पुस्तक व्यवसायी महासंघ पाल्पाले मनायो साधारण सभा
शनिबार, पुस ९, २०७९

हल्का वर्षा र हिमपातको सम्भावना
शनिबार, पुस ९, २०७९
पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली गराउनुका साथै पूर्वी भेगका केही स्थानमा हल्का वर्षा तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

दुई प्रदेश जोड्ने पुल निर्माण हुँदै
शनिबार, पुस ९, २०७९
गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने गरी निर्माण सुरु भएको पक्की पुलको कामले गति लिएको छ । तनहुँ र पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पक्की पुलको काम तीव्र गतिमा अगाडि बढेको हो ।

स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी
शनिबार, पुस ९, २०७९
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै तय गर्ने गरि त्रिवि अगाडि बढेको बताए ।

कता हराए भँगेरा ?
शनिबार, पुस ९, २०७९
लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वप्रमुख मनमोहन चौधरी सानो हुँदा उनको घरको प्वालमा भँगेरा गुँड बनाएर बसेको सम्झिन्छन् । करिब दुई सय ५० वर्ष पुरानो उनकोे घरको आँगनमा साना भँगेरा चिरबिर–चिरबिर गर्दै फुरुकफुरुक यताउति उफ्रिँदा उनलाई रमाइलो लाग्थ्यो । सानो छँदा घरको आँगनमा भँगेरासँग खेलेको सम्झिँदै सम्मरीमाई–७ का ७५ वर्षीय झगरु मुरावले...

तिलोत्तमा नगरमा ट्राम रेल शिलान्यास
शनिबार, पुस ९, २०७९
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ट्राम रेलको शिलान्यास गरिएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ रेल यातायातबाट जोड्न ट्राम रेलको शिलान्यास गरिएको हो । उक्त ट्राम रेलको शुक्रबार नगरपालिकाका प्रमुख रामकृष्ण खाणले शिलान्यास गरेका हुन् ।

यस्ता छन् नेपाल पर्यटन दशकका रणनीतिक योजना
शुक्रबार, पुस ८, २०७९
सरकारले पर्यटन क्षेत्रको पुनरुत्थान योजनाअन्तर्गत नेपाल पर्यटन दशक (२०२३–२०३२) को रणनीतिक कार्ययोजना तयार गरेको छ । सो कार्ययोजनामा सन् २०३२ सम्ममा ३५ लाख विदेशी पर्यटक पु¥याउने लक्ष्य लिइएको छ भने सोही अवधिमा पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना छ ।

राष्ट्रपति भण्डारी बुटवलमा
बिहीबार, पुस ७, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्घाटनका लागि आज बुटवल आइपुगेकी छिन् । रुपन्देही उद्योग सङ्घले आयोजना गरेको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटनका लागि राष्ट्रपति भण्डारी बुटवल आएकी हुन् ।

होमस्टे सञ्चालक भन्छन् ‘अब स्थानीय परिकारलाई प्राथमिकता दिन्छौं’
बिहीबार, पुस ७, २०७९
घरबास (होमस्टे) भन्नासाथै शहरिया परिवेशभन्दा छुट्टै गाउँले परिवेश भन्ने लाग्छ । बजारको कोलाहल तथा आयातित खाद्यान्नको भरमा गाउँले परिवेशलाई बचाइ राख्नका लागि गाउँ–गाउँमा घरबास खोलिएका छन् । विशुद्ध गाउँले जनजीवन, अर्गानिक तथा स्थानीय खानाका परिकार, स्वागत सत्कार गर्ने तौर तरिका यहाँ फरक छन् ।

पाल्पामा ट्रक र मोटरसाईकल ठोक्किदाँ एकको मृत्यु
मंगलबार, पुस ५, २०७९
पाल्पामा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका– ४ भैरवस्थानस्थित बाहुनडाँडामा मंगलबार साँझा ट्रकसँग मोटरसाइकल ठोक्किन पुग्दा मोटरसाइकलको पछाडी सवार रिब्दीकोट ६ ठिमुरेका ३० वर्षीय नरबहादुर गाहाको ज्यान गएको हो ।

तानसेनमा तीन सय बढी तोपका गोला भेटिए
मंगलबार, पुस ५, २०७९
जिल्लाको तानसेनमा तीन सय बढी तोपका गोला भेटिएका छन् । यहाँको जिल्ला अस्पताल नजिकै गोलाखानामा घडेरी खन्ने क्रममा तीन सय ३० भन्दा बढी तोपका गोला भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

न्यूनचापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना
सोमबार, पुस ४, २०७९
भारतको विहारमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पूर्वी भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तालिम पछि उपमेयर र उपाध्यक्षहरूले भने ‘अब हामी सहज रुपमा न्याय सम्पादन गर्छौ’
सोमबार, पुस ४, २०७९
रुपन्देहीका स्थानीय तहका उपमेयर र उपाध्यक्षहरुले न्याय सम्पादन सम्बन्धी तालिम लिएपछि आफुहरु न्याय सम्पादनमा केही सक्षम भएको विश्वास व्यक्त गरेका छन् । पाल्पाको तानसेनमा भएको तीन दिने न्याय क्षेत्रको नेतृत्व विकास तथा सशक्तिकरणको तालिम पछि उनीहरुले केही हदसम्म भएपनि आफुहरु न्याय सम्पादन गर्न सक्षम बनेको बताएका हुन् ।