Shittalpati
राप्रपा पाल्पाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
राप्रपा पाल्पाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाल्पाले प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार ज्ञापनपत्र बुझाएको छ । भ्रष्टाचारको अन्त्य, महँगी नियन्त्रण, किसानलाई समयमा नै मल, विउ उपलव्ध गराइनु पर्ने लगायतका जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरुसहित राप्रपाले ज्ञापनपत्र बुझाएको हो ।
निस्दी मित्यालका असल बुहारी सम्मानित
निस्दी मित्यालका असल बुहारी सम्मानित सासू–ससुराको राम्रो हेरचाह, पालनपोषण गर्ने असल बुहारीलाई सम्मान गरिएको छ । पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालको आयोजनामा परिवारका जेष्ठ नागरिक तथा सासू–ससुरालाई राम्रोसँग हेरचाह गर्ने बुहारीलाई सम्मान गरिएको हो । मित्यालका २७ बुहारीलाई लत्ताकपडा र सम्मानपत्रले सम्मान गरिएको छ ।
विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै आज विश्व रक्तदाता दिवस नेपालमा पनि रक्तदान लगायतका विभिन्न कार्यक्रम गरी मनाइँदैछ । रक्तदान अभियानमा साथ रहौँ, जीवन बचाऔँ भन्ने नाराका साथ यो वर्ष विश्व रक्तदाता दिवस मनाउन लागिएको हो ।
किसानलाई मलको पिरलो
किसानलाई मलको पिरलो यहाँका बालीनालीमा समयमा नै रासायनिक मल दिन नसक्दा सप्रन सकेको छैन । विशेषगरी मकै बालीको समय रहेको हुँदा यतिबेला खेतबारीमा मकै छरेको समयदेखि नै युरिया मलको अभावले बाली सप्रन नपाएको कृषक दुर्गा आचार्य बताउँछन् ‘कालोबजारीमा बिक्री भएको युरिया मल महँगो मूल्यमा (प्रतिकिलो ४२) किनेर एकपटक मकैमा प्रयोग गरियो, दोस्रो पटक...
पाल्पा  रामपुरका  किसानलाई बीउ वितरण
पाल्पा रामपुरका किसानलाई बीउ वितरण उत्पादन बढाउन पाल्पा रामपुरका किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । चालु आर्थिक वर्षमा संघीय सरकारको सशर्त अनुदानबमोजिम उन्नत जातमा अनुदान दिने कार्यक्रमअनुसार किसानको मागका आधारमा सावित्री र साँवा मन्सुली जातको बीउ वितरण गरिएको हो ।
‘किसानले भोगेको समस्या बुझिदेउ सरकार’
‘किसानले भोगेको समस्या बुझिदेउ सरकार’ प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले बीउ, मल, पेट्रोलियम उत्पादनको मूल्य वृद्धि तथा किसानले भोग्नुपरेको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
तिनाउमा नेकपा एमालेको वडा भेलासँगै कमिटी पुनर्गठन
तिनाउमा नेकपा एमालेको वडा भेलासँगै कमिटी पुनर्गठन नेकपा एमाले पाल्पा तिनाउ गाउँपालिका वडा नंं. १ कचलको वडा भेलासँगै कमिटि गठन भएको छ । वडा कमिटी बैठकले आगामी असार भित्र पार्टी सदस्यता नविकरण गर्ने, नयाँ सदस्यता थप गर्ने, बस्ती बस्तीमा पुगेर योजना संकलन गर्ने, पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरुलाई पूर्ण रुपमा सहयोग गर्ने निर्णय गरेको छ ।
पाल्पा बौद्ध युवा संघ पुग्यो खाद्यान्न लिएर आश्रममा
पाल्पा बौद्ध युवा संघ पुग्यो खाद्यान्न लिएर आश्रममा बौद्ध धर्मलम्वीहरुको संस्था बौद्ध युवा संघ पाल्पा खाद्यान्न लिएर तानसेनमा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेको छ । शनिबार बौद्ध युवा संघको आयोजनामा संघमा आवद्ध युवाहरु र बौद्ध महिला समितिका महिलाहरु आफ्नो वार्षिक उत्सवको अवसरमा खाद्यान्न लिएर आश्रम पुगेका हुन् ।
पाल्पाका पूर्वसांसद थापाको निधन
पाल्पाका पूर्वसांसद थापाको निधन ,पाल्पा क्षेत्र नम्बर १ का पूर्वसांसद तथा नेकपा एमालेका नेता भद्रबहादुर थापाको निधन भएको छ । थापाको ७० वर्षको उमेरमा शनिबार आफ्नै निवास रामपुर नगरपालिका  १० गेझामा निधन भएको हो ।
अनुदानको बीउ किसानलाई महँगोमा
अनुदानको बीउ किसानलाई महँगोमा रामपुर नगरपालिकाले अनुदानमा उपलब्ध गराएको धानको बीउ यहाँको एक सहकारीले महँगो मूल्यमा किसानलाई बिक्री गरेको पाइएको छ । रामपुर–३ रजघरास्थित दर्छा हरियाली साना किसान कृषि सहकारी संस्थाले नगरपालिकाबाट अनुदानमा उपलब्ध भएको बीउ प्रतिकिलो ६ मूल्य बढाएर किसानलाई वितरण गरेको हो ।
गुल्मीको मुसिकोटमा ढुंगाले लागेर एक विद्यार्थीको ज्यान गयो
गुल्मीको मुसिकोटमा ढुंगाले लागेर एक विद्यार्थीको ज्यान गयो गुल्मीको मुसिकोट नगरपालिका–३ मा ढुंगाले लागेर विद्यालय जाँदै गरेका एक जना विद्यार्थीको ज्यान गएको छ । मुसिकोट नगरपालिका कुवापानी बस्दै आएका अरमाजाका १४ वर्षीय गगन रायमाझीको विद्यालय जाने क्रममा डोजरले फालेको ढुंगाले लागेर आज विहान ज्यान गएको वडा अध्यक्ष शंकर रायमाझीले बताए ।
लुम्बिनीको नीति तथा कार्यक्रम : कृषिलाई प्राथमिकता
लुम्बिनीको नीति तथा कार्यक्रम : कृषिलाई प्राथमिकता लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
Weather Update