बुटवलमा औषधिको अवैध कारोबार गर्ने मेडिकल सञ्चालक पक्राउ
शुक्रबार, वैशाख २८, २०८१
पाल्पाका अग्नीपीडित परिवारलाई राहत
शुक्रबार, वैशाख २८, २०८१
पाल्पाका अग्नीपीडित परिवारलाई राहत उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालयले विपद् व्यवस्थापन कोषमार्फत आगलागीबाट घरबारविहीन भएका परिवारलाई राहत प्रदान गरेको हो ।
स्याङ्जामा डढेलोले दुई हजार हेक्टर वन क्षेत्रमा क्षति
सोमबार, वैशाख २४, २०८१
डढेलोले स्याङ्जामा झण्डै दुई हजार हेक्टर वन क्षेत्रमा क्षति भएको छ । जिल्लाका विभिन्न ११ स्थानीय तहमा रहेका एक सय १३ वनमा आगलागी हुँदा एक हजार आठ सय ६१ हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालय स्याङ्जाका सूचना अधिकारी अमरबहादुर पराजुलीले जानकारी दिए ।
नेप्से परिसूचक ओरालो यात्रामा
आइतबार, वैशाख २३, २०८१
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४ दशमलव ५८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७४ दशमलव ३७ मा सीमित भएको छ ।
आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी हुँदै
शनिबार, वैशाख २२, २०८१
लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने भएको छ ।
वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल
शुक्रबार, वैशाख २१, २०८१
वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरु बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जन स्वास्थ्यमा असर परेको देखिएकाले त्यसबाट जोगिन अपिल गरेको छ ।
कारखानामा विस्फोट हुँदा दुईको मृत्यु
शुक्रबार, वैशाख २१, २०८१
उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई जना कामदारको मृत्यु भएको छ ।
मगर भाषा संरक्षणका लागि ‘अक्खा लिपि’ प्रशिक्षण
बिहीबार, वैशाख २०, २०८१
स्याङ्जाको वालिङमा मगर भाषा संरक्षणका लागि अक्खा लिपिका बारेमा प्रशिक्षण दिइएको छ । विशेषगरी नयाँ पुस्तालाई अक्खा लिपिका बारेमा सिकाएर भाषा तथा संस्कृतिको संरक्षणका लागि प्रशिक्षण दिइएको हो ।
वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’
बुधबार, वैशाख १९, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते खोप लगाउने भएको छ । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’ सञ्चालन गरिने बताए ।
लुम्बिनी, मधेस र कोशी प्रदेशमा हुरीबतासको चेतावनी
बुधबार, वैशाख १९, २०८१
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।
दुनाटपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास
बुधबार, वैशाख १९, २०८१
बागलुङ नगरपालिका–३ की ७७ वर्षीया भद्रकली पुनलाई दुई महिना अगाडिसम्म दिन बिताउन निकै गाह्रो थियो । बुढेसकालमा भारी काम गर्न नसक्ने, घरमा यतिकै बस्दा समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्थिन् ।हिजोआज उनको दैनिकी फेरिएको छ । दिन कसरी बिताउने भन्ने चिन्ता पनि हरायो ।
डढेलो लगाएको आरोपमा दुईजना पक्राउ
मंगलबार, वैशाख १८, २०८१
गुल्मीमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–७ सिस्न्यारा पातल सामुदायिक वनमा डढेलो लगाउने दुईजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसी रहेको डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत पङ्कजकुमार ठाकुरले जानकारी...
इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी
मंगलबार, वैशाख १८, २०८१
प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार नेम्वाङलाई नेपाल परिवार दलको पनि समर्थन थियो...


