आज ‘इदउलफित्र’, सरकारले दियो सार्वजनिक विदा
बिहीबार, चैत २९, २०८०
लागुऔषधसहित दुई महिला पक्राउ
बुधबार, चैत २८, २०८०
सिनामङ्गलस्थित सुकुम्वासी बस्तीबाट लागुऔषधसहित प्रहरीले दुई महिललाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
भोलि देशभर सार्वजनिक विदा
बुधबार, चैत २८, २०८०
सरकारले भोलि ‘इदउलफित्र’को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । २०७९ चैत २ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार गृह मन्त्रायले सार्वजनिक विदा दिने निर्णय गरेको हो । यो पर्व इस्लाम धर्मावलम्वीहरुको प्रमुख चाड हो ।
निजामती कर्मचारी युनियन पाल्पाको शुभकामना सहित भित्ते पात्रो विमोचन
मंगलबार, चैत २७, २०८०
नेपाल निजामित कर्मचारी युनियन जिल्ला कार्यसमिति पाल्पाले नव वर्षको शुभकामना आदनप्रदान एवं भित्ते पात्रो र टेबल पात्रो २०८१ को विमोचान गरेको छ । कर्मचारी युनियन पाल्पाले एक कार्यक्रमको आयोजना गरी शुभकामना आदान–प्रदान र पात्रो विमोचन कार्यक्रम गरेको हो ।
पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
मंगलबार, चैत २७, २०८०
आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर आज बिहान बालकको मृत्यु भएको छ । गल्याङ प्रहरी चौकीका अनुसार गल्याङ नगरपालिका–२ गराङ्दी बस्ने भरत रानाका १४ वर्षीय छोरा युनिक रानाको डुबेर मृत्यु भएको हो ।
आज नीमको पात खाने दिन
मंगलबार, चैत २७, २०८०
आज नीमको पात खाने दिन । नीमलाई तीतो अमृतका रूपमा चिनिन्छ । नयाँ वर्ष सुरु हुन अगावै विगतका वर्षको तितोपनालाई चपाएर आउँदो वर्षको मिठासको पर्खाईलाई नीमको पात खाने चलनले बिम्वका रूपमा बुझाउँछ ।
सडकबाट उद्धार गरिएका वृद्धको मृत्यु
सोमबार, चैत २६, २०८०
सडकबाट उद्धार गरी उपचारका लागि अस्पताल पठाइएका एक वृद्धको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धार्थ राजमार्ग सडक छेउको नालीमा अचेत अवस्थामा भेटिएका वृद्धको उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा सोमबार मृत्यु भएको हो ।
तानसेनका सरसफाइकर्मीसँग खुसी साटेर मनाए भण्डारीले जन्मदिन
आइतबार, चैत २५, २०८०
भण्डारीले आफु तल्लो वर्गका नागरिकसँग खुसीयाली साट्नुपर्छ भन्ने लागेर सरसफाइकर्मीसँग बसेर जन्मदिन मनाएको बताए ।
मैत्री क्लवका नयाँ सदस्यलाई स्वागत
शनिबार, चैत २४, २०८०
तानसेनको सामाजिक क्षेत्रमा क्रियाशिल मैत्री क्लवले आफ्ना नयाँ सदस्यहरुलाई स्वागत गरेको छ । क्लवले तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी क्लवमा आवद्ध हुन आएका १० जना नयाँ सदस्यहरुलाई स्वागत गरेको हो ।
दण्ड र जरीवाना नगर्दा गुणस्तरहिन खाद्यवस्तु विक्री हुने
शुक्रबार, चैत २३, २०८०
दण्ड र जरीवाना नगर्दा गुणस्तरहिन खाद्यवस्तु विक्री हुने गरेको बताइएको छ । घरेलु तथा साना उद्योग कार्यलय पाल्पाको आयोजना र पाल्पा उद्योग वाणिज्य संघको समन्वयमा तानसेनमा भएको उत्पादित वस्तुको गुणस्तर र लेवलिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले दण्ड र जरीवाना नगर्दा गुणस्तरहिन खाद्यवस्तु विक्री हुने गरेको बताएका हुन् ।
पाल्पाका ऐतिहासिक गढी तथा किल्लाको पदयात्रा गर्दै नेपाली सेना
बिहीबार, चैत २२, २०८०
नेपाली सेनाको टोलीले पाल्पाका ऐतिहासिक गढी तथा किल्लाहरूको पैदलयात्रा गर्ने भएको छ । ‘दोस्रो गोरखा–जितगढी’ पदयात्रा अन्तर्गत सेनाको एकीकरण पदयात्रा टोलीले पाल्पाको ऐतिहासिक बाकुमगढी, माथागढी, तानसेन र नुवाकोट गढी तथा गीतगढी किल्लाको पदयात्रा गर्ने भएको हो ।
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ मा
बुधबार, चैत २१, २०८०
राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन २८ गते हुने जानकारी दिएका हुन् ।


