लघुवित्त ‘पीडित’ सडकमा
मंगलबार, चैत २८, २०७९

गणेश सहाकारीले दियो शेयर सदस्यलाई संस्थाको लोगो सहितको पोशाक
सोमबार, चैत २७, २०७९
जिल्लाको तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले सञ्चालक शेयर सदस्यहरुलाई पोशाक वितरण गरेको छ । सहकारीले संस्थाको पहिचान दिन र शेयर सदस्यहरुलाई संस्थाप्रति अपनत्व ग्रहण गराउने उद्देश्यले सहकारीको लोगो सहितको ट्रयाक सुट र सुुईटर वितरण गरेको हो ।

ब्याजदर घटाउन व्यवसायीको माग
सोमबार, चैत २७, २०७९
नेपाल व्यवसायी राष्ट्रिय महासङ्घले बैँक तथा वित्तीय संस्थाले लिँदै आएको चर्को ब्याजदर घटाउन अर्थमन्त्रीसमक्ष माग गरेका छन् । महासङ्घको टोलीले आज अर्थमन्त्री डा.प्रकाशशरण महतलाई भेटेर कोरोनाले थलिएका उद्योगी व्यवसायी बैँक तथा वित्तीय संस्थाले चर्को ब्याजको कारणले व्यवसायबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै ब्याजदर घटाउन माग गरेका हुन् ।

पाल्पा टेलिकमले ल्यायो ‘वायरलेस नमस्ते वाइफाई’ सेवा
आइतबार, चैत २६, २०७९
नेपाल टेलिकम दुरसञ्चार कार्यालय पाल्पाले ‘वायरलेस नमस्ते वाइफाई सेवा सुुरु गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
.jpg)
पाल्पा उद्योग वाणिज्य संघले मनायो ६८ औं साधारण सभा
आइतबार, चैत २६, २०७९
पाल्पा उद्योग वाणिज्य संघले ६८ औं वार्षिक साधारण सभा मनाएको छ । संघले शनिबार एक कार्यक्रमकाबिच तानसेनमा साधरण सभा मनाएको हो । सभाको प्रमुख अतिथि संघका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार हरि रायमाझीले उद्घाटन गरेका हुन् ।

देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता
शनिबार, चैत २५, २०७९
सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता गरिएको हो ।

एसईई दिएका विद्यार्थीलाई निःशुल्क सिम
शनिबार, चैत २५, २०७९
एसईई दिएका विद्यार्थीले निःशूल्क रुपमा मोवाइल सिम पाउने भएका छन् । नेपाल टेलिकमले एसईई दिएका विद्यार्थीलाई निःशुल्क सिम उपलब्ध गराउने भएको हो । उसले एसईई दिएका विद्यार्थीहरुलाई लक्षित गरी एसईई २०७९ अफर उपलब्ध गराउन लागेको छ । कम्पनीले विद्यार्थीलाई निःशुल्क सिम उपलब्ध गराउने र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध...

आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशत रहने
बिहीबार, चैत २३, २०७९
एसियाली विकास बैंक (एडिबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव एक प्रतिशतमा खुम्चने र मुद्रास्फीति सात दशमलव चार प्रतिशतसम्म पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ । “एसियन डेभलपमेन्ट आउटलुक, अप्रिल २०२३” प्रतिवेदनमार्फत् एडिबीले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो ।

‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक
बुधबार, चैत २२, २०७९
विश्व बैंकले ‘नेपाल डेभपलमेन्ट अपडेट’ सार्वजनिक गरेको छ । अर्थसचिव तोयम राया र नेपाल, श्रीलङ्का तथा माल्दिभ्सका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जार्वोसले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

वैशाख १४ गतेदेखि हुन लागेको पाल्पा महोत्सव टुँडिखेलमा हुने
बुधबार, चैत २२, २०७९
आउँदो बैशाख १४ गतेदेखि हुन लागेको पाल्पा महोत्सव तानसेनको टुँडिखेलमा हुने निश्चित भएको छ । महोत्सव आयोजना गर्न लागेको पाल्पा उद्योग वाणिज्य संघले महोत्सवका लागि टुँडिखेलमा स्थान निश्चित गरेको हो ।

आठ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा
बुधबार, चैत २२, २०७९
सरकारले ८ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ७ जिल्लाका ८ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको हो ।

शिक्षकलाई ऋण
मंगलबार, चैत २१, २०७९
बागलुङको जैमिनी नगरपालिकाको शिक्षकलाई शैक्षिक सामग्री खरिद गर्न सहयोग गर्ने उद्देश्यले चक्रीय कोष स्थापना गर्ने घोषणा गरेको छ । दुई दिनसम्म सञ्चालन गरेको विज्ञ सम्मेलनको समापनपछि घोषणापत्र जारी गर्दै नगरपालिकाले नगरका सबै विद्यालयमा कोष स्थापना गरी शिक्षकलाई आवश्यक शैक्षिक सामग्री खरिद गर्न ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।

‘सहकारी दिवस’ले जगाएको उत्साह
मंगलबार, चैत २१, २०७९
पछिल्लो समय एकपछि अर्को सहकारी भाग्ने क्रम बढेको छ । आर्थिक विचलनका कारण निक्षेप दिन नसकेपछि कतिपय सहकारी बन्द गरेर भागेका समाचारले सहकारी संस्थामा आवद्ध सदस्यहरु चिन्तित बनिरहेका बेला यस वर्षको सहकारी दिवसले भने केही उत्साह जगाएको छ । पाल्पामा सञ्चालित सहकारीहरुमा त्यस्तो कुनै घटना नभए पनि देशका अन्य ठाउँमा...