कोरोनासँगै डेंगुको सामना
आइतबार, असोज ९, २०७९

घुमन्ते कामदारका कारण व्यवसायी मारमा
आइतबार, असोज ९, २०७९
भारतीय घुमन्ते कामदारका कारण यहाँका फर्निचर उद्योगी मारमा परेका छन् । छिमेकी मुलुक भारतबाट आएका कामदारले घर –घरमै फर्निचर निर्माणको सेवा दिने गरेकाले स्याङ्जाका फर्निचर तथा फर्निसिङ उद्योगी मारमा परेका हुन् । आफूहरुले उद्योग दर्ता गरी नेपाल सरकारलाई राजस्व बुझाउँदै आएको तर यहाँ विनादर्ताका भारतीय कामदारका कारण उद्योग सञ्चालनमा समस्या...

रामपुरमा प्रशासन कार्यालयको भवन निर्माण सुरु
आइतबार, असोज ९, २०७९
रामपुर इलाका प्रशासन कार्यालयको नयाँ भवन निर्माण सुरु गरिएकोे छ । रामपुर नगरपालिका ५ स्थित बेझाडमा तीन तले १७ कोठासहितको भवन निर्माण भइरहेको हो । बाँसुरी मोबाइल जेभीले भ्याटबाहेक चार करोड १४ लाख ७६ हजार ८ सय ६० को लागतमा भवननिर्माण गर्न गत असार २३ गते ठेक्का लिएको थियो ।

जीर्ण बन्दै बहादुर कर्णेलले बनाएका सम्पदा, संरक्षणमा जुटे रायमाझी बन्धुु
शनिबार, असोज ८, २०७९
नेपालमा पाटी, पौवा, मठ मन्दिर, ढुंगे धारा बनाई कीर्ति राख्ने प्रचलन प्राचिनकालदेखि थियो । लिच्छविकालीन अभिलेखमा कीर्तिको रुपमा यस्ता धार्मिक र सामाजिक संरचनाहरुको निर्माण गरिन्थ्यो । यद्यपी यो प्रचलन अहिले पनि यदाकदा देख्न सकिन्छ ।

अन्यौलमा प्रदेशसभाको कार्यकाल
शुक्रबार, असोज ७, २०७९
गत शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा प्रतिनिधिसभाका सदस्य तथा राजनीतिक दलका शीर्ष नेताले अन्तिम सम्बोधन गरेर बिदा भए पनि प्रदेशसभाको कार्यकाल कहिलेसम्म रहने भन्ने विषय अन्यौल छ । प्रदेशको आफ्नो निर्वाचन ऐन नहुँदा अन्यौल देखिएको हो ।

पुल नबन्दा सास्ती
शुक्रबार, असोज ७, २०७९
मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–सिमलटारी सडक खण्डका विभिन्न स्थानमा रहेका खहरे खोलामा पुल नबन्दा स्थानीयहरूले सास्ती खेप्नु परेको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने यहाँका सडकमा कालोपत्रे भएको तीन वर्ष बितिसक्दा समेत यहाँ पर्ने खहरे खोलामा पुल नबन्दा यात्रुले सास्ती भोग्नुपरेको हो ।

स्याङ्जामा नौ सय १५ उम्मेदवारलाई जरिवाना
शुक्रबार, असोज ७, २०७९
गत स्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाउने नौ सय १५ जना उम्मेदवारलाई जरिवाना तोकिएको छ । सोे निर्वाचनमा उम्मेदवार बनी खर्च विवरण पेश नगर्ने स्याङ्जासहित देशैभरिका उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको हो ।

समृद्धि र रोजगार काँग्रेसको एजेण्डा : सभापति श्रेष्ठ
शुक्रबार, असोज ७, २०७९
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले समृद्धि र रोजगार काँग्रेसको मुुख्य एजेण्डा रहेको बताएका छन् । बिहीबार नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा इकाई समितिले आयोजना शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले देशको समृद्धि र रोजगार सिर्जना काँग्रेसको मुख्य एजेण्डा रहेको बताएका हुन् ।

पाल्पा र गुल्मीका १६ सय बढी उम्मेदवारलाई २९ करोड ९९ लाख जरिवाना
बिहीबार, असोज ६, २०७९
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ को खर्च विवरण नबुझाउने पाल्पा र गुल्मीका १ हजार ६ सय ४३ जना उम्मेदवारलाई जरिवाना गरेको छ । समयमै खर्च विवरण नबुझाउने र चित्तबुझ्दो स्पष्टीकरण नबुझाउने उम्मेदवारलाई आयोगले जरिवाना गरेको हो । उनीहरुलाई आयोगले २९ करोड ९९ लाख ५० हजार जरिवाना गरेको छ ।...

रक्तसञ्चार केन्द्र नहुँदा उपचारमा समस्या
बिहीबार, असोज ६, २०७९
पाल्पा जिल्लाकै सरकारी क्षेत्रमा ठूलो अस्पतालका रुपमा रामपुर अस्पताल पर्दछ । विशेषज्ञसहित सेवा प्रदान गर्ने उद्देश्यले १५ शैयामा सञ्चालित सो अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो । अस्पतालको स्तरोन्नति भएसँगै पूर्वाधार विकासमा जोड दिइएको छ । हाल यस अस्पतालमा सेवा लिन पुग्ने सेवाग्राहीको चाप दिनहुँ बढ्दो छ । बिरामीको चाप...

संविधानको दायरा बाहिर जाने छुट कसैलाई छैन : उपराष्ट्रपति
बुधबार, असोज ५, २०७९
उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन भनेका छन् । उनले आज वक्तव्य जारी गर्दै संविधानको पालन र संरक्षणका लागि सबै पक्षमा आग्रह गरेका हुन् ।

कुलो बगेपछि तीन सय ५० परिवार बिजुली बिहीन
बुधबार, असोज ५, २०७९
अविरल वर्षापछि खसेको पहिराले ढोरपाटन नगरपालिका–७ स्थित लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ । कुलो बग्दा यहाँका तीन सय ५० परिवार बिजुलीबिहीन अवस्थामा छन् । भुजीखोला लघुजलविद्युत् आयोजना बन्द भएको छ ।

रुपन्देहीमा अटिजम विशेष विद्यालय सञ्चालनको तयारी
बुधबार, असोज ५, २०७९
रुपन्देहीको तिलोत्तमामा अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय सञ्चालनको तयारी थालिएको छ । सिकलसेल र अटिजमविरुद्ध अभियान सञ्चालन गरेको रोटरी क्लब अफ तिलोत्तमा अटिजम विशेष विद्यालय सञ्चालनका लागि आवश्यक अध्ययन गरिरहेको क्लबका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।