पाल्पाका ठाउँ–ठाउँमा पहिरो, घर भत्कियो, भैंसी पुरियो
आइतबार, असार ७, २०७७

गुल्मीमा पहिरोले गाडी पुर्दा थप एकको मृत्यु, मृतक संख्या दुई पुग्यो
शनिबार, असार ६, २०७७
जिल्लाको धुर्कोट गाउँपालिका वडा नं. ३ हाडहाडेमा पहिरोले गाडी पुर्दा २ जनाको मृत्यु भएको छ । १ जनाको अवस्था गम्भीर रहेको छ । देउराली यातायातको गाडी अर्घाखाँचीको मालारानी, हाडहाडे हुँदै धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको गाडी चुने ओडार भन्ने स्थानमा पहिरोले पुरेको हो ।

जवरजस्ती करणीको आरोपमा बाबु पक्राउ
शनिबार, असार ६, २०७७
जिल्लामा जवरजस्ती करणीको आरोपमा बाबु पक्राउ परेका छन् । ३१ वर्षीया अविवाहित छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा ५९ वर्षीय बाबु पक्राउ परेका हुन् । उनलाई आर्यभञ्ज्याङ्ग प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

नारायण युवा क्लवद्वारा कोरोना सचेतना कार्यक्रम
शनिबार, असार ६, २०७७
जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील संस्था नारायण युवा क्लवले कोरोना भाईरस सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । कोरोना भाईरसका कारण पाल्पामा पनि जोखिम बढ्दै गएकाले स्वास्थ्य सचेतना एवं सतर्कताका लागि क्लवले तानसेनमा सचेतना कार्यक्रम गरेको हो ।

पाल्पामा थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९२ पुग्यो
शनिबार, असार ६, २०७७
जिल्लामा कोरोना सक्रमणको संख्या दिनहुँ थपिदै गएको छ । शनिवार मात्र जिल्लामा २० जनामा कोरोना सक्रमण पुष्टि भएको छ । केन्द्रिय प्रयोगशाला काठमाडौंमा १ जना, शुक्रराज ट्रफिकल तथा सरुवा रोग नियन्त्रण काठमाडौमा १६ जना, प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३ जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।

गुल्मीमा एकै दिन २० जनामा कोरोना पुष्टि
शनिबार, असार ६, २०७७
जिल्लामा एकै दिन थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ७४ पुगेको जिल्ला स्वास्थ कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा एकै दिन २० जनामा कोरोना संक्रमण...

गुल्मीमा पहिरोले गाडी पुर्दा एकको मृत्यु
शनिबार, असार ६, २०७७
जिल्लाको धुर्कोट गाउँपालिका वडा ३ हाडहाडेमा पहिरोले गाडी पुर्दा १ जनाको मृत्यु भएको छ । २ जनाको अवस्था गम्भीर रहेको छ । देउराली यातायातको गाडी अर्घाखाँचीको मालारानी, हाडहाडे हुँदै धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको गाडी चुने ओडार भन्ने स्थानमा पहिरोले पुरेको हो ।

गुल्मीमा थप १५ जनामा कोरोना संक्रमण
शनिबार, असार ६, २०७७
जिल्लामा एकै दिन थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ६९ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख डा. भवानीप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा एकै दिन १५ जनामा कोरोना संक्रमण पुष्टि...

प्रदेश ५ मा भएका छुट्टाछुट्टै घटनामा चारको मृत्यु
शनिबार, असार ६, २०७७
प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा चारजनाको मृत्यु भएको छ । पाल्पा, गुल्मी, रुपन्देही जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा चारजनाको मृत्यु भएको हो । गुल्मी रुरु क्षेत्र गाउँपालिका १ साखरमा एक पुरुषको शव फेला परेको छ ।

पाल्पामा पहिरोका कारण घर भत्किनुको साथै भैंसीको पाडी पुरियो
शनिबार, असार ६, २०७७
गए रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाँउहरुमा पहिरो गएका छन् । पहिरोका कारण जिल्लाका अधिकास ग्रामिण सकडहरु अवरुद्ध रहेका छन् भने, घर गोठमा क्षति पुगेको छ । निरन्तर वर्षाका कारण जिल्लामा एक घर भत्किएको छ भने भैसीको पाडी पुरी मृत्यु भएको छ ।

वर्षाले पुलमा क्षति
शनिबार, असार ६, २०७७
र्षाले कालीगण्डकी करिडोर अन्तर्गत पर्ने रामपुर नगरपालिका –१० स्थित पाँच सय खोलाको निर्माणाधीन पुलमा क्षति पुगेको छ । दुई दिनअघिदेखि परेको वर्षाले खोलामा पानीको बहाव बढेपछि शुक्रबार निर्माण सामग्री बगाउँदा करीब ६५ लाख बराबरको क्षति पुगेको हो ।

पाल्पामा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७२ पुग्यो
शनिबार, असार ६, २०७७
जिल्लामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राती बगनासकाली गाउँपालिका वडा नंं ६ यम्घाको क्वारेन्टाइनमा रहेका १३ जना, वडा नंं ७ को क्वारेन्टाइनमा रहेका ३ जनामा कोरोना सक्रमण पुष्टि भएको हो । योसंगै पाल्पामा सक्रमितको संख्या ७२ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा...

गुल्मीमा थप ४८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ५३ पुग्यो
शुक्रबार, असार ५, २०७७
जिल्लामा एकै दिन थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा एकै दिन ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।