अभिभावक विहीन परिवारलाई काँडेबास सामाजिक क्लवको सहयोग
बुधबार, असोज ६, २०७८

परराष्ट्रमन्त्रीमा खड्का
बुधबार, असोज ६, २०७८
नेपाल सरकारको परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएका छन् । नेपाली काँग्रेसका नेता खड्कालाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन् ।

गुल्मीमा पार्टी विभाजनको पक्षमा नलाग्न एमालेको अपिल
बुधबार, असोज ६, २०७८
नेकपा एमाले गुल्मीले पार्टी विभाजनको पक्षमा नलाग्न कार्यकर्ताहरुलाई अपिल गरेको छ । एमालेले सचिवालय बैंठकमार्फत पार्टी विभाजनको पक्षमा नलाग्न सम्पूर्ण कार्यकर्तामा अपिल गरेको हो ।

आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर्न सरकारसँग माग
मंगलबार, असोज ५, २०७८
मानव अधिकार तथा शान्ति समाज गुल्मीले आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर्न सरकारसँग माग गरेको छ । विश्व शान्ति दिवसको अवसरमा मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडी प्रर्दशन सहित आणविक अस्त्र रहित विश्वका लागि आणविक निषेध सन्धि शीघ्र अनुमोदन गर्न सरकारसंग माग गरेको हो ।

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते
मंगलबार, असोज ५, २०७८
बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

पाल्पामा मंगलबार १६ संक्रमित थपिए, २० निको
मंगलबार, असोज ५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १६ जना नयाँ संक्रमित थपिएका हुन् ।

मोटरसाइकल चोर्ने पक्राउ
मंगलबार, असोज ५, २०७८
ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्नेलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मोटरसाइकल र स्कुटर चोरी गर्ने दोलखा कालिञ्चोक नगरपालिका–६ का २४ वर्षीय तेजबहादुर खड्कालाई काठमाडौँको गोकर्णेश्वरबाट सोमबार पक्राउ गरेको हो ।
.jpg)
कोरोना माहामारीबीच कोदो खेतीमा वृद्धि
मंगलबार, असोज ५, २०७८
कोभिड–१९ ले धेरैकुरालाई प्रभावित पारेको भए पनि कृषि क्षेत्रमा भने यसको सकरात्मक प्रभाव पारेको छ ।

आज काँग्रेसको सात जिल्लामा वडा अधिवेशन हुँदै
मंगलबार, असोज ५, २०७८
विभिन्न कारणले स्थगित भएका नेपाली काँग्रेसको बाँकी सात जिल्लाको वडा अधिवेशन आज हुँदै छ ।

पाल्पामा सोमबार २० संक्रमित थपिए
सोमबार, असोज ४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २० जना नयाँ संक्रमित थपिएका हुन् ।

दलित पत्रकार संघद्वारा पत्रकारिता पुरस्कार स्थापना
सोमबार, असोज ४, २०७८
राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाले ‘चूडामणि बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, उत्कृष्ट पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।

पाल्पामा ६३ संक्रमित थपिए, २५ जना निको
आइतबार, असोज ३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६३ जना नयाँ संक्रमित थपिएका हुन् ।

संविधान घोषणाको ६ वर्ष
आइतबार, असोज ३, २०७८
संविधानसभाबाट नेपालको संविधान घोषणा भएको ६ वर्ष पूरा भएको छ । आजैको दिन अर्थात् ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको हो ।