पाल्पाका मन्दिरमा जनै फेर्ने र डोरो बाध्नेको भिड
शनिबार, साउन २४, २०८२

तानसेनमा सुरु भए जात्रा
शनिबार, साउन २४, २०८२
सेनकालीन सभ्यतादेखि नै पाल्पाको तानसेनलाई काठमाडौंको भाइ मानिँदै आइएको छ । भाषा, कला, धर्म, संस्कृति र साहित्यको उर्वर स्थलका रूपमा तानसेन परिचित छ । वर्षको पहिलो दिनदेखि वर्षको अन्तिम दिनसम्म यहाँ जात्रा, चाडपर्वहरू भइरहन्छन् । त्यसैले पनि तानसेनलाई सांस्कृतिक सहर समेत भनिन्छ ।

आज देशभर जनै पूर्णिमा पर्व मनाइँदै
शनिबार, साउन २४, २०८२
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो...

प्राकृतिक प्रकोप कम गर्न भू–संरक्षण दिवस
शनिबार, साउन २४, २०८२
आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा हरेक वर्ष श्रावण महिनाको २४ गते यो दिवस मनाउने गरिन्छ । देशका विभिन्न स्थानमा अन्तक्र्रिया गर्नुका साथै वृक्षरोपण गरेर दिवस मनाइँदै छ ।

आदिवासी जनजाति दिवस मनाइँदै
शनिबार, साउन २४, २०८२
३१ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सदाझैं यसपटक पनि अगस्त नौ मा विभिन्न तामझामका साथ दिवस मनाउन लागिएको हो ।

निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा पाल्पाका ६ दलको आपत्ति
शुक्रबार, साउन २३, २०८२
निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२ मा पाल्पाका ६ राजनीतिक दलले आपत्ति जनाएका छन् । उनीहरुले कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को मर्म विपरीत भएको भन्दै आपत्ति जनाएका हुन् ।

गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध
शुक्रबार, साउन २३, २०८२
अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । सो सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढी आएपछि आज बिहानदेखि पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।

तिलोत्तमाका युवाद्वारा प्राङ्गारिक मल उत्पादन सुरु
बिहीबार, साउन २२, २०८२
जिल्लाको तिलोत्तमाका युवाले प्राङ्गारिक मल उत्पादन सुरु गरेका छन्। यहाँका करिब २० युवा मिलेर ‘नेपाल वायो कम्पोस्ट प्रालि’ दर्ता गरी मानव स्वास्थ्य र माटोको अवस्थालाई ख्याल गर्दै प्राङ्गारिक मलको उत्पादन सुरु गरेका हुन्।

पाल्पामा पाँच देशका भिक्षुहरुको वर्षाबास
बिहीबार, साउन २२, २०८२
जिल्लाको तिनाउ गाउँपालिका–१ झिगामारामा विभिन्न पाँच देशका बौद्ध भिक्षुहरु वर्षाबासमा रहेका छन् । नेपालसहित, सिङ्गापुर, थाइल्याण्ड, बेल्जियम र मलेसियाबाट भिक्षुहरु वर्षाबासमा रहेका छन् ।

बहुविवाह कानुन ल्याउन लागेको विरोधमा पाल्पाका महिला संगठनहरुद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
बुधबार, साउन २१, २०८२
सरकारले बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुन ल्याउन लागेको भन्दै जिल्लामा आवाद्ध महिला संगठनहरुले विरोध जनाएका छन् । यहाँका ६ महिला संगठनहरुले मुलुकी अपराध संहितामा पूर्णतः निषेध रहेको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी सरकारले कानुन ल्याउन लागेकोमा विरोध जनाउँदै बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालय काठमाडौंलाई ज्ञापनपत्र पठाएका छन्...
बाजा बजाएर आम्दानी गर्दै तेल्घाका महिला
बुधबार, साउन २१, २०८२
महिलाले बाजा बजाएर आम्दानी गर्छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ तर तानसेनका महिलाहरुले बाजा बजाएरै मनग्य आम्दानी गर्न थालेका छन् । जिल्लाको तानसेन नगरपालिका– १० तेल्घाका महिलाहरुले बाजा बजाएर लाखौं कमाउने गरेका हुन् ।

कक्षा १२ को मौका परीक्षा भदौ २८ र २९ मा
बुधबार, साउन २१, २०८२
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा भदौ २८ र २९ गते सञ्चालन गर्ने भएको छ । बोर्डले ‘नन्ग्रेड’ पाएका विद्यार्थीका लागि पूरक अर्थात् मौका परीक्षा सञ्चालन गर्ने भएको हो । दुई विषयमा ‘नन्ग्रेड’ पाएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित रहेका परीक्षार्थीले मौका परीक्षा दिन पाउने गरी व्यवस्था...

पहिरोले अवरुद्ध पाल्पा–बुटवल सडक एकतर्फी सञ्चालनमा
मंगलबार, साउन २०, २०८२
पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । सिद्धबाबा क्षेत्रमा ढुङ्गासहितकको पहिरो खसकेका कारण सोमबार साँझ ६ बजेदेखि पूर्णरुपमा अवरुद्ध सडक आज साँझादेखि एकतर्फी सञ्चालनमा आएको हो ।