विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु
सोमबार, माघ १२, २०८२
पाल्पामा १७ जना कुष्ठरोगी
सोमबार, माघ १२, २०८२
विरामीहरुको जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पताल र अन्य स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ । पाल्पामा कुष्ठरोगीको संख्या स्थिरजस्तो देखिन्छ । कुनै वर्ष संख्या थपिएको छ भने कुनै वर्ष संख्या ओरालो लागेको देखिन्छ ।
आज अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै
सोमबार, माघ १२, २०८२
अन्तर्राष्ट्रिय भन्सार दिवस आज विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाईदैछ । विश्व भन्सार संगठनको निर्णयअनुसार हरेक वर्षको जनवरी २६ का दिन अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउन थालिएको हो ।
आमाको दूधको विकल्प खोज्न नहुने सरोकार भएकाहरूको जोड
आइतबार, माघ ११, २०८२
सरोकार भएका निकायका प्रतिनिधिले शिशुका लागि आमाको दूधको विकल्पमा प्रयोग गरिने वस्तुले आमा र बच्चाको स्वास्थ्यमा जोखिम बढाउने भएकाले विककल्प खोज्न नहुने बताएका छन् ।
महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई
आइतबार, माघ ११, २०८२
तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलाई बाजा बजाउन भ्याइनभ्याई छ । जिल्लामा हुने विभिन्न सभा सम्मेलन, बिहे, पूजाआजामा बाजा बजाउन उहाँलाई भ्याइनभ्याई भएको हो । नौमती बाजा बजाउनेमध्ये एक उनी समूहमा बाजा बजाउँदै हिँड्छिन् । महिला पनि अगाडि बढ्नुपर्छ भन्ने सोचले आफू बाजा बजाउँदै समूहमा हिँड्ने गरेको उनको भनाइ छ ।
पाल्पामा दलहरुबाट महिलालाई उपेक्षा
आइतबार, माघ ११, २०८२
ठूला र नयाँ सबै दलमा महिला नेतृत्वको विकासबारे राजनीतिक इच्छाशक्तिको अभाव देखाइएको छ । कानुनले प्रत्यक्ष र समानुपातिकबिच स्पष्ट बाध्यता नतोकेकाले दलहरूले महिलालाई समानुपातिक कोटामा सीमित गर्ने अभ्यास दोहो¥याएका हुन् ।
विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा आकर्षण बढाउन प्रधानाध्यापकको भूमिका महत्त्वपूर्ण
शनिबार, माघ १०, २०८२
सरोकारवालाले विद्यार्थीहरुलाई सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउन प्रधानाध्यापकको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।
पाल्पामा एक जनाको उम्मेदवारी फिर्ता, २९ जनाको कायम
शनिबार, माघ १०, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पामा स्वतन्त्र उम्मेदवार बनेका क्षेत्र नम्बर २ का देवीप्रसाद भण्डारीले उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको समयमा भण्डारीको मात्र उम्मेदवार फिर्ता भएको हो ।
आजदेखि सहिद सप्ताह सुरु, पहिलो दिन शास्त्रीको सम्झना गरिदैं
शनिबार, माघ १०, २०८२
मुलुकमा विभिन्न राजनीतिक आन्दोलनका क्रममा उत्सर्ग गरेका सहिदको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु भएको छ । पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउने चार सहिदको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिन्छ ।
विद्यार्थीलाई स्टेशनरी सामान वितरण
शनिबार, माघ १०, २०८२
नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ पाल्पाले सामुदायिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ । १३ औं राष्ट्रिय पुस्तक दिवस तथा बसन्त पञ्चमीको अवसरमा जिल्लाको बगनासकाली गाउँपालिका –९ चिलाङ्दीमा रहेको बसन्त प्राथमिक विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीलाई महासंघले स्टेशनरी सामान दिएको हो ।
कोरियाबाट फर्केर गाउँमै दुग्ध व्यवसाय
शनिबार, माघ १०, २०८२
रुरुक्षेत्र गाउँपालिका–१ रिडीका रवि पन्त आजकाल किसानबाट दूध संकलन गर्ने र त्यसबाट विभिन्न परिकार बनाउनमा व्यस्त देखिन्छन्। बिहान र बेलुका दूध संकलन गर्ने एवं दिउँसो दूधबाट बन्ने विभिन्न परिकारबनाउने उनको दैनिकी बनेको छ । नेपालमा व्यवसायमा लगानी गर्न मानिस डराइरहेकाबेला पन्त भने दुग्ध व्यवसायमा जमेका छन् ।
माघ शुक्लपञ्चमी : पाल्पामा पनि सरस्वतीको पूजा गरी मनाइयो
शनिबार, माघ १०, २०८२
विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरी पाल्पासहित देशैभर शुक्रबार श्रीपञ्चमी मनाइएको छ । यस दिन विद्यारम्भको मुख्य तिथि भएकाले बिहानैदेखि अभिभावकहरूले आ–आफ्ना बालबालिकालाई नजिकैका सरस्वती मन्दिर वा विद्यालयमा लगी सिसाकलम वा खरीले अक्षर लेख्न लगाउँदै अक्षरारम्भ गराए ।
अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै
शनिबार, माघ १०, २०८२
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जनवरी २४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।


