Shittalpati
वन्यजन्तु पीडितले क्षति वापतको राहत पाएनन्
वन्यजन्तु पीडितले क्षति वापतको राहत पाएनन् गुल्मीका किसानले वन्यजन्तुले खाद्यन्न बाली तथा घरपालुवा पशुमा क्षति पुर्‍याए वापतको राहत रकम  गत दुई वर्षदेखि पाउन सकेका छैनन् । वन्यजन्तुबाट हुने क्षति वापतको राहत सहयोग सम्बन्धी निर्देशिकामा वन्यजन्तुको आक्रमणबाट हुने अंगभंग एवं मानवीय क्षति, पशुधन, घर/गोठ र खाद्यान्न बालीको क्षतिको राहत रकम उपलब्ध गराउने व्यवस्था गरेको छ ।
बाँदर नियन्त्रणका लागि रूख काट्ने अभियानको विरोध
बाँदर नियन्त्रणका लागि रूख काट्ने अभियानको विरोध बाँदर नियन्त्रणका लागि ‘मेरो रूख म काट्छु’ अभियान चलाउनेबारे पोखरा महानगरपालिका–१९ ले गरेको निर्णयको विरोध भएको छ । वडा कार्यालयले सोमबार सार्वजनिक सूचनामार्फत १० दिनभित्र घर वरपरका रूख कटान गरी बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्‍याउन वडाबासीलाई सूचित गरेको थियो ।
भ्रष्टाचार सूचकाङ्कमा नेपालको सुधार
भ्रष्टाचार सूचकाङ्कमा नेपालको सुधार ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपालले गत वर्षको भन्दा केही सुधार गर्दै ३५ अङ्कसहित एक सय आठौँ स्थानमा देखिएको छ । नेपालले भ्रष्टाचार सूचकाङ्कमा गत वर्षको भन्दा एक अङ्क सुधार गरेको छ ।
नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा पक्राउ
नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा पक्राउ अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने
विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने विज्ञापन बोर्डले सार्वजनिकस्थानमा राखिने होडिङबोर्ड र सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जनाएको छ ।
तीन वर्षमा पाँच किमी सडकको आधा मात्र काम
तीन वर्षमा पाँच किमी सडकको आधा मात्र काम काम सुरु भएको तीन वर्ष बितेको छ । प्रदेश सरकारको योजना अन्तर्गत बेल्बास–बेथरी–मर्चवार खण्डमा पाँच किमी सडक निर्माण सम्पन्न हुन सकेको छैन । ‘कनेक्टिभिटी’ सुधार गर्न र मर्चवारको विकासलाई प्रोत्साहन गर्ने महत्वाकांक्षी परियोजना निर्माणमा १ सय १७ रुखले बाधा पुर्‍याएका छन् ।
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रियसभाको निर्वाचनको प्रतिवेदन पेस
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रियसभाको निर्वाचनको प्रतिवेदन पेस राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले राष्ट्रियसभाको यही माघ ११ मा  सम्पन्न निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ ।
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह कतारको दोहामा आयोजित ‘नेपाल विजनेस एसोसिएसन कतार’को  सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको पर्यटन, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा र कृषिजस्ता क्षेत्रमा लगानी गर्न आग्रह गरेको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
‘बाल संरक्षण प्रणालीलाई सुदृढ बनाउन राष्ट्रिय बालबालिका नीति’
‘बाल संरक्षण प्रणालीलाई सुदृढ बनाउन राष्ट्रिय बालबालिका नीति’ सरकारले बाल संरक्षण प्रणालीलाई सुदृढ बनाउन ‘राष्ट्रिय बालबालिका नीति, २०८०’ तर्जुमा गरिएको छ ।
भ्रष्टाचारको अभियोगमा तेह्र जनाविरुद्ध मुद्दा दायर
भ्रष्टाचारको अभियोगमा तेह्र जनाविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा १३ जना विरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । 
खोला किनारको पानी गाउँमा
खोला किनारको पानी गाउँमा स्याङ्जाको वालिङ नगरपालिका–१३ बोधिभञ्ज्याङका एक सय ४२ घरधुरीमा ‘एक घर एक धारा’ जडान गरिएको छ । गाउँभन्दा धेरै टाढाबाट यसअघि ल्याइएको खानेपानीमा समस्या आएपछि गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँमा खानेपानी पुर्‍याइएको हो ।
Weather Update