Shittalpati
खिर खाएर मनाइयो साउने पन्ध्र
खिर खाएर मनाइयो साउने पन्ध्र खिर खाएर साउने पन्ध्र मनाइएको छ । सोमबार घर–घरमा खिर खाएर हर्षउल्लासका साथ साउने पन्ध्र पर्व मनाइएको हो ।
पाल्पाका शिवालय मन्दिरमा दर्शनार्थीको भिड
पाल्पाका शिवालय मन्दिरमा दर्शनार्थीको भिड साउन महिनाको हरेक सोमबार देशभरका शिवालय मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । तेस्रो सोमबार पनि हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरेका छन् ।
विद्युत प्राधिकरण पाल्पाले गर्‍यो वार्षिक उत्सवमा वृक्षारोपण
विद्युत प्राधिकरण पाल्पाले गर्‍यो वार्षिक उत्सवमा वृक्षारोपण नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले वार्षिक उत्सवको अवसरमा वृक्षारोपण गरेको छ । प्राधिकरणले ३८ औं वार्षिक उत्सवको अवसरमा कार्यालय, दरवार क्षेत्र परिसर, सव स्टेसन बतासेडाँडा, रुप्से, सिलुवा र कलेक्सन काउण्टर हार्थाेक, आर्यभञ्ज्याङ्ग क्षेत्रमा वृक्षारोपण गरेको हो ।
आज साउन पन्ध्र : खिर खाने दिन
आज साउन पन्ध्र : खिर खाने दिन साउन १५, आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा हो । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको पाइन्छ । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले...
गुल्मीको सिद्धबाबामा होटल म्यानेजमेण्टको पढाई
गुल्मीको सिद्धबाबामा होटल म्यानेजमेण्टको पढाई गुल्मीको तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयमा व्यवस्थापनतर्फ पहिलो पटक होटल म्यानेजमेण्टको पढाई सुरु भएको छ । जिल्लामा राम्रै पहिचान बनाएको विद्यालयले यस वर्षदेखि होटल म्यानेजमेण्टको पढाई सुरु गरेको हो ।
गुल्मीमा पहिरोले च्याप्दा चार महिला घाइते
गुल्मीमा पहिरोले च्याप्दा चार महिला घाइते जिल्लाको सत्यवती गाउँपालिका–२  चेहमीमा पहिरोले च्याप्दा चार जना महिला घाइते भएका छन् । सिँचाई कुलो सफा गर्ने क्रममा एक्कासी माथिबाट खसेको पहिरोले च्यापेर चार महिला घाइते भएका हुन् ।
आज मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै
आज मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइदैछ । ‘हरेक पीडितसँग पुगौँ, कसैलाई न्यायबाट बञ्चित नपारौँ’ भन्ने नारासहित यस वर्षको दिवस मनाउन लागिएको हो ।
प्रेस युनियन पाल्पाको बैंठक : आर्थिक रुपमा मजबुत बनाउनेदेखि संगठन चलायमान बनाउनेसम्मका निर्णय
प्रेस युनियन पाल्पाको बैंठक : आर्थिक रुपमा मजबुत बनाउनेदेखि संगठन चलायमान बनाउनेसम्मका निर्णय नेपाल प्रेस युनियन पाल्पा शाखाको आठौं बैंठक तानसेनमा बसेको छ । बैंठकले युनियनलाई आर्थिक रुपमा मजबुत बनाउनेदेखि संगठन चलायमान बनाउनेसम्मका निर्णय गरेको छ ।
भगवती रथयात्राको ऐतिहासिक महत्व झल्काउनुपर्नेमा जोड
भगवती रथयात्राको ऐतिहासिक महत्व झल्काउनुपर्नेमा जोड विजय उत्सवको रुपमा लिइने भगवती रथयात्राको ऐतिहासिक महत्व झल्काउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । भगवती रथयात्रा नेपालको राष्ट्रियता, विरता, ऐतिहासिकता, रणकौशलतासँग जोडिएको विषयबस्तु भएकाले स्पष्ट धारणा बनाएर आउँदो भदौ २१ गते रथयात्रा सञ्चालन हुनुपर्नेमा सहभागीहरुले जोड दिएका हुन् ।
आज विश्व बाघ दिवस मनाइँदै
आज विश्व बाघ दिवस मनाइँदै नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी आज विश्व बाघ दिवस मनाइँदै छ । संरक्षणमूलक संघसंस्था, निकुञ्ज विभाग लगायतले विभिन्न कार्यक्रम गरी विश्व बाघ दिवस मनाउँदैछन् । बाघको संरक्षणार्थ उनीहरूको बास स्थलको संरक्षण, बाघको संख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरूको संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूको सराहना र प्रोत्साहन गरी...
राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण
राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ प्रमाणीकरण गरेका छन् ।
Weather Update