शिक्षा विधेयक सच्याउन प्याब्सन पाल्पाले बुझायो ज्ञापनपत्र
शुक्रबार, साउन ३०, २०८२

बगनासकालीमा बेवारिसे शव फेला
बिहीबार, साउन २९, २०८२
जिल्लाको बगनासकाली गाउँपालिका– १ रायडाँडास्थित चालिसे खोलामा एक पुरुषको शव फेला परेको छ । नाम र ठेगाना नखुलेको अन्दाजी ३२ वर्षीय पुरुष शव फेला परेको हो ।

रोपाइँ पनि ठेक्कामा !
बिहीबार, साउन २९, २०८२
काठेखोला गाउँपालिका–७ रेश गाउँका गुमबहादुर घर्ती र उनकी श्रीमती देवी तथा अमरबहादुर थापाले गाउँका खेत बाँझिन थालेपछि ठेक्कामा रोपाइँ गर्न थालेका छन् ।

शिक्षा विधेयकमा असन्तुष्टि : प्याब्सन पाल्पाले बुझायो स्थानीय सरकारलाई ज्ञापनपत्र
बिहीबार, साउन २९, २०८२
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) पाल्पाले विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट प्रस्तावित विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने, पूर्ण छात्रवृत्ति दिने शब्दावली राख्ने, छात्रवृत्तिको दायरा विस्तार गर्ने लगायतका प्रावधान आफूहरूको हितविपरीत भएको भन्दै प्याब्सन...

अवरुद्ध कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालन
बिहीबार, साउन २९, २०८२
लगातारको वर्षाका कारण पहिरो गएपछि बुधबार बिहानदेखि अवरुद्ध बनेकोे कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीखण्डको कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा सडक माथिबाट चट्टानसहितको पहिरो खसेपछि उक्त सडक दुई दिनदेखि पुर्णरुपमा अवरुद्ध बनेको थियो ।

गुल्मीमा कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध
बुधबार, साउन २८, २०८२
अविरल वर्षाका कारण पहिरो गएपछि कालीगण्डकी करिडोर अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा सडक माथिबाट चट्टानसहितको पहिरो खसेपछि आज उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

देशभर मनसुन सक्रिय
बुधबार, साउन २८, २०८२
मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाउँदै जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर पूर्णतया बदली हुने बताएको छ ।

आज विश्व सुलेखन दिवस मनाइँदै
बुधबार, साउन २८, २०८२
आज नेपालमा पनि ‘विश्व सुलेखन दिवस’ मनाइँदै छ । युवा, अक्षर लेखनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । हरेक वर्ष अगस्टको दोस्रो बुधबार विश्व क्यालिग्राफी दिवस मनाइन्छ र दिवस मार्फत अक्षर लेखनको सुनौलो प्रभावको विश्वव्यापी चर्चा गरिन्छ । सन् २०१७ बाट यस दिवस मनाउन सुरु गरिएको हो ...

तानसेनमा निकालियो भगवती जात्राको झल्को दिने ‘गणेशको रथयात्रा’
मंगलबार, साउन २७, २०८२
पाल्पाको पुरानो र ऐतिहासिक श्रीनगर सिद्धि विनायक गणेशको एक सय औं वर्ष रथ यात्रा निकालिएको छ । १९८२ भाद्र कृष्ण तृतीयाका दिनदेखि सुरु गरिएको रथ यात्रा मंगलबार निकालिएको हो ।

तानसेनमा देखाइयो बाघ जात्रा
मंगलबार, साउन २७, २०८२
जिल्लाको सदरमुकाम तानसेनमा बाघ जात्रा देखाइएको छ । प्रत्येक वर्ष रोपाइँजात्राको भोलिपल्ट देखाइने बाघ जात्रा मंगलबार देखाइएको हो ।

विवाहमा बाजा बजाएर वार्षिक तीन लाख आम्दानी गर्दै पाल्पाका महिला
मंगलबार, साउन २७, २०८२
यहाँको तानसेन नगरपालिका–१० तेल्घाकी ६० वर्षीया तारादेवी बस्याललाई बाजा बजाउन भ्याइनभ्याइ छ । गाउँघरमा हुने विवाह, पूजालगायत शुभकार्य र मेला महोत्सवमा बस्यालको व्यस्तता बढेको हो ।

रिब्दीकोटमा कुटपिटबाट एकको मृत्यु
मंगलबार, साउन २७, २०८२
जिल्लाको रिब्दीकोट गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका –७ पालुङमैनादीका ४० वर्षीय रामबहादुर अर्गालीको छिमेकीको कुटपिटबाट मृत्यु हो । उनलाई सामान्य झगडामा छिमेकी भपिन्द्र बहादुर खाम्चाले कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका अर्गालीको उपचारपछि फर्केर घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी निरीक्षक...

देशभर ९१ प्रतिशत धान रोपाइँ
मंगलबार, साउन २७, २०८२
देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी रोपाइँ भएको थियो । देशभर करिब १२ लाख ५४ हजार हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ । मुलुकभरि करिब १४ लाख हेक्टर जमिन योखीयोग्य रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ...