Shittalpati
राप्रपा पाल्पाले बुझायो प्रधानमन्त्रीलाई २२ बुँदे ज्ञापनपत्र
राप्रपा पाल्पाले बुझायो प्रधानमन्त्रीलाई २२ बुँदे ज्ञापनपत्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न माग राख्दै आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । राप्रपाले प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेमार्फत हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना लगायत राष्ट्रियता, सुशासन र जनजीविकासँग जोडिएका विभिन्न २२ बुँदे मागपत्र प्रधानमन्त्री ओलीलाई बुझाएको हो ।
गैरआवासीय नेपालीले कोरोनाविरुद्ध लगाए खोप
गैरआवासीय नेपालीले कोरोनाविरुद्ध लगाए खोप गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ ।
भारतमा संक्रमित एक करोडभन्दा बढी
भारतमा संक्रमित एक करोडभन्दा बढी भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या शनिबारसम्म एक करोड एक लाख ६९ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २२ हजार २ सय ७३ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड एक लाख ६९ हजार १ सय १८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको...
संसद् विघटनका विरुद्ध पाल्पा काँग्रेसले पुस १३ गते विरोध प्रदर्शन गर्ने
संसद् विघटनका विरुद्ध पाल्पा काँग्रेसले पुस १३ गते विरोध प्रदर्शन गर्ने संसद् विघटनका विरुद्ध पाल्पा काँग्रेसले पुस १३ गते विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्ने असंवैधानिक एवं अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली काँग्रेसले प्रतिनिधिसभाको दुवै क्षेत्रमा ब्यापक विरोध प्रदर्शन गर्ने भएको हो ।
पाल्पामा पनि मनाए इसाई धर्मावलम्बीले ‘क्रिसमस डे’
पाल्पामा पनि मनाए इसाई धर्मावलम्बीले ‘क्रिसमस डे’ इसाई धर्मका संस्थापक येसु ख्रिस्ट जन्मेको दिनको सम्झनामा शुक्रबार देशभरका इसाई धर्मावलम्बीहरुले ‘क्रिसमस डे’ विभिन्न कार्यक्रम गरी मनाएका छन् । पाल्पामा रहेका विभिन्न चर्चलेहरु पनि आ–आफ्नै तवरले उक्त पर्व मनाएका हुन् । येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित जिल्लाका चर्चमा प्रार्थना लगायत सामान्य...
धार्मिक–पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै ‘रमणेश्वरधाम’
धार्मिक–पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै ‘रमणेश्वरधाम’ कालीगण्डकीको किनारमा रहेको गण्डकीबेसीकै पुरानो धार्मिक धरोहर ‘रमणेश्वरधाम’ लाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न शुरुआत गरिएको छ । रम्भा गाउँपालिका–१ टोकलकस्थित उत्तरतिर कालीगण्डकी, चारैतिर हरियाली वनजंगल, दक्षिणमा कालीगण्डकीले घेरिएको रमणेश्वरधामको धार्मिक पर्यटकीय विकासका लागि समुदायको सहभागितामा पूर्वाधार विकासका काम जारी रहेको छ ।
सरकार र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग
सरकार र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासले आज यही पुस १९ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो ।
कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने
कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ । यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । यो सङ्ख्या २०२० को तुलनामा चार हजार कम हो ।
गुल्मीमा पहिलो महिला सिडियो, शर्माले सम्हालिन जिम्मेवारी
गुल्मीमा पहिलो महिला सिडियो, शर्माले सम्हालिन जिम्मेवारी गुल्मी जिल्लामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सिडियो) रुद्रादेवी शर्मा आएकी छन् । जिल्लामा ५० वर्षको इतिहासमा शर्मा पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुन् । रामेछाप जिल्लामा ११ महिना प्रमुख जिल्ला अधिकारीको रुपमा रहेकी शर्मा ३९ औं प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भइ गुल्मीमा आएकी हुन् ।
मोटरसाईकल चोरी गर्ने दुई जना पक्राउ
मोटरसाईकल चोरी गर्ने दुई जना पक्राउ मोटरसाईकल चोरी गर्ने दुई जना ललितपुरबाट पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई विहीबार ललितपुर लगनखेलबाट पक्राउ गरेको हो ।
आज देशभर ‘क्रिसमस डे’ मनाइँदै
आज देशभर ‘क्रिसमस डे’ मनाइँदै क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवकोे उपलक्ष्यमा देशभरका इसाईहरूले आज ‘क्रिसमस डे’ मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउने गर्दछन् ।
नेकपामा तोकिए सात प्रदेशका संयोजक
नेकपामा तोकिए सात प्रदेशका संयोजक नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय कमिटीको जारी तेस्रो बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ ।
Weather Update