहयोगमा नेपाल प्रेस युनियन गुल्मीले नेपाल पत्रकार महासंघलाई २५ थान पिपिई सेट वितरण गरेको हो ।
कोरोनाबाट मृत्यु भएका पुरुषको अन्तिम संस्कार गरिदै, उपचारमा संलग्न १९ जना क्वारेन्टाईनमा
कोरोनाबाट मृत्यु भएका पुरुषको अन्तिम संस्कार गरिदै, उपचारमा संलग्न १९ जना क्वारेन्टाईनमा तीन दिन अघि मृत्यु भएका पूर्वखोला गाउँपालिका १ सिलुवाका ४६ वर्षिय पुरुषको उपचारमा संलग्न युनाईटेड मिसन अस्पतालका स्वास्थ्यकर्मी सहित कर्मचारीहरुलाई सेल्फ क्यारेन्टाईनमा राखिएको छ ।
पाल्पाका एक पुरुषको कोरोनाले मृत्यु,मृत्युको संख्या दश पुग्यो
पाल्पाका एक पुरुषको कोरोनाले मृत्यु,मृत्युको संख्या दश पुग्यो भारतको मुम्वईबाट गाउँपालिका आएका उनी १८ गते क्वारेन्टाइनमा पुगेका थिए । उनको विहिबार रिपोर्ट पोजेटिभ आएको भैरहवा जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक,...
तानसेनको आइसोलेशनमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट ‘पोजेटिभ’
तानसेनको आइसोलेशनमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट ‘पोजेटिभ’ मंगलबार युनाईटेड मिसन अस्पताल तानसेनको आईसोलेसमा उपचारको क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
पाल्पामा अदुवा प्रशोधन केन्द्र बन्दै
पाल्पामा अदुवा प्रशोधन केन्द्र बन्दै अदुवा उत्पादनका लागि महत्वपूर्ण पाल्पामा अदुवा प्रशोधन केन्द्र निर्माण भइरहेको छ । प्रदेश पाँच ५ सरकारको सहयोगमा निस्दी गाउँपालिका –५ मा प्रशोधन केन्द्र निर्माण भइरहेको गाउँपालिकाका उपाध्यक्ष रीताकुमारी अर्यालले जानकारी दिएन् । प्रदेश सरकारको १४ लाख ५० हजार, निस्दीको पाँच लाख तथा गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाको दुई लाख...
गुल्मीमा पनि मनाइयो नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस
गुल्मीमा पनि मनाइयो नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस १४ औँ नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस गुल्मीमा पनि मनाइएको छ । जिल्लाको सदरमुकाम तम्घासमा ‘सम्पूर्ण दलित समुदाय एक हौँ’ भन्ने नाराका साथ समिक्षात्मक अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो ।
दमारका कृषकलाई निःशुल्क मौरी सहितको घार
दमारका कृषकलाई निःशुल्क मौरी सहितको घार मौरीपालक कृषकलाई निःशुल्क मौरी सहित घार वितरण गरिएको छ । जिल्लाको माथागढी गाउँपालिकाले वडा ५ हात्तिलुङ्ग दमारका मौरीपालक कृषकहरुका लागि मुख्यमन्त्री ग्रामीण कार्यक्रम अन्तर्गत निःशुल्क मौरी सहितको घार वितरण गरेको हो ।
बन्दाबन्दीका कारण प्रभावित रामपुर बजार बिहीबारदेखि खुल्ने
बन्दाबन्दीका कारण प्रभावित रामपुर बजार बिहीबारदेखि खुल्ने लामो समयदेखिको बन्दाबन्दीका कारण उद्योगी, व्यवसायी र उपभोक्ता बढी प्रभावित भएपछि बिहीबारदेखि रामपुर क्षेत्रका बजार आंसिक रुपमा खुल्ने भएका छन् । रामपुर उद्योग वाणिज्य संघले सहजताको लागि निश्चित समय मिलाएर बजार खुलाउन लागेको हो । रामपुर नगरपालिका, इलाका प्रशासन र इलाका प्रहरी कार्यालय सँगको समन्वयमा संघले समय तालिका अनुसार सरकारले...
बुटवल कोरोना अस्पतालबाट चार फिर्ता
बुटवल कोरोना अस्पतालबाट चार फिर्ता प्रदेश पाँचमा कोरोना भाइरस सङ्क्रमणसँगै निको हुनेको संख्या बढ्दै गएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट आज एक स्वास्थ्यकर्मीसहित चार जना निको भएर घर फर्किएका छन् । यससँगै प्रदेशमा ७९ जनामा कोरोना संक्रमण निको भएको छ ।
भारतबाट फर्किएका रामपुरका २ जनामा कोरोना ‘पोजेटिभ’
भारतबाट फर्किएका रामपुरका २ जनामा कोरोना ‘पोजेटिभ’ पिसिआर परीक्षण भएका मध्ये पाल्पाको रामपुर नगरपालिकामा २ जनामा कोरोना पोजेटिभ देखिएको छ । भारतबाट फर्किएर सीताराम माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बस्दै आएका २३ वर्षिय र २८ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।
Weather Update