अवैध लागूऔषध सहित तीन जना पक्राउ
मंगलबार, साउन १२, २०८३
प्रधानाध्यापक संघ लुम्बिनी प्रदेशको १२ बुँदे घोषणा पत्र जारी
मंगलबार, साउन १२, २०८३
प्रधानाध्यापक संघ नेपाल (पान) लुम्बिनी प्रदेशले १२ बुँदे घोषणा पत्र जारी गरेको छ । संघले बुटवलमा भएको तेस्रो साधारण सभा तथा प्रशिक्षण कार्यक्रममार्फत १२ बुँदे घोषणा पत्र जारी गरेको हो । सबै जिल्ला र स्थानीय तहमा संस्थाको विस्तार र सञ्जाल निर्माण गर्ने भेलाले निर्णय गरेको छ ।
पाल्पामा टिपर दुर्घटना : सहचालकको मृत्यु, चालक सामान्य
मंगलबार, साउन १२, २०८३
पाल्पामा टिपर दुर्घटना : सहचालकको मृत्यु, चालक सामान्य
कहाँ हराए बकुल्ला ?
सोमबार, साउन ११, २०८३
बिहानको शान्त वातावरणमा खेतबारी, नदी किनार र सिमसार क्षेत्रमा सेतो शरीर र लामो घाँटी फैलाउँदै बकुल्ला देखिनु कुनै समय सामान्य दृश्य थियो । तर अहिले त्यही दृश्य क्रमशः दुर्लभ बन्दै गएको छ । केही वर्षअघिसम्म खेत जोत्दा किसानका पछि–पछि हिँड्ने, पानीमा माछा र भ्यागुता खोज्दै रमाउने बकुल्ला आज कहाँ हराए...
तानसेनमा २४सै घण्टा विशेषज्ञ सेवासहितको पोलिक्लिनिक सञ्चालन हुँदै
सोमबार, साउन ११, २०८३
पाल्पाको तानसेनमा २४सै घण्टा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नयाँ पोलिक्लिनिक सञ्चालनमा आउने भएको छ । खस्यौली स्वास्थ्य केन्द्रका डा. चुरामणि रेग्मी नेतृत्वको टोलीले तानसेन नगरपालिका–३, सिल्खानटोलमा विशेषज्ञ सेवासहितको पोलिक्लिनिक सञ्चालनको तयारी अन्तिम चरणमा पु¥याएको जनाएको छ ।
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
सोमबार, साउन ११, २०८३
रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना सबैभन्दा बढी हुने गरेको पाइएको छ । गत जेठ र असार महिनामा सबैभन्दा यीनै दुई विषयमा उजुरी परेको जिल्ला प्रहरी रूपन्देहीले जनाएको छ । गत जेठमा जिल्लामा ५९ वटा स·ठित तथा आर्थिक अपराधसम्बन्धी मुद्दा दर्ता भएको थियो भने असारमा सोही प्रकृतिका...
पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण
आइतबार, साउन १०, २०८३
तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल बगिरहेको बबई नदी । नदीबाट केही मिटरको दूरीमै करिब ४५ फिट उचाइबाट झर्ने स्वच्छ पानीको धारा । प्रकृतिले आफ्नै हातले कोरेजस्तो यो दृश्य दाङको बबई गाउँपालिका–५ स्थित पुरन्धरा झरनाका हो । केही वर्षअघिसम्म वर्षायाममा पुग्नै कठिन मानिने यो झरना अहिले जिल्लाकै...
एलएमसीमा कर्मचारी निष्कासन विवाद : ‘पूर्वसूचना बिना कामबाट हटाइयो’
शनिबार, साउन ९, २०८३
जिल्लाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज (एलएमसी) मा नयाँ व्यवस्थापन आएपछि कर्मचारी हटाउने क्रम सुरु भएको छ । पुराना सेयर होल्डर बाहिरिएपछि नयाँ व्यवस्थापन पक्षले धामाधम कर्मचारी निकाल्न थालेको हो ।
‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ
शनिबार, साउन ९, २०८३
नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं १३ घर भई हाल ओमसतिया–४ स्थित बालापुरमा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणालाई पक्राउ गरेको हो ।
गुल्मीमा अरिङ्गालले टोकेर एक युवकको मृत्यु
शनिबार, साउन ९, २०८३
जिल्लाको सत्यवती गाउँपालिका–५ हँसरामा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ । अरिङ्गाल पोल्ने क्रममा टोकेर घाइते भएका हसराका २२ वर्षीय पूर्णसिंह थामी मगरको मृत्यु भएको हो ।
उच्च शिक्षाले नैतिक नेतृत्व र जिम्मेवार नागरिक निर्माण गर्नेमा जोड
शनिबार, साउन ९, २०८३
उच्च शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम मात्र नभई नैतिक, इमानदार, निष्ठावान, सिर्जनशील र जिम्मेवार नागरिक निर्माण गर्ने आधार भएको जिल्लामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । तानसेनमा रहेको पाल्पा बहुमुखी क्याम्पसले आयोजना गरेको कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूको सम्मान तथा बधाइ कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो बताएका हुन् ।
कालीगण्डकी नदीमा अज्ञात पुरुषको शव फेला
शुक्रबार, साउन ८, २०८३
जिल्लाको बगनासकाली गाउँपालिका–६ बेल्टारीस्थित कालीगण्डकी नदी किनारमा अज्ञात पुरुषको शव फेला परेको छ । शुक्रबार बिहान अन्दाजी ५०–५५ वर्ष उमेरका जस्तो देखिने एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३४ जना पक्राउ
शुक्रबार, साउन ८, २०८३
देशका विभिन्न स्थानबाट अवैध लागूऔषसहित ३४ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, दाङ, बाँके, सुनसरी, सल्यान, बारा, चितवन, भक्तपुर, मोरङ, सर्लाही, कञ्चनपुर,सुर्खेत, बर्दिया, जुम्ला लगायतका ठाउँहरुबाट प्रहरीले अवैध लागूऔषसहित ३४ जनालाई पक्राउ गरेको हो ।


