रामपुर पूर्ण खोप सुनिश्चितता पालिका घोषित
शुक्रबार, जेठ ३२, २०८१
आज विश्व रक्तदाता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
शुक्रबार, जेठ ३२, २०८१
आज विश्व रक्तदाता दिवस नेपालमा पनि रक्तदान लगायतका विभिन्न कार्यक्रम गरी मनाइँदैछ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो ।
२८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य
बिहीबार, जेठ ३१, २०८१
सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ ।
चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु
बिहीबार, जेठ ३१, २०८१
चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर–४ निवासी २४ वर्षीय गोरखलाल खड्काको उपचारको क्रममा विहिबार मृत्यु भएको छ ।
पाल्पामा फौजी किराबाट मकै जोगाउन मुस्किल
बिहीबार, जेठ ३१, २०८१
जिल्लाको बगनासकाली गाउँपालिका –१ चिलाङ्दीका नारायण रानाले घर नजिकैको बारीमा मकै खेती गरेका छन् । तर उनलाई यस बर्ष अनिकालले सताउने हो कि भन्ने चिन्ता लाग्न थालेको छ । मकै खेती गरेको जमिनमा अमेरिका फौजी किराको प्रकोप बढेपछि उनलाई चिन्ता थपिएको हो ।
रामपुरको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई जोड दिन सुझाव
बिहीबार, जेठ ३१, २०८१
जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बनाउन लागेको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई जोड दिन सरोकारवालाहरुले सुझाव दिएका छन् । नगरपालिकाले आयोजना गरेको सल्लाहकार र पत्रकारहरुसँग नीति तथा कार्यक्रमका लागि सुझाव संकलनसँगै छलफल कार्यक्रममा सहभागीहरुले कृषि र पर्यटनलाई जोड दिन सुझाव दिएका हुन् ।
‘अर्गानिक’ उत्पादन र बजारीकरण गर्न सम्झौता
बिहीबार, जेठ ३१, २०८१
अर्घाखाँचीका किसानले उत्पादन गरेका अर्गानिक कृषिजन्य वस्तुको बजारीकरणमा अब समस्या नहुने भएको छ । यसका लागि जनता एग्रो एण्ड फरेष्टी लिमिटेड काठमाडौँले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र पाणिनी गाउँपालिकासँग सम्झौत गरेको छ ।
बुटवलमा स्कारपियो दुर्घटना, ३ जनाको मृत्यु
बिहीबार, जेठ ३१, २०८१
गर्मी छल्न पहाड घुम्न आएको नुवाकोट घुमेर रुपन्देहीको बुटवलतर्फ फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको स्कारपियो दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
स्थिर सरकार नबनेकाले मुलुकमा विकासले गतिलिन सकेन : महासचिव पोखरेल
बुधबार, जेठ ३०, २०८१
नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का महासचिव शङ्कर पोखरेलले स्थिर सरकार नबनेकाले मुलुकमा विकासले गतिलिन नसकेको बताका छन ।
महिलाहरुले बाजा बजाउने सिप सिकेपछि
बुधबार, जेठ ३०, २०८१
संस्कृति संरक्षण र आत्मनिर्भरताका लागि म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका आमा समूहले बाजा बजाउन थालेका छन् ।
आज विश्व बालश्रम विरुद्धको दिवस
बुधबार, जेठ ३०, २०८१
विश्व बालश्रम विरुद्धको दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ ।
लुम्बिनी प्रदेश र सुदूरपश्चिममा ३ दिन तातो हावा र तातो लहर चल्ने चेतावनी
मंगलबार, जेठ २९, २०८१
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेश तराईका जिल्ला र सुदूरपश्चिममा जिल्लामा मंगलबार देखि ३ दिनसम्म अत्याधिक गर्मी हुने चेतावनी दिएको छ । महाशाखाले मंगलबार विहान ११ बजे विशेष बुलेटिन सार्वजनिक गर्दै ४० डिग्री वा सो भन्दा बढीसम्म तापक्रम पुग्न सक्ने चेतावनी दिएको हो ।
‘हिंसारहित समाजका लागि सकारात्मक सोच आवश्यक’
मंगलबार, जेठ २९, २०८१
जिल्लाको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले हिंसा र अपराधरहित समाज निार्माणका लागि सकारात्मक सोच आवश्यक रहेको बताएका छन् । नगरपालिकाले आयोजना गरेको न्यायिक समितिसँग प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समाजमा हुने विभिन्न हिंसा तथा अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


