तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु
बिहीबार, कात्तिक १, २०८१
अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै
बिहीबार, कात्तिक १, २०८१
अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस विहीबार विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदैछ । संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९३ देखि प्रत्येक वर्षको अक्टोबर १७ तारिखलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसका रुपमा मनाउन थालिएको हो ।
आज पूर्णिमा व्रत : बडादसैँ समापन
बिहीबार, कात्तिक १, २०८१
आज शुक्ल पक्षको अन्तिम दिन अर्थात् पूर्णिमा हो । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास रही आएको छ । पूर्णिमाको दिन विशेषगरि भगवान शिव र विष्णुको आराधना गरिन्छ ...
कार्तिक १ गतेदेखि तानसेनमा खानेपानी महसुल घट्ने
बुधबार, असोज ३०, २०८१
तानसेनमा विहीबारदेखि खानेपानी महसुल घट्ने भएको छ । तानसेन खानेपानी उपभोक्ता समितिको बुधबार बसेको बोर्डबैं ठकले कार्तिक १ गते अर्थात् भोलीदेखि लागु हुने गरी महसुल घटाइने पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
पाल्पामा ‘प्रहरी दिवस’ : उत्कृष्ट प्रहरी कर्मचारी तथा अन्य व्यक्तिहरुलाई सम्मान
बुधबार, असोज ३०, २०८१
जल्ला प्रहरी कार्यालय पाल्पाले ६९ औं प्रहरी दिवस भव्यताका साथ मनाएको छ । प्रहरीले बुधबार विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो ।
डडेल्धुरा बस दुर्घटना : मृतकको संख्या पाँच पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’
बुधबार, असोज ३०, २०८१
डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एक जनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो ।
प्रहरी सङ्गठनलाई रुपान्तरण गर्नुपर्छ : मुख्यमन्त्री आचार्य
बुधबार, असोज ३०, २०८१
मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी सङ्गठनलाई थप बलियो बनाउन बदलिँदो परिवेशअनुसार रुपान्तरण गर्नुपर्ने बताएका छन् । ६९औँ प्रहरी दिवसका अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा उनले बढ्दो अपराधलाई न्यूनीकरण गर्न समयअनुसार प्रहरी सङ्गठनलाई प्रविधियुक्त बनाउँदै रुपान्तरणको आवश्यकता रहेको औँल्याउनु भएको हो ।
देशभर १९ हजार जना डेङ्गुबाट सङ्क्रमित
बुधबार, असोज ३०, २०८१
देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् ।
भीरमा फालेर छ वर्षीय छोराको हत्या
बुधबार, असोज ३०, २०८१
ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा आफलेर हत्या गरेका छन् । अभियुक्तले गएराति छ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए ।
डडेल्धुरामा बस दुर्घटना, चार जनाको मृत्यु
बुधबार, असोज ३०, २०८१
डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् ।
बढ्दै देशभर चिसो
बुधबार, असोज ३०, २०८१
नेपालमा मनसुन बाहिरिएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको हो । मनसुन बाहिरिएसँगै अहिले देशभर चिसो बढ्दै गएको छ । ‘पोस्ट’ मनसुन चलिरहेकाले क्रमशः चिसो महसुस गर्न थालिएको हो । मौसमविद्हरुले समेत मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको बताएका छन् । यही...
आज कोजाग्रत व्रत
बुधबार, असोज ३०, २०८१
नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैं पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रातिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत व्रतमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैं सकिन्छ ।
भारत–क्यानाडा सम्बन्धमा दरार
मंगलबार, असोज २९, २०८१
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडामा निज्जरको हत्यामा भारतीय एजेन्टहरू संलग्न रहेको आरोप लगाएपछि भारत र क्यानाडाले कूटनीतिक संकटको सामना गरिरहेका छन् । भारतले भने क्यानाडाको आरोपलाई आधारहीन तथा ‘राजनीतिबाट प्रेरित’ भन्दै अस्वीकार गरेको छ । सन् २०२३ मा ब्रिटिस कोलम्बियामा खालिस्तानी आतङ्कवादी हरदीप सिंह निज्जरको हत्याको अनुसन्धानको सम्बन्धमा क्यानडाले सोमबार...


