Shittalpati
भिरबाट लडेर वृद्धको मृत्यु
भिरबाट लडेर वृद्धको मृत्यु अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका–१ ढाकावाङका अन्दाजी ७२ वर्षीय वीरबहादुर गमालको भिरबाट लडेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।
पाल्पाका उम्मेदवार भोट माग्न घरदैलोमा व्यस्त
पाल्पाका उम्मेदवार भोट माग्न घरदैलोमा व्यस्त आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको सदस्यका लागि पाल्पाका राजनीतिक दल तथा उम्मेदवारहरु भोट माग्न घरदैलोमा व्यस्त छन् । वाम–लोकतान्त्रिक गठबन्धन, नेकपा एमाले सहित साना दल र स्वतन्त्र उम्मेदवारहरु निर्वाचन प्रचार–प्रसारको तालिका बनाएर मतदाताको घरदैलोमा भोट मागिरहेका छन् ।
रामपुर नहर बन्द हुँदा धानबालीमा असर
रामपुर नहर बन्द हुँदा धानबालीमा असर पाल्पा जिल्लाकै सबैभन्दा ठूलो सिँचाइ आयोजनाका रूपमा सञ्चालनमा रहेको रामपुर नहर पहिराले बन्द भएको छ । गत असोजको अन्ततिर परेको अविरल वर्षाले नहरका विभिन्न ठाउँमा क्षति पुर्‍याउँदा बन्द हुन पुगेको हो । नहर बन्द भएपछि धानबालीमा असर परेको किसानको गुनासो छ । रामपुर फाँट सिँचाइ आयोजना जल उपभोक्ता समितिबाट सञ्चालन...
भाइटीकाको साइत ११ः३७ बजे
भाइटीकाको साइत ११ः३७ बजे यस वर्षको भाइ टिका कार्तिक १० गते बिहीबार परेको छ । यसदिन साइत जुराएर टिका लगाउनेहरुका लागि विहान ११ः३७ बजे शुभसाइत रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गर्दै भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे रहेको जनाएको छ ।
नेपालमा भूकम्पको झट्का महशुस
नेपालमा भूकम्पको झट्का महशुस नेपालमा भूकम्पको झट्का महसुस गरिएको छ । काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा भूकम्पको झट्का महसुस गरिएको हो । बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा उपत्यका र आसपासको क्षेत्रमा भूकम्पको जट्का महसुस गरिएको छ । भूकम्पको इपिसेन्टर कहाँ हो जानकारी नआइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
पाल्पा र गुल्मी निर्वाचन : कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?
पाल्पा र गुल्मी निर्वाचन : कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? निर्वाचन आयोगले मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा निर्धारण गरेको छ । आयोगले मतदाता संख्या, क्षेत्रफल र मतदान केन्द्रको संख्यालाई आधार मानेर खर्चको सीमा निर्धारण गरेको हो ।
तिहारलाई झिनिया
तिहारलाई झिनिया गुल्मीको कालीगण्डकी गाउँपालिका– ४ पूर्तिघाट बजारमा तिहारका लागि बनाईएका झिनिया सुकाउँदै स्थानीय । तिहार नजिकिएसँगै यहाँका स्थानीयलाई झिनिया बनाउन भ्याईनभ्याई छ ।
‘विपद् व्यवस्थापनमा नगर सरकार प्रतिवद्ध’
‘विपद् व्यवस्थापनमा नगर सरकार प्रतिवद्ध’ रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले विपद् व्यवस्थापनमा नगर सरकार प्रतिवद्ध रहेको बताएका छन् । विपद् जोखिम न्यूनिकरण स्थानीयकरण विषयक २ दिने अभिमूखिकरण तथा स्थानीय सरकारको क्षमता विकास तालिमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले नगर भित्रको विपद् व्यवस्थापनमा आफुहरु प्रतिवद्ध रहेको बताएका हुन् ।
तापक्रम घट्दै, चिसो बढ्दै
तापक्रम घट्दै, चिसो बढ्दै मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ ।
निष्पक्ष निर्वाचनलाई जोड दिदैं पाल्पा विकास केन्द्र
निष्पक्ष निर्वाचनलाई जोड दिदैं पाल्पा विकास केन्द्र स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड मानिन्छ । तर, निर्वाचन परिणाम हरहालतमा आफ्नो पक्षमा पार्ने प्रयास संसारभर नै हुन्छ । धेरै मुलुकमा निर्वाचनको बेला थरीथरीका धाँधली हुन्छन् । नेपालमा पनि निर्वाचनका बेला केही कुख्यात धाँधलीहरु हुँदै आएका छन् । लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाइराख्न आवधिक निर्वाचन अनिवार्य सर्त हो ।
उम्मेदवारले के–के मा खर्च गर्न पाउँछन्  ?
उम्मेदवारले के–के मा खर्च गर्न पाउँछन् ? निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार बनेकाहरुका लागि खर्चको सीमा तोकिदिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आचरसंहिता निर्माण गरेको आयोगले उम्मेदवारहरुले खर्च गर्न पाउने शिर्षक पनि तोकिदिएको हो ।
शताब्दी पुरुष जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा
शताब्दी पुरुष जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा संस्कृतिविद एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले भोली सार्वजनिक बिदा दिएको छ । सरकारले भोलि मंगलबार स्वर्गीय जोशीको निधनको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
Weather Update