तिथि के हो ? तिथिका स्वामी के–के हुन त ?
शनिबार, साउन २६, २०८१
विधानसम्मत सञ्चालन गर्न खानेपानी समितिहरुलाई आग्रह
शनिबार, साउन २६, २०८१
बुटवल उपमहानगरपालिकामा जलस्रोत ऐन बारेछलफल भएको छ । उपमहानगरपालिकाले नगरभित्रका खानेपानी उपभोक्ता समितिहरुसँग जलश्रोत उपयोग ऐनबारे छलफल गरेको हो ।
देशभर मनसुनी वायुको प्रभाव
शुक्रबार, साउन २५, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण सरदरकै स्थानमा रहेको छ ।
कागजका नाग टाँसिँदै, साँच्चैका मासिँदै
शुक्रबार, साउन २५, २०८१
आज श्रावण शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमी । हिन्दु धर्मावलम्बीहरुले घरको ढोकामाथि नागको चित्र टाँसी गाईको दूध, फूल अक्षताको साथमा गाईको गोबरसहित नागको पूजा अर्चना गरी मनाउँदै छन् ।
आदिवासी जनजाति दिवस मनाइँदै
शुक्रबार, साउन २५, २०८१
सदाझैं यसपटक पनि अगस्त नौ मा विश्वभरि आदिवासी दिवस मनाइँदैछ । नेपालमा पनि आज विभिन्न तामझामसाथ यो दिवस मनाउन लागिएको हो ।
रम्भादेवीमा सांस्कृतिक महोत्सव हुने
बिहीबार, साउन २४, २०८१
जिल्लाको रम्भा गाउँपालिका–५, ताँहुको ऐतिहासिक धार्मिकस्थल रम्भादेवी मन्दिरस्थित नाचनडाँडामा भव्य सांस्कृतिक महोत्सव हुने भएको छ । सहयात्रा नेपालको आयोजना र रम्भा पर्यटन विकास प्रतिष्ठानको सह–आयोजनामा आगामी भदौ १० गते कृष्ण जन्माष्टमीको दिन महोत्सव हुन लागेको हो ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धेरै वर्षा हुने
बिहीबार, साउन २४, २०८१
देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास भएको जनाउदै जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा बदली र वर्षाको पूर्वानुमान गरेको छ ।
आज भू–संरक्षण दिवस मनाइँदैं
बिहीबार, साउन २४, २०८१
आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा हरेक वर्ष श्रावण महिनाको २४ गते यो दिवस मनाउने गरिन्छ । देशका विभिन्न स्थानमा अन्तक्र्रिया गर्नुका साथै वृक्षरोपण गरेर दिवस मनाइँदै छ ।
बडिगाड पहिरो : एकको शव फेला, तीन जना अझै बेपत्ता
बुधबार, साउन २३, २०८१
बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबारको पहिरोले घर भत्किँदा पुरिएर बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ । बडिगाड गाउँपालिका–१० स्थित तीन वर्षीय आरुष थापाको आज दिउँसो शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
पहिरोमा ज्यान गुमाएकाहरुको सामूहिक दाहसंस्कार
बुधबार, साउन २३, २०८१
गुल्मीमा पहिरोले पुरिएर मृत्यु भएकाहरुको सामूहिक दाहसंस्कार गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका‐१ बिसौनामा मङ्गलबार बिहान पहिरोमा परि मृत्यु भएका दुई घरपरिवारका चार जनाको आज स्थानीय बढीगाढ खोलामा सामूहिक दाहसंस्कर गरिएको हो ।
आज पनि देशभर वर्षा हुने पूर्वानुमान
बुधबार, साउन २३, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । साथै विभागले देशभर वर्षा हुने पूर्वानुमान गरेको छ ।
भगवती जात्रा भाद्र ११ मा , राष्ट्रपति पौड्याल आउँदै
मंगलबार, साउन २२, २०८१
यस वर्ष पाल्पाको ऐतिहासिक भगवती जात्रा आगामी भदौ ११ गते निकालिने भएको छ । विरताको गाथा बोकेको तानसेनको श्री ७ रणउजिरेश्वरी भगवती मन्दिरको २ सय ५ औं भगवती रथयात्रा निकाल्ने तयारी भएको हो ।
आर्थिक अवस्था कमजोर भएका छात्राहरुको लागि अनुजा शाही स्मृति कोष स्थापना
मंगलबार, साउन २२, २०८१
सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरुको पठन पाठनमा सहयोग गर्ने उद्देश्यले अनुजा शाही स्मृति कोष स्थापना गरिएको छ ।


