अद्भुत कलाका धनी अप्रतिम भगवान् श्रीकृष्ण
सोमबार, भदौ १०, २०८१
आज ‘श्रीकृष्ण जन्माष्टमी’, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै
सोमबार, भदौ १०, २०८१
आज ‘श्रीकृष्ण जन्माष्टमी’, देशभर धुमधामका साथ मनाइँदैछ । हिन्दु धर्मावलम्बीहरूले कृष्ण मन्दिरहरूमा गई श्रीकृष्णको पूजा आराधना, व्रत र भजनकीर्तन गरी यो पर्व मनाउन लागेका हुन् ।
सोमबार हुने रम्भादेवी सांस्कृतिक महोत्सवको तयारी पुरा
आइतबार, भदौ ९, २०८१
जिल्लाको रम्भा गाउँपालिका–५, ताँहुको ऐतिहासिक धार्मिकस्थल रम्भादेवी मन्दिरस्थित नाचनडाँडामा सोमबार( भोली) हुन लागेको सांस्कृतिक महोत्सवको तयारी पुरा भएको छ । कृष्ण जन्माष्टमीको दिन सहयात्रा नेपालको आयोजना र रम्भा पर्यटन विकास प्रतिष्ठानको सह–आयोजनामा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको हो ।
खराब मौसमका कारण अवरुद्ध बनेको गुल्मीको नियमित उडान दुुई महिनापछि पुन: सुुरु
आइतबार, भदौ ९, २०८१
गुल्मीको रेसुङ्गा विमानस्थलबाट पुनः नियमित उडान सुरु भएको छ । खराब मौसमका कारण असार दोस्रो सातादेखि बन्द रहेको उडान गत शुक्रबारदेखि पुनः सुुरु भएको हो ।
सन्तानको कामनासहित तीनछठ्ठी पर्व मनाइँदै
आइतबार, भदौ ९, २०८१
पश्चिम तराईमा सन्तानको दीर्घायुको कामनासहित आज तीनछठ्ठी पर्व मनाइँदैछ । भैरहवा र आसपासका क्षेत्रहरु धकधई, बेथरी, मर्चवारलगायत स्थानका महिलाहरुले व्रत बसेर यो पर्व मनाइरहेका छन् ।
सुनकोसीमा खसेको गाडी भेटियो, नदीमा बेपत्ता तीनजनाको खोजी जारी
आइतबार, भदौ ९, २०८१
शनिबार साँझ सुनकोसी नदीमा खसेर बेपत्ता भएको गाडी आइतबार बिहान २ बजे भेटिएको छ । खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको प्रदेश ३–०१–०२३ च ६३६६ नंको हाइलक्स गाडी भेटिएको हो ।
पशुमा कृत्रिम गर्भाधान गराउने किसानको सङ्ख्यामा वृद्धि
आइतबार, भदौ ९, २०८१
जिल्लामा रहेका पशुपालक किसानमा कृत्रिम गर्भाधानतर्फ आकर्षण बढ्दै गएको छ । पशु सेवा कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा पशुलाई कृत्रिम गर्भाधान गराउने किसानको सङ्ख्यामा वृद्धि भएको हो ।
तानसेनमा निकालियो भिमसेन रथयात्रा
शनिबार, भदौ ८, २०८१
तानसेनमा भिमसेन रथयात्रा निकालिएको छ । हरेक वर्ष जस्तै तासेनस्थित भिमसेन टोलमा रहेको भिमसेनको रथयात्रा शनिबार निकालिएको हो ।
जेसिजको विद्यार्थीलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना
शनिबार, भदौ ८, २०८१
पाल्पा जेसिजले विद्यार्थीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । जेसिजले तानसेनमा रहेको मोहन कन्या माविका विद्यार्थीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना प्रदान गरेको हो ।
तनहुँ दुर्घटना : २१ को मृत्यु, १६ घाइेतलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
शुक्रबार, भदौ ७, २०८१
तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा आज भएको यात्रु बस दुर्घटनामा २१ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्यस्याङ्दी नदीमा खस्दा २२ जना घाइते भएका छन् ।
मर्स्याङ्दी नदी बस दुर्घटना : १४ जनाको शव निकालियो (अपडेट)
शुक्रबार, भदौ ७, २०८१
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक दुर्घटना भइ मस्र्याङ्दी नदीमा बस खस्दा १४ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटना भई नदीमा खस्दा १४ जनाको ज्यान गएको हो ।
मकै र कोदो खेतीको विकल्पमा किबी
शुक्रबार, भदौ ७, २०८१
किबी खेतीमा संलग्न हुन्थेनन् भने बेनी नगरपालिका–३ भकिम्लीका ४१ वर्षीय लालबहादुर पुन यतिबेला युरोप, अमेरिका र खाडीका कुनै देशमा श्रम र पसिना बगाइरहेको हुन्थे ।


