लैङ्गिक हिंसा अन्त्य गर्न सबैको साझा प्रतिबद्धता आवश्यकः मुख्यमन्त्री आचार्य
मंगलबार, मंसिर ९, २०८२
विवाह पञ्चमी पर्व देशभर मनाइँदै
मंगलबार, मंसिर ९, २०८२
प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो ।
आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनाइँदै
मंगलबार, मंसिर ९, २०८२
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस आज विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरे अनुरुप हरेक वर्ष आजकै दिन यो दिवस मनाउने गरिन्छ ।
किसानलाई बाली जोगाउने चिन्ता
सोमबार, मंसिर ८, २०८२
हरेक वर्षझैँ यस वर्ष पनि किसानको उस्तै पीडा, चिन्ता र सङ्घर्ष छ । गहुँको बीउ छर्न मल अभावले किसान चिन्तित छन् । अर्कोतर्फ बेमौसमी वर्षाका कारण पानीमा डुबेर नष्ट भएको धानबाली निकाल्नै कठिन छ । कृषि पेसामा आत्मनिर्भर बन्ने सपना बोकेका किसानको दैनिकी भागदौड, चिन्ता र निराशाले भरिएको छ ।
पायक पर्ने स्थानमै आँखाजाँच शिविर आयोजना गर्दा...
सोमबार, मंसिर ८, २०८२
दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरीकी ५३ वर्षीया रस्मिता दाहालले यसअघि आँखा जाँच गरेकी थिइनन् । तर, अहिले गाउँमै शिविर आएपछि जाँच गर्दा दाँया आँखामा मासु पलाएको रहेछ ।
रामपुरमा धुमधामका साथ रामसीता विवाह उत्सव मनाउँदै
सोमबार, मंसिर ८, २०८२
राम र सीताबीचको अटुट प्रेम र आदर्श विवाहलाई यहाँँको रामपुर नगरपालिका –३ सीताकुण्डमा फेरि एक पटक जीवन्त पार्न लागिएको छ । आदर्श जोडीको वैवाहिक सम्बन्धले साँस्कृतिक तथा धार्मिक सम्बन्ध प्रगाढ बनाउने मात्र नभई आदर्श विवाहको महत्वलाई पनि उजागर गर्ने गर्दछ । जसको साक्षी यहाँका हजारौं श्रद्धालु भक्तजन बन्ने छन् ।
नगरपालिकाभित्रकै विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी
शुक्रबार, मंसिर ५, २०८२
दोलखाको भीमेश्वर नगरपालिकाका केही सरकारी विद्यालयमा विद्यार्थी सङ्ख्याभन्दा शिक्षक बढी हुँदा शिक्षक कामविहीन भएका छन् ।
रैनादेवी छहराको गोखुङ्गामा दुई दिने न्वागी महोत्सव हुँदै
शुक्रबार, मंसिर ५, २०८२
जिल्लाको रैनादेवी छहरा गाउँपालिका – ३ भुवनपोखरीको गोखुङ्गास्थित रैनादेवी मन्दिर परिसरमा यही मंसिर ७ र ८ गते न्वागी मेला हुँदैछ । यस बर्ष कार्तिक २७ गते देवीको लागि मुठी लिइसकेको र मंसिर ७ गते ९ ः३० बजे भित्र पूर्व फर्केर रैनादेवीलाई नयाँ धानको अक्षेता चढाउने कार्यक्रम रहेको छ ।
‘हाइब्रिड’ले निम्तिदै छ सङ्कट
शुक्रबार, मंसिर ५, २०८२
इस्मा गाउँपालिका–६ स्थित घिमिरे कृषि तथा पशुपक्षी फर्मले गतवर्ष पाँच टन अरूण–२ जातको मकैको बीउ उत्पादन गर्यो। किसानले भारतीय उन्नत जातको ९हाइब्रिड० बीउ रोप्न थालेपछि २५ क्वीन्टल बीउ बिकेन। बीउ बिक्री गरी मनग्गे कमाउने सोचेका फर्म सञ्चालक कृष्ण घिमिरे अब बीउ उत्पादन गर्ने कि नगर्ने भन्ने दोधारमा छन्।
आज विश्व टेलिभिजन दिवस मनाइँदै
शुक्रबार, मंसिर ५, २०८२
आज ‘विश्व टेलिभिजन दिवस’ नेपालसहित विश्वभर मनाइँंदै छ । सन् १९९६ डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष नोभेम्बर २१ मा विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन थालिएको हो ।


