Shittalpati
डलर देखाइ ठगी गर्ने फरार व्यक्ति पक्राउ
डलर देखाइ ठगी गर्ने फरार व्यक्ति पक्राउ डलर देखाइ रु नौ लाख ठगी गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–५ टुसाल बस्ने २६ वर्षीय दिलकुमार लामा रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
सुस्त गतिमा लुम्बिनी प्रदेश सरकार
सुस्त गतिमा लुम्बिनी प्रदेश सरकार लुम्बिनी प्रदेश सरकारको कामको गति अत्यन्त सुस्त रहेको छ । विकास निर्माणदेखि जनजीविकासम्मका काममा प्रदेश सरकारले गर्विलो उपस्थिति देखाउन सकेको छैन । सरकार गठनदेखि नै गठबन्धनको सहमतिमा अल्झिएको प्रदेश सरकारको कामको गति सुस्त देखिएको हो ।
सांसदद्वारा सरकारी जग्गा संरक्षणमा सरकारको ध्यानाकर्षण
सांसदद्वारा सरकारी जग्गा संरक्षणमा सरकारको ध्यानाकर्षण राष्ट्रियसभाका सांसदहरुले देशभर रहेका सरकारी जग्गाको अतिक्रमण बढेको भन्दै संरक्षणमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनीहरुले बाँसबारी छालाजुत्ता, ललिता निवास, टिकापुरलगायत अतिक्रमित सरकारी जग्गाको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएक हुन् ।
रामग्राम क्षेत्रलाई भाडामा लगाउने सम्झौता खारेज गर्न समितिको निर्देशन
रामग्राम क्षेत्रलाई भाडामा लगाउने सम्झौता खारेज गर्न समितिको निर्देशन लुम्बिनीस्थित रामग्राम क्षेत्रको जग्गा अधिग्रहण गरेर निजी कम्पनीलाई ९९ वर्षका लागि भाडामा लगाउने गरी भएको सम्झौता खारेज गर्न सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । रामग्राम क्षेत्रलाई संरक्षण तथा विकाससम्बन्धी अनुसन्धान तथा परियोजनाको आर्थिक स्रोतको खोजी गरी लुम्बिनी विकास कोष र प्रमिष्ट ल्याण्ड लिमिटेडबीच भएको सम्झौता खारेज गर्न समितिको...
प्रेस चौतारी पाल्पाको दोस्रो साधारणसभा रामपुरमा
प्रेस चौतारी पाल्पाको दोस्रो साधारणसभा रामपुरमा प्रेस चौतारी नेपाल पाल्पा शाखाको दोश्रो साधारण सभा रामपुरमा भएको छ । चौतारीले एक समारोहकोबिच साधारण सभा गरेको हो । सभाको प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले उद्घाटन गरेका हुन् ।
पर्यटकको बसाइ लम्ब्याउने रामपुरको चिन्ता
पर्यटकको बसाइ लम्ब्याउने रामपुरको चिन्ता कालीगण्डकी सभ्यतासँग जोडिएको स्थलसमेत हो पाल्पाको पर्यटकीय गन्तव्य रामपुर । भूगोलले चिटिक्क सजिएको वरपर डाँडाकाँडाले घेरिएको काठमाडौँ उपत्यकाकै झल्को दिने गन्तव्य पनि हो यो । लामो समयसम्म सडक सञ्जालले नजोडिँदा मौलिक पहिचान नै कताकता हराए जस्तै बनेको यो स्थल सडक पूर्वाधारकै अभावमा लामो समयसम्म विकासमा पछि परेको थियो ।
पत्रकार महासंघको सदस्यता शुद्धिकरणमा अन्याय हुने गरी काम हुँदैन : अध्यक्ष लम्साल 
पत्रकार महासंघको सदस्यता शुद्धिकरणमा अन्याय हुने गरी काम हुँदैन : अध्यक्ष लम्साल  नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले पत्रकार महासंघको सदस्यता शुद्धिकरणमा अन्याय र अपमान हुने गरी काम नहुने बताएका छन् ।
नेपाल शिक्षक संघ पाल्पाको जिल्ला प्रतिनिधि सभा , उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै रैनादेवी छहरा शिक्षक संघ सम्मानित  
नेपाल शिक्षक संघ पाल्पाको जिल्ला प्रतिनिधि सभा , उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै रैनादेवी छहरा शिक्षक संघ सम्मानित   नेपाल शिक्षक संघ पाल्पाको २३ औँ जिल्ला प्रतिनिधि सभा भएको छ । तानसेनमा एक  औपचारिक कार्यक्रम गरी संघले सभा गरेको हो । 
लिम्बू भाषाको वंशावली सार्वजनिक
लिम्बू भाषाको वंशावली सार्वजनिक लामो समयको खोज अनुसन्धानपछि फेम्सोहाङ लिबाङ (लिम्बू) समुदायको वंशावली सार्वजनिक भएको छ । दश वर्षको अनुसन्धानपछि शुक्रबार मोरङको पथरीशनिश्चरेमा उक्त वंशावली सार्वजनिक गरिएको हो । साँवा वंशावलीका अध्यक्ष धनप्रसाद साँवाको प्रमुख आतिथ्यमा  वंशावली सार्वजनिक भएको थियो ।
सरकारले तीन दिन प्रजातन्त्र दिवस मनाउने
सरकारले तीन दिन प्रजातन्त्र दिवस मनाउने सरकारले आउँदो फागुन ७ को ऐतिहासिक दिनको महत्वलाई जनस्तरमा पु¥याउन तीन दिनसम्म विविध कार्यक्रम आयोजना गर्ने भएको छ । सरकारले फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गरी भव्य रुपमा प्रजातन्त्र दिवस मनाउने भएको हो ।
अब सबै पालिकामा हुलाक, १ हजार ६ सय ३६ दरबन्दी खारेज
अब सबै पालिकामा हुलाक, १ हजार ६ सय ३६ दरबन्दी खारेज सरकारले हुलाक सेवा सबै पालिकाहरुमा विस्तार गर्ने भएको छ । संगठन संरचना परिवर्तन गर्दै सरकारले हुलाक सेवालाई पालिकाहरुमा विस्तार गर्ने भएको हो ।
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आयोगको चासो
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आयोगको चासो प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सर्वोच्च अदालतको निर्देशात्मक आदेशबमोजिम विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर रहेकोे बताएका छन् । अदालतले २०७४ चैत ७ गते उक्त आदेश दिएको थियो ।
Weather Update