नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु
आइतबार, साउन १७, २०८३
‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
आइतबार, साउन १७, २०८३
पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना आरोहीको निधन भएपछि नेपाल शोकमा डुबेको छ ।
प्राविधिक शिक्षामा नयाँ आशा जगाउँदै मदनपोखरा
आइतबार, साउन १७, २०८३
पछिल्लो समय बदलिँदो श्रम बजार, सीपयुक्त जनशक्तिको माग र स्वरोजगारका अवसर विस्तारसँगै प्राविधिक शिक्षा आजको रोजगारीमुखी शिक्षाको प्रमुख आधार बन्दै गएको छ ।
दाङबाट एक वर्षमा ६७९ फरार अभियुक्त पक्राउ
आइतबार, साउन १७, २०८३
आर्थिक वर्ष २०८२/८३ मा दाङबाट ६५० बढी फरार अभियुक्त पक्राउ परेका छन् । जिल्लाका विभिन्न ठाउँबाट एक वर्षको अवधिमा ६७९ जना फरार अभियुक्त पक्राउ परेका हुन् ।
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा
शनिबार, साउन १६, २०८३
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद्का बेला भावनाले मात्र काम नगर्ने हुँदा सीप र क्षमता विकास गरेर सहयोग गर्न पार्टीपंक्तिलाई आह्वान गरेका छन् ।
तानसेनको बुद्ध पार्कमा ३०० बिरुवा रोपियो
शनिबार, साउन १६, २०८३
रोटरी क्लब अफ पाल्पा लुम्बिनीको आयोजनामा तानसेन नगरपालिका–७ स्थित प्रभासको बुद्ध पार्क परिसरमा वृक्षरोपण गरिएको छ । वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यका साथ क्लबले एक औपचारिक कार्यक्रमका बिच पार्क क्षेत्रमा विभिन्न प्रजातिका करिब ३०० बिरुवा रोपेको हो ।
शिक्षित आमामाझ घट्दो स्तनपान : नवजातको स्वास्थ्यमा बढ्दो चुनौती
शनिबार, साउन १६, २०८३
शिशु जन्मेको केही घण्टामै आमाको काखमा टाँसिएर दूध चुस्न थालेको दृश्यले नयाँ जीवनको सुरुवात मात्र होइन, स्वस्थ भविष्यको आधार पनि तयार गरिरहेको हुन्छ । तर पछिल्ला वर्षहरूमा भने पूर्ण स्तनपान गराउने आमाहरूको संख्या अपेक्षाअनुसार बढ्न सकेको छैन् ।
आजबाट विश्व स्तनपान सप्ताह सुरु
शनिबार, साउन १६, २०८३
आजदेखि नेपालसहित विश्वभर विश्व स्तनपान सप्ताह सुरु भएको छ । प्रत्येक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म मनाइने यो सप्ताहको उद्देश्य स्तनपानको महत्वबारे जनचेतना अभिवृद्धि गर्नु, आमा तथा शिशुलाई आवश्यक सहयोग सुनिश्चित गर्नु र स्तनपानमैत्री वातावरण निर्माण गर्न सबै सरोकारवालालाई प्रेरित गर्नु हो ।
सुनसरी घटनाप्रति सामाजिक सद्भाव कायम राख्न पाल्पाका ६ दलको अपिल
शुक्रबार, साउन १५, २०८३
सुनसरीलगायतका जिल्लामा हालै भएका घटनाप्रति पाल्पाका ६ राजनीतिक दलहरूले गम्भीर ध्यानाकर्षण जनाउँदै सामाजिक सद्भाव, संयमता र शान्ति कायम राख्न संयुक्त अपिल गरेका छन् ।
गोपालमान श्रेष्ठको निधनमा पाल्पामा काँग्रेसद्वारा शोकसभा
शुक्रबार, साउन १५, २०८३
पूर्वउपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली कांग्रेस पाल्पाले शोकसभा गरेको छ । जिल्ला कार्यसमितिको आयोजनामा भएको शोकसभामा जिल्लाका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको राजनीतिक योगदानको स्मरण गरेका थिए ।
चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु
शुक्रबार, साउन १५, २०८३
गत वैशाख १ देखि यही साउन १४ गतेसम्म देशका विभिन्न भागमा तीन हजार ९५१ विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा १९३ जनाको मृत्यु, तीन जना बेपत्ता, एक हजार १६५ जना घाइते तथा पाँच हजार ८७ परिवार प्रभावित भएका छन् ।
लुम्बिनी प्रदेश : केही मन्त्रालय खारेज, केही समायोजन
शुक्रबार, साउन १५, २०८३
लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको पुनः संरचना गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक आठ मन्त्रालय रहने गरी ‘प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८३’ स्वीकृत गरेको हो ।
अवैध लागूऔषध सहित २४ जना पक्राउ
शुक्रबार, साउन १५, २०८३
देशका विभिन्न स्थानबाट अवैध लागूऔषसहित २४ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङ, झापा, कैलाली, बर्दिया, सुर्खेत, मोरङ, काठमाडौंबाट अवैध लागूऔषसहित २४ जना पक्राउ परेका हुन् ।


