नवजनचेतना राष्ट्रिय दैनिक २०८० असार २१ गते बिहीबार
बिहीबार, असार २१, २०८०
बजेटको विरोध होइन कार्यान्वयनमा जोड देऊ
बिहीबार, असार २१, २०८०
संघीय र प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट माथि विरोध भरहेको छ । संसदमा बजेट माथि व्यापक छलफल हुनुपर्नेमा विरोध मात्रै हुनु दुःखद् हो । लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटमा प्रतिपक्ष दल एमालेका सांसदहरुले विरोध गरेका छन् ।
पाल्पामा मानवअधिकार वर्ष पुस्तक २०२४ को पूर्व समीक्षा, राज्यपक्षबाटै मानवअधिकारको गम्भीर हनन्
बुधबार, असार २०, २०८०
अनौपचारीक सेवा क्षेत्र इन्सेक पाल्पाले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२४ को लागि अर्धवार्षिक पूूर्व समीक्षा गरेको छ । समीक्षामा जिल्लाको मानवअधिकारको अवस्थाबारे यहाँका राजनीतिक दल, पत्रकार, उपभोक्ता, विभिन्न अधिकारकर्मीहरु, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधीहरुबिच अन्तक्र्रिया गरिएको छ ।
तानसेन खानेपानी उपभोक्ता तदर्थ समिति गठन, राजनीतिक दलले जनाए आपत्ति
बुधबार, असार २०, २०८०
तानसेन नगर सरकारले तानसेन खानेपानी उपभोक्ता समिति विघटन गरी तदर्थ समिति गठन गरेको छ । उपभोक्ता समिति गैरजिम्मेवार र अवैधानिक रुपमा चल्दा उपभोक्ताले खानेपानीको चरम अभाव झेल्नु परेपछि नगर सरकारले पुरानो समिति विघटन गरी तदर्थ समिति गठन गरेको हो ।
रामपुर नगर सरकारले दियो कृषकलाई उन्नत घाँसको विरुवा
बुधबार, असार २०, २०८०
जिल्लाको रामपुर नगरपालिकाले नगर भित्रका कृषकलाई उन्नत जातको घाँसको विरुवा वितरण गरेको छ । नगर सरकारले रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत गठन भएका स्वाबलम्वन समूह र युवा समुहलाई घाँसको विरुवा वितरण गरेको हो ।
गुल्मी काँग्रेसले सरकारलाई भन्यो ‘विस्थापित परिवारलाई राहत र विपद् पूर्व तयारीमा ध्यान देऊ’
बुधबार, असार २०, २०८०
नेपाली काँग्रेस गुल्मीले निरन्तर परेको अविरल वर्षाले आएको बाढीपहिरोबाट विस्थापि भएका परिवारलाई राहत दिन र विपद् पूर्व तयारीमा ध्यान दिन प्रदेश र संघीय सरकारलाई आग्रह गरेको छ । उसले वर्षाका कारण जिल्लाका विभिन्न ग्रामीण क्षेत्रहरुमा बाढी र पहिरोले क्षति पुर्याएकोप्रति सरकारको ध्यानाकर्षण गराउदै राहत र क्षति हुनबाट बचाउन पूर्व तयारी...
श्रम स्वीकृति लिने बढ्दै
बुधबार, असार २०, २०८०
पछिल्लो समय वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीहरुको सङ्ख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या करिब सात लाख ४० हजार रहेको छ । उक्त सङ्ख्या दिनैपिच्छे बढ्दै गएको विभागले जनाएको हो ।
जोखिममा तिनाउ नदी आसपासका बस्ती, सतर्कता अपनाउन आग्रह
बुधबार, असार २०, २०८०
रुपन्देही र पाल्पा आसपासमा शुक्रबार रातिदेखि परेको निरन्तरको वर्षाले तिनाउ नदीमा बाढी आएको छ । लगातारको वर्षाका कारण नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ । शनिबार बिहानदेखि पानीको सतह बढेको हो ।
अंग्रेजीका शिक्षकलाई अभिमुखीकरण
बुधबार, असार २०, २०८०
अंग्रेजी विषय पढाउने शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । रामपुर नगर सरकारको शिक्षा शाखाले आधारभुत तहमा अंग्रेजी पढाउने शिक्षकहरुका लागि २ दिने शिक्षण अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
विपद् पूर्वतयारीमा ध्यान देऊ
बुधबार, असार २०, २०८०
असार, साउन महिना बर्खाको समय हो । यो समयमा बाढीपहिरो जाने गर्दछ । जसका कारण धेरैले अकालमै ज्यान गुमाउनु परेको छ । विगतमा जस्तै यस वर्ष पनि बर्खा लाग्न साथ देशका केही ठाउँहरुमा बाढीपहिरोले ठूलो क्षति पु¥याएको छ । विपद् बाजा बजाएर आउँदैन । विपद्बाट बच्न पूर्वसावधानी भने अपनाउन सकिन्छ ...
लुम्बिनीमा विनियोजन विधेयक पारित
मंगलबार, असार १९, २०८०
लुम्बिनी प्रदेशसभाले विनियोजन विधेयक पारित गरेको छ । मंगलबार बसेको बैठकले आगामी आर्थिक वर्षको सेवा र कार्यका लागि सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।
पाल्पा–बुटवल सडक खण्ड एकतर्फी खुल्यो
मंगलबार, असार १९, २०८०
पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण तानसेन नगरपलिका ८, गौडेपुल नजिकै माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको थियो । सो क्षेत्रमा पहिरो हटाइएपछि केहीबेरअघिबाट एकतर्फी रुपमा सडक खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


