आज मगर जातिको भूमि पर्व
मंगलबार, असार ११, २०८१

नगरलाई ‘हरित सहर’ घोषणा गरी ‘हिल स्टेसन’ निर्माण गरिने
सोमबार, असार १०, २०८१
जिल्लाको रेसुङ्गा नगरपालिकाले नगरलाई ‘हरित सहर’ घोषणा गरी हिल स्टेसन निर्माण गर्ने भएको छ । नगर सरकारले आर्थिक वर्ष २०८१/८२ सालको नीति तथा कार्यक्रममा नगरलाई हरित सहर घोषणा गरी दीर्घकालीन लक्ष्य अनुरुप शिक्षा, स्वास्थ्य र पर्यटनको लागि हिल स्टेसनको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको हो ।

गुल्मेली समाज जापानद्वारा अग्निपीडितलाई सहयोग
आइतबार, असार ९, २०८१
गुल्मेली समाज जापानले गुल्मीका ७० अग्निपीडित परिवारलाई रु सात लाख आर्थिक सहयोग गरेको छ । गत वैशाख र जेठमा जिल्लाका विभिन्न स्थानमा भएका आगलागीका घटनाबाट घरबास गुमाएका प्रतिपरिवारलाई रु १० हजारका दरले सहयोग गरिएको हो ।

मौसमा बदली : चार प्रदेशमा बिहानैदेखि वर्षा
आइतबार, असार ९, २०८१
देशका केही भू–भागमा वर्षाको सम्भावना छ । केही स्थानमा आइतबारदेखि वर्षा भइरहेको छ । गण्डकी, वाग्मती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली छ । बाँकी भू–भागमा आंशिक बदली छ ।
-1719140769.gif)
रेसुङ्गा नगरलाई हरित सहर घोषणा गरिने
आइतबार, असार ९, २०८१
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले ‘हरित सहर’ घोषणा गर्ने भएको छ । आर्थिक वर्ष ०८१/८२ सालको नीति तथा कार्यक्रममा नगरलाई हरित सहर घोषणा गरेर दीर्घकालीन लक्ष्य अनुरुप शिक्षा, स्वास्थ्य र पर्यटनको लागि हिल स्टेसनको रुपमा विकास गर्ने उल्लेख गरिएको छ ।

आज विश्व एकल महिला दिवस
आइतबार, असार ९, २०८१
आज १४ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईंदैंछ । दिवसका अवसरमा देभका विभिन्न ठाउँमा एकल महिलाहरुको सम्मान र उनीहरुको वर्तमान अवस्था, अवसर र चुनौतिका बारे व्यापक छलफल हुने गर्दछ ।

नेपाल टेलिकमले दियो बालबालिकालाई झोला
शनिबार, असार ८, २०८१
नेपाल टेलिकमले विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई झोला दिएको छ । टेलिकम प्रादेशिक कार्यालय भैरहवाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बालबालिकाहरुलाई झोला दिएको हो ।
रैनादेवीको प्राथमिकतामा अन्तरपालिका जोड्ने गौरव आयोजनाका मुख्य सडक र कृषि तथा पशु क्षेत्र
शुक्रबार, असार ७, २०८१
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले अन्तरपालिका जोड्ने गौरव आयोजनाका मुख्य सडक र कृषि तथा पशु क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम पेश गरेको छ । गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले गाउँसभाको १६ औं अधिवेशनमा उक्त विषयहरुलाई प्राथमिकतामा राख्दै आगामी बर्षको लागि नीति तथा कार्यक्रम पेश गरेका हुन् ।

कालीगण्डकी करिडोरको प्रयोग गरी गाइ, गोरुको खुलेआम तस्करी !
बिहीबार, असार ६, २०८१
हिन्दु धर्मावलम्वीहरुले पुज्ने गौ माताको अहिले नेपालमा खुलम खुल्ला तस्करी हुन थालेको छ । मासुका लागि तस्करी हुने यस्ता गाईगोरु मुख्यतः कालीगण्डकी करिडोर आसपासमा व्यापक रुपमा हुन थालेका तथ्यहरु फेला परेका छन् ।

लोकसेवा पढ्नेहरुका लागि रामपुर बन्यो सहयोगी
बिहीबार, असार ६, २०८१
जिल्लाको रामपुर नगर सरकार लोक सेवा आयोग पढ्न चाहनेहरुका लागि सहयोगी बनेको छ । पढ्न इच्छा भएर पनि आर्थिक अभावका कारण पढ्न नसकेका र चाहना भएकाहरुलाई नगर सरकारले निःशुल्क रुपमा तयारी कक्षका लागि सहयोग गरेको हो ।

पाल्पा र कैलालीमा भरूवा बन्दुकसहित दुई जना पक्राउ
बुधबार, असार ५, २०८१
देशका विभिन्न ठाउँबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । केन्द्रीय समाचार कक्षका अनुसार पाल्पा र कैलालीका छुट्टाछुट्टै ठाउँबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

दुबईको जागिर छोडेर गाउँमै घाँसखेती
बुधबार, असार ५, २०८१
गुल्मीको मदाने गाउँपालिका– ३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँसखेतीमा कट्ने गरेको छ ।

घर –घरका मठमा तुलसीको दल राखियो
बुधबार, असार ५, २०८१
आ–आफ्नो घरको मठमा मंगलबार तुलसीको दल राखिएको छ । प्रत्येक वर्ष जेष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने पम्परा अनुसार मठमा तुलसीको दल राखिएको हो ।