Shittalpati
लुम्बिनीमा एक सय ९१ जनामा डेंगी
लुम्बिनीमा एक सय ९१ जनामा डेंगी लुम्बिनी प्रदेशमा डेंगी संक्रमितको संख्या एक सय ९१ पुुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार प्रदेशभर डेंगी संक्रमितको संख्या एक सय ९१ पुगेको  हो ।
गुल्मीको मालिकामा ७० वर्षीय वृद्ध मृत फेला  
गुल्मीको मालिकामा ७० वर्षीय वृद्ध मृत फेला   जिल्लाको मालिका गाउँपालिकामा एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको मालिका –३  पासेखोलास्थित कच्चि सडकमा ह्वाङ्दीका ७०  वर्षीय नन्दे विक विहीबार मृत फेला परेका हुन् ।
गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु
गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु जिल्लाको मुसिकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।  घाँस काट्ने क्रममा विहीबार भिरबाट लडेर मुसिकोट–४ डाँडाथोककी ३६ वर्षीया फुलकुमारी नेपालीको मृत्यु भएको हो । 
एमालेको अवरोध कायमै : राष्ट्रिय सभा बैंठक पनि स्थगित
एमालेको अवरोध कायमै : राष्ट्रिय सभा बैंठक पनि स्थगित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेको छ । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै  प्रतिनिधि सभा बैंठक अवरोध गर्दै आएको एमालेले विहीबारको राष्ट्रिय सभाको बैठक समेत अवरोध गरेको छ ।
लक्ष्यअनुसार राजस्व उठेन
लक्ष्यअनुसार राजस्व उठेन दाङका पालिकामा नदीजन्य पदार्थको अत्यधिक दोहन भएकाले लक्ष्यअनुसारको  राजस्व उठेको छैन । जिल्ला समन्वय समितिले बुधबार आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा गोष्ठीमा जिल्लाका दसवटै पालिकाले प्रस्तुत गरेको प्रगति समीक्षामा नदीजन्य पदार्थबाट राजस्व उठाउने लक्ष्य र सङ्कलनको अवस्था हेर्दा निकै दयनीय रहेको देखिएको छ ।
वनमारा मासेर डाँडैभरी अम्रिसो
वनमारा मासेर डाँडैभरी अम्रिसो बाह्र वर्ष अघि बन मारा, घगालु र काम नलाग्ने बुट्यानले झाडी रहेको ढोलीमाराको डाँडा अहिले अम्रिसोले हराभर भएको छ । कहीं कतै मात्र रुखबिरुवा छन् तर अम्रिसोले डाँडा पुरै हराभरा भएको छ । अम्रिसोले डाँडा मात्रै हराभरा भएको छैन, स्थानीयको आम्दानीको बलियो स्रोत पनि बनेको छ ।
महिलालाई क्रेडिट कार्ड निःशुल्क
महिलालाई क्रेडिट कार्ड निःशुल्क महिलाले निःशूल्क रुपमा क्रेडिट कार्ड पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने भएको हो । बैंकले श्रावण स्पेसल अफर अन्तर्गत यो सेवा दिन लागेको छ । बैंकले सार्वजनिक गरेको यो योजना अन्तर्गत महिला ग्राहकहरूले निःशुल्क रूपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् ...
मानसिक स्वास्थ्यमा लापरवाही नगरौं
मानसिक स्वास्थ्यमा लापरवाही नगरौं पछिल्लो समय मानसिक समस्याले धेरै मानिसहरु ग्रसित बनेका छन् । यो आाम समस्याका रुपमा देखापर्दै गएको छ । यो चिन्ताको विषय हो । विभिन्न कारणले मानिसहरु मानसिक रुपमा विक्षिप्त हुने गरेका छन् । कोभिड पछिको समयलाई हेर्ने हो भने यो समस्या झन् विकराल बनेको छ ।
पेट्रोलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको घट्यो
पेट्रोलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको घट्यो पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य ९ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो । त्यस्तै डिजल र मट्टितेलमा ७ रुपैयाँले वृद्धि भएको छ भने हवाई इन्धनको मूल्य यथावत राखिएको छ ।
खम्बा गाडेको पाँच वर्षसम्म बलेन बिजुली
खम्बा गाडेको पाँच वर्षसम्म बलेन बिजुली सुनछहरी गाउँपालिका–२ भित्रीगाममा विद्युत्का खम्बा गाडेको पाँच वर्षसम्म पनि बिजुली बलेको छैन । अन्धकार गाउँमा खम्बा गाड्न थालेपछि बिजुली आउने भयो भन्दै हौसिएका स्थानीय पाँच वर्षसम्म बिजुली नबल्दा निरास भएका छन् ।
महसुल घटाएपछि उपभोक्तालाई राहत
महसुल घटाएपछि उपभोक्तालाई राहत पाल्पाको रामपुर नगरपालिकामा रहेको रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको महसुल दर घटाएको छ । उपभोक्ताको हितलाई दृष्टिगत गर्दै चालु आर्थिक वर्ष २०८०/८१ को साउन १ गतेदेखि लागू हुने गरी छुटसहित नयाँ मूल्य निर्धारण गरिएको छ । 
पाल्पाको रिब्दीकोटमा सुतेकै ठाउँमा मृत भेटिए ५४ वर्षीय पुरुष 
पाल्पाको रिब्दीकोटमा सुतेकै ठाउँमा मृत भेटिए ५४ वर्षीय पुरुष  ,जिल्लाको रिब्दीकोट गाउँपालिका –७ मैनादी कटहरबारीमा एक पुरुष मृत भेटिएका छन् । कटरबारीस्थित खाली गोठमा एक्लै बस्दै आएका रैनादेवी छहरा गाउँपालिका –५ अधेरी खोलाका ५४ वर्षीय नेत्रप्रसाद पराजुली सुतेकै अवस्थामा मृत भेटिएका हुन् । 
Weather Update