Shittalpati
तिनाउ नदीमा बाढीः तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तिनाउ नदीमा बाढीः तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह लगातारको वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ । सोमबार रातिदेखि रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा भीषण वर्षा भइरहेको छ । यसले तिनाउ नदीमा पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अर्घाखाँचीमा पहिरो : तीनको मृत्यु
अर्घाखाँचीमा पहिरो : तीनको मृत्यु अर्घाखाँचीको पणेनामा आज विहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ । पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीनको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिए । 
पहिरोले पाल्पा–बुटवल सडक अवरुद्ध
पहिरोले पाल्पा–बुटवल सडक अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा–बुटवल सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । पाल्पाको तानसेन नगरपलिका–८ गौडेपुलनजिक मंगलबार विहान पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको हो । 
नारायणगढ–मुग्लिन सडक यात्रुलाई सधैं सास्ती
नारायणगढ–मुग्लिन सडक यात्रुलाई सधैं सास्ती गुल्मी इस्माका प्रदीप खत्रीलाई सोमबार ३ बजेभित्र काठमाडौं नपुगी नहुने थियो । वैदेशिक रोजगारका लागि जापन हिँडेका उनको सोमबार साझा ४ बजे उडान छ । उनी १७ घण्टा मुग्लिनको जाममा परे । त्यहाँ रोकिएका खत्रीले शितलपाटी डटकमसँग निकै आत्तिँदै भने, ‘आज साँझा फ्लाइट छ । क्यान्सिल हुने होकि ? निकै...
गलमादी खोलाले खेतीयोग्य जमिन र बस्ती जोखिममा
गलमादी खोलाले खेतीयोग्य जमिन र बस्ती जोखिममा पाल्पाको रामपुर नगरपालिका–४ स्थित गलमादी खोलाले धार परिवर्तन गरी जमिन कटान गरेपछि जोखिम बढेको छ । पुरानो धार परिवर्तन गरेर नयाँ ठाउँबाट खोला बगेपछि यस क्षेत्रका खेतीयोग्य जमिन तथा बस्ती जोखिममा परेका छन् । 
ललिता निवास प्रकरण नसेलाओस्
ललिता निवास प्रकरण नसेलाओस् डेढ वर्षपछि फेरि बालुवाटारस्थित ललिता निवास प्रकरणले चर्चा पाएको छ । प्रधानमन्त्रीको सरकारी निवाससँग जोडिएको ललिता निवास जग्गा प्रकरणमा रोकाइएको अनुसन्धानको फाइल प्रहरीले डेढ वर्षपछि फेरि खोलेको छ । तत्कालीन सरकारको हस्तक्षेपका कारण २०७८ पुसदेखि रोकिएको अनुसन्धान फाइल खोल्दै प्रहरीले केही आरोपितलाई पक्राउ गरेको छ ।
ललिता निवास प्रकरण : थप दुई पक्राउ
ललिता निवास प्रकरण : थप दुई पक्राउ ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप दुुई आरोपित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सोमबार तत्कालिन नायव सुब्बा रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरेको हो ।
लुम्बिनीमा एमालेको विरोधका बीच बजेट बारे छलफल
लुम्बिनीमा एमालेको विरोधका बीच बजेट बारे छलफल लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधका बीच बजेटमाथि छलफल भएको छ । सभामुखले उपलब्ध गराएको समयमा पनि सरकार र प्रतिपक्ष दलबीच कुनै संवाद र छलफल हुन नसकेपछि सभामुख तुलाराम (बसन्त) घर्तीले विरोधकै बीच बैठक सुरु गरेका थिए ।
सुुन बरामद प्रकरण : बुटवलका दुई सुन पसल सिल
सुुन बरामद प्रकरण : बुटवलका दुई सुन पसल सिल रुपन्देहीको कालिदह नाका हुँदैै भारत लैजाँदै गर्दा बरामद भएको साढे दुई केजी सुनको अनुसन्धानका क्रममा बुटवलका सुन व्यवसायीको संलग्नता भेटिएको छ । नाका हुँदै यही असार १० गते भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटाजस्तै रङ र आकारको झण्डै साढे दुई किलोको शङ्कास्पद वस्तु बरामद गरेको थियो ।
खेलकुद विकासका लागि लगानी र सोच आवश्यक रहेकोमा जोड
खेलकुद विकासका लागि लगानी र सोच आवश्यक रहेकोमा जोड खेलकुद विकासका लागि लगानी र सोच आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च पाल्पा शाखाले आयोजना गरेको ‘खेलकुदको अवस्था र सम्भावना’ विषयक अन्तरक्र्रियामा सहभागीहरुले यस्तो बताएका हुन् ।
मुठ्ठीदानबाट रामपुरको मदरसा विद्यालय सञ्चालन
मुठ्ठीदानबाट रामपुरको मदरसा विद्यालय सञ्चालन पाल्पा रामपुर नगरपालिका–४ स्थित इस्लामपुरमा रहेको मदरसा नुरुल हुदा आधारभूत विद्यालय एक नमुना धार्मिक विद्यालय हो । जहाँ मुस्लिम समुदायका बालबालिकालाई शिक्षा दिन चन्दा उठाएर, विद्यार्थीबाट मुठ्ठीदान संकलन (जकात फण्ट) गरी विद्यालय सञ्चालन गरिएको छ ।
Weather Update