पाल्पा उवासंघ अध्यक्षका उम्मेदवार भट्टराईको अभिव्यक्तिप्रति पूर्व अध्यक्षहरुको ध्यानाकर्षण
शुक्रबार, चैत १३, २०८२
प्रधानमन्त्री बालेनले गरे मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ?
शुक्रबार, चैत १३, २०८२
प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज शितल निवासमा शपथग्रहण गरे लगत्तै शाहले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
शुक्रबार, चैत १३, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले बालेन शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । रास्वपाले एकल बहुमत ल्याएपछि संसदीय दलका नेता शाहलाई संविधानको धारा ७६(१) अनुसार राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
आज रामनवमी, देशभर सार्वजनिक विदा
शुक्रबार, चैत १३, २०८२
आज रामनवमी पर्व मनाइँदैछ । हेरक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा ‘रामनवमी’ पर्व मनाइने गरिएको हो ।
रास्वपाले सुवर्ण अवसर नगुमाओस्
शुक्रबार, चैत १३, २०८२
भन्ने गरिन्थ्यो यो मिश्रित निर्वाचन प्रणाली रहँदासम्म नेपालमा दुई तिहाईका त कुरै छोडौ कुनै पनि राजनीतिक दलको बहुमत पनि आउँदैन् ।
पाल्पामा एक बर्षदेखी पाँच बर्षका बालबालिकाका लागि ‘स्वर्णबिन्दु प्राशन’ खुवाइँदै
बिहीबार, चैत १२, २०८२
जिल्लाका बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यलाई सबल बनाउने उद्देश्यले आगामी चैत १४ गतेदेखि विशेष आर्युवेदिक ‘स्वर्णबिन्दु प्राशन’ अभियान सञ्चालन गरिने भएको छ ।
तानसेन र बगनासकालीमा ‘परागसेचन परियोजना’ सुरु
बिहीबार, चैत १२, २०८२
जिल्लाका तानसेन नगरपालिका र बगनसकाली गाउँपालिकामा ‘परागसेचन परियोजना’ सुरु भएको छ । नेपाल परागसेचन परियोजना अन्तर्गत विदेशी तथा स्वदेशी संघ संस्थाको सहयोगमा दिगो कृषि र जैविक विविधताका लागि परागसेचन वैज्ञानिक परीक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले यहाँ सो परियोजना सुरु भएको हो ।
गुल्मीका बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ खुवाइँदै
बिहीबार, चैत १२, २०८२
गुल्मी जिल्लामा आगामी चैत १४ गतेदेखि बालबालिकालाई ‘स्वर्णबिन्दु प्रशान’ खुवाइने भएको छ । समग्र स्वास्थ्यमा सुधार तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरेर ‘स्वर्णबिन्दु प्रशान’ खुवाउन लागिएको हो ।
गुल्मीमा टिपरको ठक्करबाट वृद्धाको मृत्यु
बुधबार, चैत ११, २०८२
जिल्लामा टिपरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–रिडी खण्डको रेसुंगा नगरपालिका–१३ मा तम्घासबाट चारपालातर्फ जाँदै गरेको लु १ क ४५४७ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री रेसुंगा नगरपालिका–१३ की ९२ वर्षीया धनी बुढाथोको मृत्यु भएको थियो ।
राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
बुधबार, चैत ११, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीलाई पद तथा गोपनियताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र सञ्चालनमा
मंगलबार, चैत १०, २०८२
बुद्ध जन्मस्थल लुम्बिनीको फोहर व्यवस्थापनका लागि ‘सरसफाइ अध्ययन केन्द्र’ सञ्चालनमा ल्याइएको छ । उक्त केन्द्रले फोहोर व्यवस्थापनलाई दिगो विकास र हरित अर्थतन्त्रसँग जोड्ने लक्ष्य लिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–५ ढोडहवामा उक्त सरसफाइ अध्ययन केन्द्र सञ्चालन गरिएको हो ।
ट्रकको ठक्करबाट युवकको मृत्यु
मंगलबार, चैत १०, २०८२
रुपन्देहीको तिलोत्तमामा ट्रकको ठक्करबाट आज एक युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बुटवलका २१ वर्षीय उमेश गुप्ताको मृत्यु भएको हो ।


