Shittalpati
पाल्पाका पत्रकार भण्डारीलाई ‘प्रेस काउन्सील क्रियाशील पत्रकारिता पुरस्कार’
पाल्पाका पत्रकार भण्डारीलाई ‘प्रेस काउन्सील क्रियाशील पत्रकारिता पुरस्कार’ पाल्पाको रामपुर–१० स्थायी घर भएका पत्रकार जीवन भण्डारीलाई ‘प्रेस काउन्सील क्रियाशिल पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । काउन्सीलको स्थापना दिवसको अवसरमा राष्ट्रपति कार्यलय शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उनलाई उक्त पुरस्कार प्रदान गरेकी हुन् ।
नेवा  : गुठी तानसेनको अध्यक्षमा पुनः गोङ्गल
नेवा : गुठी तानसेनको अध्यक्षमा पुनः गोङ्गल तानसेनका नेवार समुदायहरुको संगठित संस्था नेवाः गुठी तानसेनको अध्यक्षमा पुनः प्रकाश नाथ गोङ्गल चयन भएका छन् । गुठीलाई नेवार समुुदायको एकता, स्वतन्त्रता र सामनताको आधारमा सामुहिक र समन्वयात्मक रुपमा महत्वपूर्ण भूमिका खेलेकै कारण तानसेनमा भएको गुठीको प्रथम साधारण सभा एवं अधिवेशनले गोङ्गललाई अध्यक्षमा पुनः चयन गरेको हो  ।  
अविरल वर्षाले भत्कियो घर, परिवार विस्थापित
अविरल वर्षाले भत्कियो घर, परिवार विस्थापित बागलुङ नगरपालिका–१ मरेपीपलमा वर्षाका कारण एक घर भत्केर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । नाली निर्माणका क्रममा खनिएको जगमा अविरल वर्षाका कारण घर पूर्णरुपमा भत्किएर  परिवार विस्थापित भएको छ ।
शिक्षकहरुको आन्दोलन फिर्ता  
शिक्षकहरुको आन्दोलन फिर्ता   असोज ३ गतेदेखि सडकमा उत्रिएका शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ ।  शुक्रबार सरकार र आन्दोलन शिक्षकबीच सहमति भएपछि शनिबारदेखि आन्दोलन फिर्ता हुने भएको हो ।
सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना नियन्त्रणमा
सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना नियन्त्रणमा सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अन्तर्राष्ट्रिय शान्ति दिवसमा शान्तिको अपिलसहित प्रदर्शन
अन्तर्राष्ट्रिय शान्ति दिवसमा शान्तिको अपिलसहित प्रदर्शन अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा आज रुपन्देहीमा शान्तिको अपिलसहित प्रदर्शन गरिएको छ । 
३२ थान मोबाइलसहित चार भारतीय पक्राउ
३२ थान मोबाइलसहित चार भारतीय पक्राउ बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । जहाजमा काठमाडौँ जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
गुल्मीमा करिब चार सय किशोरी आमा
गुल्मीमा करिब चार सय किशोरी आमा गुल्मीमा करिब चार सय किशोरी आमा बनेका छन् । जनचेतनाको अभावमा २० वर्ष नपुग्दै बिहे गर्ने चलनका कारण उमेर नपुग्दै गर्भवती हुनेको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यको भनाइ छ ।
आज विश्व शान्ति दिवस विविध कार्यक्रम गरी मनाइँदै
आज विश्व शान्ति दिवस विविध कार्यक्रम गरी मनाइँदै आज विश्व शान्ति दिवस । ‘शान्तिप्रति हाम्रो कदम र महत्वाकांक्षा’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
विज्ञान र गणितका शिक्षक अभाव
विज्ञान र गणितका शिक्षक अभाव मालारानी गाउँपालिकाको वीरेन्द्र माध्यमिक विद्यालयमा चार महिनादेखि गणित विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको छ । गणित शिक्षकका लागि तीन पटकसम्म विज्ञापन खुलाए पनि एउटा पनि दरखास्त नपरेको विद्यालयका प्रधानाध्यापक कमल पछाइले बताए ।
विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घ धर्नामा
विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घ धर्नामा सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना सुरु गरेको छ ।
आज देशभर संविधान दिवस मनाइदैं
आज देशभर संविधान दिवस मनाइदैं आज देशभर संविधान दिवस मनाइदैं छ । संविधानसभाबाट नेपालको संविधान घोषणा भएको आज ८ वर्ष पूरा भएको छ । आजैको दिन अर्थात् ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको हो ।
Weather Update