Shittalpati
राष्ट्रिय योग दिवस मनाउने तयारी
राष्ट्रिय योग दिवस मनाउने तयारी सरकारले माघ १ गते राष्ट्रिय योग दिवस मनाउन आवश्यक तयारी  अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विविध कार्यक्रम गरी  दिवस मनाउने तयारी गरेको हो ।  
नेपाल ज्योतिष परिषद स्थापना दिवस मनाइँदै
नेपाल ज्योतिष परिषद स्थापना दिवस मनाइँदै आज नेपाल ज्योतिष परिषद स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष पौष २४ गतेलाई नेपाल ज्योतिष परिषद्  स्थापना दिवसका रूपमा मनाउने चलन अनुरुप यो दिवस मनाउन लागिएको हो ।
फरक क्षमता भएकालाई गुल्मी जिल्ला समाजद्वारा आर्थिक सहयोग
फरक क्षमता भएकालाई गुल्मी जिल्ला समाजद्वारा आर्थिक सहयोग बेलायतस्थित गुल्मी जिल्ला समाजले फरक क्षमता भएकी इस्मा गाउँपालिका–३ की ४२ वर्षीया बीना नेपालीलाई रु ५० हजार र गुल्मीदरबार गाउँपालिका–५ का २४ वर्षीय रवीन रानालाई पनि त्यति नै नगद प्रदान गरेको छ ।
स्याङ्जामा धान उत्पादन बढ्यो
स्याङ्जामा धान उत्पादन बढ्यो गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष १३ दशमलव आठ प्रतिशतले धान उत्पादन बढेको हो ।
बैकिङ्ग कसुरमा एक जना पक्राउ 
बैकिङ्ग कसुरमा एक जना पक्राउ  जिल्ला प्रहरी कार्यालय पाल्पाले वैकिङ्ग कसुरमा एक जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको  छ ।  जिल्लाको बगनासकाली गाउँपालिका –७ निवासी ४० बर्षको हेमन्त गैरेलाई विषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटी गएको प्रहरी टोलीले आईतबार घुमिरेहको अवस्थामा निजलाई साझ पक्राउ गरी सो रकम असुल उपरका लागि जिल्ला अदालत...
 विशेष महाधिवेशन :  संकट समाधानको ‘ब्रह्मास्त्र’
 विशेष महाधिवेशन :  संकट समाधानको ‘ब्रह्मास्त्र’ नेपाली काँग्रेस अहिले केवल सत्ताको राजनीति मात्र होइन संगठनभित्रको दिशा,चरित्र र भविष्यको लागि नयाँ पदमार्गको खोजीका लागि उभिएको आभाष हुँदै छ ।
भार्सेमा भिक्टोरिया क्रस विजेता रानाको सालिक
भार्सेमा भिक्टोरिया क्रस विजेता रानाको सालिक लाहुरेहरूको गाउँका रूपमा परिचित यहाँको सत्यवती गाउँपालिका–८ भार्सेमा प्रथम विश्वयुद्धका वीर गोर्खा सैनिक तथा भिक्टोरिया क्रस प्राप्त कर्नबहादुर रानाको सालिक स्थापना गरिएको छ ।
विपद् जोखिम न्यूनिकरण श्रोत केन्द्र पपमा
विपद् जोखिम न्यूनिकरण श्रोत केन्द्र पपमा विद्यालयमा आधारित विपद् जोखिम न्यूनिकरण श्रोत केन्द्र तानसेनको पद्म पब्लिक नमुना माध्यमिक विद्यालयमा स्थापना गरिएको छ । तानसेन नगरपालिकाले  बाढी, पहिरो, भूकम्प जस्ता विपदमा विद्यार्थीलाई ज्ञान दिने उद्देश्यले स्रोत केन्द्र स्थापना गरेको हो ।
नेपाल पत्रकार महासंघ पाल्पाले मनायो ३४ औं स्थापना दिवस
नेपाल पत्रकार महासंघ पाल्पाले मनायो ३४ औं स्थापना दिवस नेपाल पत्रकार महासंघ पाल्पा शाखाले स्थापना दिवस मनाएको छ । २०४९ साल पुस १९ गते मेघराज शर्माको सभापतित्वमा २० सदस्यहरुको सहभागितामा स्थापना भएको शाखाले  शनिबार ३४ औं स्थापना दिवस बनाएको हो ।
स्वस्थानी व्रत आरम्भ
स्वस्थानी व्रत आरम्भ प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ ।
तीन दिनदेखि परेको शीतलहरबाट जनजीवन प्रभावित
तीन दिनदेखि परेको शीतलहरबाट जनजीवन प्रभावित आइतबार साँझदेखि परेको शीतलहरका कारण नवलपुरको जनजीवन प्रभावित भएको छ । भित्री मधेसमा पर्ने यस जिल्लामा शनिबारदेखि घाम नलाग्दा जाडो बढेको भए पनि आइतबार साँझदेखि भने शीतलहरसँगै बाक्लो हुस्सु लाग्दा जनजीवन प्रभावित भएको हो । 
राष्ट्रिय पोशाक दिवस मनाइँदै
राष्ट्रिय पोशाक दिवस मनाइँदै राष्ट्रिय पोशाक दिवस आज विभिन्न कार्यक्रम गरि मनाईँदै छ । राष्ट्रिय पोशाक दिवस नेपालमा मात्र नभई विश्वभरि छरिएर रहेका नेपालीहरूले हरेक वर्ष पौष १७ गते भव्यताका साथ मनाउँदै आई रहेका छन् ।
Weather Update