व्यवसायिक किवी खेतीमा कृषकको मोह बढ्दै
बुधबार, माघ ४, २०७९

पाल्पाका स्वास्थ्य संस्थामा पिउने पानीमा देखियो ‘कोलिफर्म’ !
मंगलबार, माघ ३, २०७९
मानिसहरू बिरामी भएपछि उपचारका लागि स्वास्थ्य संस्था जाने गर्छन् तर, तिनै स्वास्थ्य संस्थामा स्वच्छ पिउने पानी समेत नहुँदा त्यहाँ पुग्ने विरामी थप रोग बोकेर घर फर्कनु पर्ने अवस्था आएको छ ।

लुम्बिनीको उपसभामुखमा केसी
मंगलबार, माघ ३, २०७९
लुम्बिनी प्रदेशसभाको उपसभामुखमा मेनुका खाँड केसी निर्विरोध निर्वाचित भएकी छन् । अन्य दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित केसी उपप्रमुख बनेकी हुन् ।

मन्त्रिमण्डल विस्तार, नवनियुक्त मन्त्रीले लिए शपथ
मंगलबार, माघ ३, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मंगलबार एक उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ राज्य मन्त्री नियुक्त भएका छन् । योसँगै मन्त्रिमण्डल २३ सदस्यीय पुगेको छ । पुस १० गते ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका प्रचण्डले मंगलबार दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै २३ सदस्यीय बनाएका छन् ।

पाल्पाको रैनादेवी छहरामा भीरबाट लडेर एकको मृत्यु
मंगलबार, माघ ३, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–६ मा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । सोही वडाको पटुवाचौर बस्ने ६० वर्षीय बेदबहादुर बलालको घर नजिकै रहेको नेप्टा भीरबाट लडेर मृत्यु भएको हो ।

‘एयर होस्टेस’ सिर्जनाको निधनले पाल्पाको सिरुङ्गा शोकमा
मंगलबार, माघ ३, २०७९
पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर दिवंगत विमान परिचारिका (एयर होस्टेस) सिर्जना हुङचुङ (सिर्जु थापा) लाई सम्झेर उनको जन्म गाउँ पाल्पाको बगनासकाली गाउँपालिका–९ चापपानी सिरुङ्गा नै शोकमग्न छ । हुङचुङको निधनले परिवारजन पीडामा छन् नै आफ्नो गौरव गुमाउनु पर्दा उनको जन्मस्थान सिरुङ्गावासी र गाउँपालिकावासी समेत मर्माहत भएका छन् ...
.jpg)
इस्माका नागरिकको निःशुल्क मुटु परीक्षण
मंगलबार, माघ ३, २०७९
जिल्लाको इस्मा गाउँपालिकाले यहाँका नागरिकहरुको शिविरमार्फत निःशूूल्क मुुटुु परीक्षण गरेको छ । पालिकाले वडानम्बर २ को छल्दीमा माघे सक्रान्तिको अवसर पारेर दीर्घारोगी, अपाङ्गता र ६० बर्ष माथिका नागरिकहरुको निःशुल्क मुटु परीक्षण गरेको हो ।

लुम्बिनीको सभामुखमा बसन्त घर्ती निर्विरोध निर्वाचित
सोमबार, माघ २, २०७९
लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । उनको मात्र एकल उम्मेदवारी परेपछि घर्ती सभामुखमा निर्विरोध निर्वाचित भएका हुुन् ।

लुम्बिनीको सभामुखमा बसन्त घर्तीको सम्भावना
सोमबार, माघ २, २०७९
लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयनका लागि आज (सोमबार) उम्मेदवारी मनोनयन दर्ता हुँदै छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार आज दिउँसो १ बजेदेखि ५ बजेसम्म दुवै पदमा निर्वाचन गर्नका लागि उम्मेदवारको नाम प्रस्ताव हुनेछ

पाल्पाको माथागढीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु
आइतबार, माघ १, २०७९
ल्पाको माथागढी गाउँपालिका –१ अगाहाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । पुस ३० गते साँझा माछा मार्नका लागि विद्युत्को मुख्य लाईनबाट हुक लगाई तयारी गर्दै गर्दा अचनाक करेन्टर लागेर घाइते भएका रम्भा गाउँपालिका–४ का ३० वर्षीय विष्णु बहादुर थापाको उपचारका क्रममा मृत्यु भएको हो ।

पोखरा विमान दुर्घटना : ७२ यात्रु सवार
आइतबार, माघ १, २०७९
पोखरामा भएको विमान दुर्घटनामा चालक दलसहित ७२ यात्रु सवार रहेको बुझिएको छ । आज बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९ एन–एसीएनसी विमानमा चालक दलका ४ जना र ६८ यात्रु सहित ७२ जना सवार रहेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

पोखरामा विमान दुर्घटना
आइतबार, माघ १, २०७९
पोखरामा विमान दुर्घटना भएको छ । यति एयरलाइन्सको विमान आइतबार पोखराको घारी पाटनमा दुर्घटना भएको हो ।