Shittalpati
‘जनताहरुको भरोसाको केन्द्र नेपाली काँग्रेस’
‘जनताहरुको भरोसाको केन्द्र नेपाली काँग्रेस’ पूर्व मन्त्री एवं नेपाली काँग्रेसकी केन्द्रीय सदस्य कमला पन्तले नेपाली जनताहरुको भरोसाको केन्द्र नेपाली काँग्रेस भएको बताएकी छन् । सोमबार नेपाली काँग्रेस गुल्मीको आयोजनामा भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताका हरेक दुःखमा काँग्रेस सहयोगी बन्दै आएकाले भरोसाको केन्द्र पनि काँग्रेस नै रहेको बताएकी हुन् । नेतृ पन्तले वर्तमान अवस्थामा...
पाल्पा काँग्रेसको छलफल
पाल्पा काँग्रेसको छलफल नेपाली काँग्रेस पाल्पाले भावी योजना, रणनीति र कार्यदिशाका विषयमा छलफल तथा अन्तक्र्रिया गरेको छ । काँग्रेसले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयमा योजना, रणनीति र कार्यदिशाका विषयमा व्यापक छलफल गरेको हो । आइतबार पार्टी कार्यालयमा पार्टी सभापति वीरबहादुर रानाको सभापतित्वमा छलफल भएको थियो ।
पत्रकार महासंघ गुल्मीको अध्यक्षमा अर्याल
पत्रकार महासंघ गुल्मीको अध्यक्षमा अर्याल गुल्मी, नेपाल पत्रकार महासंघ गुल्मीको अध्यक्षमा टोपलाल अर्याल विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा ३० मत ल्याएर अर्याल अध्यक्षमा विजयी भएका हुन् ।
पत्रकारितालाई विश्वसनीय र मर्यादित बनाउने नेतृत्व आवश्यक
पत्रकारितालाई विश्वसनीय र मर्यादित बनाउने नेतृत्व आवश्यक ‘हरेक परिवर्तनमा अग्रणी भूमिकामा देखिएको पत्रकारिता अहिले आएर दलको प्रवक्ता जस्तो देखिएको छ । पत्रकारलाई म पत्रकार हुँ भन्न लाज लाग्ने अवस्था आएको छ ।’
पत्रकार महासंघ चुनाव : पाल्पामा २९ जनाको उम्मेदवारी,  अध्यक्ष, सचिव, सहसचिव र सदस्यमा प्रतिस्पर्धा हुँदै
पत्रकार महासंघ चुनाव : पाल्पामा २९ जनाको उम्मेदवारी, अध्यक्ष, सचिव, सहसचिव र सदस्यमा प्रतिस्पर्धा हुँदै पाल्पा, आगामी चैत २५ गते हुन लागेको नेपाल पत्रकार महासंघको निर्वाचनमा पाल्पामा विभिन्न पदमा २९ जनाले उम्मेदवारी दिएका छन् । २५ वटा पदका लागि हुने निर्वाचनमा २९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको जनाएको छ । नेपाल पत्रकार महासंघको इतिहासमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीअनुसार हुन लागेको छ । उम्मेदवारी...
पत्रकार महासंघको निर्वाचनमा माधव अर्यालको उम्मेदवारी फिर्ता
पत्रकार महासंघको निर्वाचनमा माधव अर्यालको उम्मेदवारी फिर्ता नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश)को उम्मेदवारी दिएका माधवप्रसाद अर्यालले उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार उम्मेदवारी फिर्ताको घोषणा गर्दै अर्यालले सोही पदका भवानी पाण्डे (विपुल पोखरेको नेतृत्वको संयुक्त प्यान) लाई समर्थन गर्ने घोषणा गरेका छन् ।
प्रजातान्त्रिक आन्दोलनका योद्धा गाहाको स्मृतिमा शोक सभा
प्रजातान्त्रिक आन्दोलनका योद्धा गाहाको स्मृतिमा शोक सभा सभामा नेपाली काँग्रेस पाल्पामा सभापति तथा लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले कुशल नेतृत्वका कारण प्रजातान्त्रिक आन्दोलन सफल भएको बताउदै गाहाले नेपालमा चलेको स्वतन्त्रताकाको आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको बताए ।
जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलन बुटवलमा हुने
जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलन बुटवलमा हुने सम्मेलनमा नयाँ केन्द्रीय समिति चयन, राजनीतिक प्रतिवेदन पेश, पार्टीको विधान संशोधन गर्नेलगायतको कार्यक्रम रहेको पार्टीका नेता आनन्द शर्माले जानकारी दिए ।
जीपी कोइराला फाउण्डेसन पाल्पाले गिरिजा बाबुलाई यसरी सम्झियो
जीपी कोइराला फाउण्डेसन पाल्पाले गिरिजा बाबुलाई यसरी सम्झियो फाउण्डेशनले गिरिजा बाबुको तस्वीरमा माल्यापर्ण गर्दै उनको राजनितिक योगदान र विचारको चर्चा गर्दै सम्झिएको छ । कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सभापति तथा लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले गिरिजा बाबु नेपालको राजनितिक प्रजातान्त्रिक आन्दोलनको प्रमुख योद्धा भएको सम्झदै कोइरालाकै अगुवाईमा नेपालमा शान्ति प्रक्रिया अघि बढेको स्मरण गरे । उनले नेपालको लोकतान्त्रिक...
राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा पुनःपहाडी
राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा पुनःपहाडी बुटवल, राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनले विनोद पहाडीलाई अध्यक्षमा चयन गरेको छ । लुम्बिनी प्रदेशको बुटवलमा भएको महाधिवेशनले पहाडीलाई पुनः अध्यक्षतामा चयन गरेको हो ।
आगामी मंसिर २ देखि एमालेको महाधिवेशन हुने
आगामी मंसिर २ देखि एमालेको महाधिवेशन हुने नेकपा एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ । शुक्रबार बसेको प्रधानमन्त्री तथा नेकपा एमाले केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटीको बैठकले दसौं महाधिवेशनको मिति तोकेको हो । केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा माधवकुमार नेपाल पक्ष भने सहभागी थिएन ।
Weather Update