सामाजिक विकास डिभिजनको उत्साहजनक प्रगति
मंगलबार, साउन ९, २०८०
लुम्बिनी प्रदेशमा भारी वर्षा : तटीय क्षेत्रमा सावधानी र सतर्कता अपनाउन आह्वान
मंगलबार, साउन ९, २०८०
रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएका छन् । रुपन्देही, पाल्पा, नवलपरासी, प्यूठान र आसपासका स्थानमा भारी वर्षा मापन भएका छन् । भारी वर्षाका कारण तिनाउ नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती प्रभावित हुनसक्ने जोखिम बढेको जनाइएको छ ।
लाइसेन्स बनाइदिने भनी ठगी गर्ने पक्राउ
सोमबार, साउन ८, २०८०
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
एक सय ४२ वन्यजन्तुको उद्धार
सोमबार, साउन ८, २०८०
चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा एक सय ४२ वन्यजन्तुको उद्धार गरेको छ । आर्थिक वर्ष २०७९/८० मा दुर्लभ वन्यजन्तु पाटेबाघ, अजिङ्गर, एक सिङ्गे गैँडासहित एक सय ४२ वन्यजन्तुको उद्धार गरिएकोे निकुञ्जले जनाएको छ ।
छुट्टाछुट्टै स्थानमा डुबेर छ जनाको मृत्यु
सोमबार, साउन ८, २०८०
देशका विभिन्न स्थानमा डुवेर ६ जनाको मृत्यु भएको छ । रुपन्देही, कैलाली, बर्दिया, कास्की, दाङ लगायतका स्थानमा डुबेर ६ जनाको मृत्यु भएको हो । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देहीको सियारी गाउँपालिका–१ सोनारेटस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । तिलोत्तमा नगरपालिका–१५ मधवलियाका भिम नारायण...
पाल्पाको रैनादेवी छहरामा करेन्ट लागेर एक पुरुषको मृत्यु
आइतबार, साउन ७, २०८०
करेन्ट लागेर एक पुरुषको ज्यान गएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका– ३ झिरवास देउरालीका ४२ वर्षीय गोविन्द बरम्लेको करेन्ट लागेर मृत्यु भएको हो ।
गुल्मीमा नागरिकताभन्दा राहदानी बनाउने बढी
आइतबार, साउन ७, २०८०
गत आर्थिक वर्ष २०७९/८० मा गुल्मीमा नागरिकता बनाउनेभन्दा राहदानी बनाउनेको संख्या बढी देखिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार गत आर्थिक वर्षमा जिल्लामा नागरिकता बनाउनेको संख्याभन्दा राहदानी बनाउनेको संख्या करिब पाँच हजारभन्दा बढी छ ।
ग्यास, चुलोका उपकरणमा यसरी ठगिए तानसेनका उपभोक्ता
शनिबार, साउन ६, २०८०
पाल्पाको तानसेनमा सामानको मूूल्य भन्दा बढी रकम लिएर उपभोक्तालाई ठगी गर्ने गरेको पाइएको छ । पोखरा, बुटवलबाट आएका विक्रेताले बजार मूूल्य भन्दा बढी नै रकम लिएर उपभोक्ता ठग्ने गरेको पाइएको हो ।
शहिद स्मृति प्रतिष्ठान पाल्पाले दियो विद्यार्थीलाई खेल र शैक्षिक सामग्री
शनिबार, साउन ६, २०८०
शहिद स्मृति प्रतिष्ठान पाल्पाले विद्यार्थीहरुलाई खेल र शैक्षिक सामाग्री दिएको छ । प्रतिष्ठानले शनिबार ४१ औं बीपी स्मृति दिवसको अवसरमा बगनासकाली गाउँपालिका चापपानीस्थित बसन्त प्रा.वि.का विद्यार्थीहरुलाई शैक्षिक र खेल सामाग्री प्रदान गरेको हो ।
माछा मार्ने जालमा परी डुुब्दा पाल्पामा एकको मृत्युु
शनिबार, साउन ६, २०८०
माछा मार्ने जालमा परी कालिगण्डकी नदीमा डुुब्दा पाल्पामा एक युवकको ज्यान गएको छ । जिल्लाको रम्भा गाउँपालिका –२, रानीवासका २६ वर्षीय कोपिल पाँडे मगरको माछा मार्न प्रयोग गर्ने जालमा परेर ज्यान गएको हो ।
छुुट्टाछुुट्टै स्थानमा करेन्ट लागेर चार जनाको ज्यान गयो
शुक्रबार, साउन ५, २०८०
देशका विभिन्न स्थानमा करेन्ट लागेर चार जनाको ज्यान गएको छ । विभिन्न जिल्लाका छुट्टाछुट्टै स्थानमा करेन्टबाट चार जनाको अकालमै ज्यान गएको हो ।
पाल्पाको रैनादेवी छहरामा नगदसहित पाँच जुवाडे पक्राउ
शुक्रबार, साउन ५, २०८०
जिल्लाको रैनादेवी छहारा गाउँपालिका–४ अमलाबासबाट नगदसहित पाँच जुवाडे पक्राउ परेका छन् । छहराको अमलावासस्थित एक रेष्टुरेण्टबाट नगदसहित पाँच जुवाडे पक्राउ परेका हुन् । जिल्ला कार्यालय पाल्पा र ईलाका प्रहरी कार्यालय मुझुङबाट खटेको प्रहरी अनुसन्धान अधिकृत सहितको टोलीले रेष्टुरेण्टबाट जुवाडेलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।


