Shittalpati
गुरु पूर्णिमाको सार्थकता
गुरु पूर्णिमाको सार्थकता आज गुरु पूर्णिमा हो । हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन गुरु पूूर्णिमा पर्दछ । आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी यो मनाउने गरिन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको ब्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको हो ।
लुम्बिनीमा एमालेको विरोध कायमै, आइतबारको संसद बैठक पनि स्थगित
लुम्बिनीमा एमालेको विरोध कायमै, आइतबारको संसद बैठक पनि स्थगित लुम्बिनी प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले विरोध कायमै छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेटमाथि छलफल गर्न पटक –पटक बैठक बोलाइए पनि एमाले सांसद्को विरोधका कारण स्थगित हुँदै आएको छ । आइतबारको बैंठक पनि एमालेका सांसदहरुको नाराबाजी पछि स्थगित भएको छ ।
भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची 
भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची  भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । इण्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने व्यवस्था अनुसार नयाँ नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको हो ।
एसइई नतिजा यसै हप्ता आउने
एसइई नतिजा यसै हप्ता आउने राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यसै हप्ता सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले असार २३ गतेभित्र एसइईको नतिजा सार्वजनिक गर्ने गरी काम गरेको जनाएको छ  ।
नौ हजार पाँच सय ९० जनाले बुझाएनन् सम्पत्ति विवरण
नौ हजार पाँच सय ९० जनाले बुझाएनन् सम्पत्ति विवरण आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत नौँ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउने ती कर्मचारीलाई कारबाही गर्न सिफारिशसहित राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदनसमेत बुझाइसकेको जनाइएको छ ।
सन् २०२३ मा भित्रिए चार लाख ७६ हजार पर्यटक
सन् २०२३ मा भित्रिए चार लाख ७६ हजार पर्यटक सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा...
आर्थिक समृद्धिका लागि रोजगारमूलक कार्यक्रम हाम्रो प्राथमिकता : मुख्यमन्त्री चौधरी  
आर्थिक समृद्धिका लागि रोजगारमूलक कार्यक्रम हाम्रो प्राथमिकता : मुख्यमन्त्री चौधरी   लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आर्थिक समृद्धिका लागि रोजगारमूलक कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् । आइतबार पत्रकार महासंघ पाल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षदेखि रोजगार सिर्जना गर्ने गरी कार्यक्रम ल्याइएको बताएका हुन् ।  
लुम्बिनीमा ११ प्रतिशत रोपाइँ
लुम्बिनीमा ११ प्रतिशत रोपाइँ लुम्बिनी प्रदेशमा ११ प्रतिशत रोपाइँ भएको छ । मध्य असारसम्म यहाँका १२ वटा जिल्लामा ११ प्रतिशत रोपाइँ भएको हो । वर्षा ढिलो भएका कारण यहाँका जिल्लाहरुमा अहिले रोपाइँ विगतका वर्षमा भन्दा कम भएको लुम्बिनी प्रदेश कृषि मन्त्रालयले जनाएको छ । 
बाढीपहिरोले सडकमा क्षति, जोखिममा बस्ती
बाढीपहिरोले सडकमा क्षति, जोखिममा बस्ती दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले जिल्लाका विभिन्न ठाउँहरुमा वितण्डा मच्चाएको छ । बाढीपहिरोबाट यहाँका अधिकासं सडकमा क्षति पुगेको छ भने बस्तीहरु जोखिममा रहेका छन् । बाढीका कारण तिनाउ नदी क्षेत्रमा पर्ने पाल्पा र रुपन्देही आसपासका क्षेत्र जोखिममा छन् । निरन्तरको वर्षाले रुपन्देहीको तिनाउ नदीको बहाब बढेपछि...
आज खेलकुद पत्रकार दिवस मनाइँदै
आज खेलकुद पत्रकार दिवस मनाइँदै आज जुलाई २ अर्थात् विश्व खेलकुद पत्रकार दिवस । विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । खासमा समाजमा खेलकुद पत्रकारले खेल्ने महत्वपूर्ण भूमिकाको सम्मानका लागि विश्व खेलकुद पत्रकार दिवस मनाउन थालिएको हो ।
खोज पत्रकारिता अहिलेको आवश्यकता : श्रेष्ठ
खोज पत्रकारिता अहिलेको आवश्यकता : श्रेष्ठ विश्व प्रेस काउन्सीलका महासचिव तथा प्रेस काउन्सील नेपालका पूर्व अध्यक्ष  किशोर श्रेष्ठले खोज पत्रकारिता अहिलेको आवश्यकता रहेको बताएका छन् । शनिबार तानसेनमा भएको खोज पत्रकारिता प्रशिक्षणमा बोल्दै उनले अहिलेको सन्दर्भमा खोजी पत्रकारिता आवश्यक रहेको बताएका हुन् ।
Weather Update