ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज
शनिबार, माघ १५, २०७८
कोरोना परीक्षण प्रयोगशाला बन्द
शनिबार, माघ १५, २०७८
गुल्मी सदरमुकाम तम्घासस्थित कोरोना भाइरस परीक्षण प्रयोगशाला बन्द भएको छ । सञ्चालनका लागि रकम अभाव भएपछि चार महिनादेखि प्रयोगशाला बन्द भएको हो ।
पाल्पामा थप ६७ जनामा कोराना पुष्टि
शनिबार, माघ १५, २०७८
पाल्पामा थप ६७ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा पछिल्लो २४ घण्टामा ६७ जनामा संक्रमण पुष्टि भएको हो ।
तानसेन नगरपालिकाको सेवा स्थगित
शनिबार, माघ १५, २०७८
तानसेन नगरपालिकाले कार्यालयका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि सेवा स्थगित गरेको छ । नगरपालिकाका २३ कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित गर्नु परेको प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेयले जानकारी दिए ।
पशुमा फैलिएका खोरेत रोग नियन्त्रणमा
शनिबार, माघ १५, २०७८
पाल्पाको निस्दी गाउँपालिका–२ स्थित सुकेकोटमा पशुमा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ । गाउँका करिब ३०० गाई, भैसी, बंगुर, बाख्रामा खोरेत रोग फैलिएको थियो ।
माझकोट स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन
शनिबार, माघ १५, २०७८
स्याङ्जाको वालिङ नगरपालिका–३ माझकोट स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना गरी सेवा दिन थालिएको छ । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवतीले स्वास्थ्य मापदण्डअनुसार गर्नुपर्ने स्वास्थ्य परीक्षणसँगै संस्थागत सुत्केरी हुने क्रम बढेको स्वास्थ्यचौकी प्रमुख संगीता गहतराजले जानकारी दिइन् ।
जिल्ला प्रशासनको सेवा स्थगित
शुक्रबार, माघ १४, २०७८
जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरेको छ । कार्यालयको नागरिकता विभागमा कार्यरत कर्मचारी कोभिड १९ बाट संक्रमित भएपछि अत्यावश्यक बाहेकका अन्य सेवा स्थगित गरिएको हो ।
पाल्पामा सिटामोल : ठूला अस्पतालमा छ, सानामा अभाव
शुक्रबार, माघ १४, २०७८
देशभर कोरोना संक्रमणसँगै रुघाखोकीका बिरामी बढेपछि सिटामोल अभाव चुलिएको छ । तर, पाल्पामा भने ठूला अस्पतालहरुमा पर्याप्त र साना अस्पतालहरुमा भने अभाव रहेको पाइएको छ ।
पाल्पामा सञ्चालित खानी उद्योगसहित नौं उद्योगलाई भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १३, २०७८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुनढुंगा खानी उत्खननमा भ्रष्टाचार भएको ठहर गर्दै पाल्पाका चार खानी उद्योग सहित नौ उद्योगलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ । राष्ट्रिय रुपमै खानी तथा भूगर्भ विभागका विभिन्न कर्मचारी, व्यापारीहरुको मिलेमतोमा खानी उद्योगमा भ्रष्टाचार भएको चर्चा चलिरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको ठहर गर्दै खानी उद्योग...
स्थानीयतहको निर्वाचन मिति घोषणा गर्न एमाले पाल्पाको माग
बिहीबार, माघ १३, २०७८
नेकपा एमाले पाल्पाले आउदो बैशाख भित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेको छ । नेकपा एमाले पाल्पाले पत्रकार सम्मेलन गर्दै बर्तमान संविधान स्थानीयतहको जनप्रतिनिधि विहीनको अवस्था परिकल्पना पनि नगरेकाले जेष्ठ ५ भित्र नयाँ निर्वाचित जनप्रतिनिधिहरुको पुनरवहाली हुने गरी तत्काल निर्वाचननको मिति घोषणा गर्न...


