भष्ट्रचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गुल्मीमा अन्तरक्रिया
बिहीबार, मंसिर २३, २०७८

अक्सिजन प्लान्ट निर्माणमा ढिलाई भएपछि सुशासन अभियानले देखायो चासो
बिहीबार, मंसिर २३, २०७८
गुल्मी अस्पतालमा खरिद गरिएको अक्सिजन प्लान्टका विषयमा ट्रान्स परेन्सी इन्टरनेश्नलमा आवद्ध संस्था सुशासन अभियानले चासो देखाएको छ । प्लान्ट खरिद गरिएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकिरहेको भन्दै अभियानले चासो देखाएको हो ।

भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाको अध्यक्षमा पुनःकर्माचार्य
बिहीबार, मंसिर २३, २०७८
श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको साझा संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाको अध्यक्षमा पुनः सुरेश कुमार कर्माचार्य चयन भएका छन् । संघको तानसेनमा भएको ११ औं साधारण सभा तथा ५ औं अधिवेशनले कर्माचार्यलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

हराएकी महिला खोजिदिन परिवारको आग्रह
बिहीबार, मंसिर २३, २०७८
बाग्लुङ जिल्ला बरेङ्ग गाउँपालिका –३ साग्दीकी एक महिला हराएकोले खोजिदिन परिवारले आग्रह गरेको छ । ५२ वर्षीया लोकमाया श्रीस बुधबार घरबाट घाँस काट्न हिडेको र अहिलेसम्म परिवारको सम्पर्कमा नआएकाले खोजिदिन परिवारले सबैमा आग्रह गरेको हो ।

आज भ्रष्टाचारविरुद्धको दिवस
बिहीबार, मंसिर २३, २०७८
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक बर्ष डिसेम्बर ९ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यो बर्ष पनि कोभिड १९ महामारी कायमै रहेकाले उच्च सर्तकताका साथ यो कार्यक्रम मनाउन लागिएको छ ।

गुल्मीमा चार बालबालिकाको उद्धार
बिहीबार, मंसिर २३, २०७८
गुल्मीमा लामो समयदेखि अभिभावकविहीन चार बालबालिकालाई एसोएस बालग्राम भैरहवाले उद्धार गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा मदाने गाउँपालिकाका दुई र मालिकाका दुई बालबालिकालाई एसओएसले संरक्षण गरेको हो ।

वृज सिमेन्टद्वारा पाल्पाका निर्माणकर्मी पुरस्कृत
बुधबार, मंसिर २२, २०७८
वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले पाल्पाका निर्माणकर्मीहरुलाई पुरस्कृत गरेको छ । कम्पनीले ‘एक्सपर्ट मेसन क्लब’ योजना अन्र्तगत सबै भन्दा धेरै सिमेन्ट प्रयोग गर्ने निर्माणकर्मीलाई पुरस्कृत गरेको हो ।
.jpg)
भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले मनायो ११ औं साधारण सभा
बुधबार, मंसिर २२, २०७८
श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको साझा संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले ११ औं साधारण सभा मनाएको छ । संघले बुधबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सभा मनाएको हो ।

गुल्मीमा सवारी चालकलाई ट्राफिक सचेतना
बुधबार, मंसिर २२, २०७८
जिल्ल्लामा सवारी चालकहरुका लागि ट्राफिक सचेतना प्रवद्र्धन सम्बन्धी कार्यक्रम गरिएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको व्यवस्थापनमा तम्घासमा सवारी चालक तथा यातयात व्यवसायीहरुलाई ट्राफिक सचेतना प्रदान गरिएको हो ।

पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
बुधबार, मंसिर २२, २०७८
जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका र निस्दी गाउँपालिकाका छुट्टाछुट्टै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको हो ।
.jpg)
विद्यार्थीलाई स्काउ पोसाक वितरण
बुधबार, मंसिर २२, २०७८
जिल्लाको एक विद्यालयमा विद्यार्थीहरुलाई स्काउट पोसाक वितरण गरिएको छ । विद्यालयमा स्काउटिङ शिक्षा पु¥याउने उद्देश्यले तम्घासमा रहेको महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्काउट पोसाक वितरण गरिएको हो ।
.jpg)
अक्सिजन प्लान्ट सञ्चालनमा नआउदै सामानमा खिया
बुधबार, मंसिर २२, २०७८
जिल्लाको सदरमुकाम तम्घासमा सञ्चालनमा ल्याउन लागिएको अक्सिजन प्लान्ट सञ्चालनमा नआउदै सामानमा खिया लाग्न थालेको छ । प्लान्ट निर्माणको काममा ढिलाई भएपछि सामानमा खिया लाग्न थालेको हो । अक्सिजन उत्पादन गर्ने गरी प्लान्ट निर्माण कार्य अगाडि बढाइए पनि काम समयमै नहुँदा यहाँ प्रयोग हुने सामग्रीहरुमा खिया लाग्नुको साथै जीर्ण बन्दै गएका...
.jpg)
तानसेन नगर सरकारले दियो कृषकलाई घाँसको बिउ
मंगलबार, मंसिर २१, २०७८
जिल्लाको तानसेन नगर सरकारले कृषकहरुलाई घाँसको बिउ दिएको छ । यहाँका कृषि सहकारी, तथा पशु सहकारी, दूग्ध सहकारी, विभिन्न कृषि समूह, व्यक्तिगत कृषि फार्महरुलाई कृषि तथा पशु शाखाले घाँस तथा च्याउको विउ वितरण गरेको हो ।