खरको छानो फाल्दै जस्ता : खुसी छन् रामपुरवासी आनन्दले बस्दा
बुधबार, साउन १७, २०८०
रामपुरका थप ८७ जनालाई जग्गाधनी प्रमाण पूर्जा वितरण
मंगलबार, साउन १६, २०८०
राष्ट्रिय भूमि आयोग पाल्पाले रामपुरका थप ८७ जना अव्यवस्थित जग्गाधनीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको छ । ५० वर्ष अघि देखिको अव्यवस्थित बसोबासीको समस्या रहेको रामपुरमा तेस्रो चरणमा सोमबार पूर्जा वितरण गरेको हो ।
एक्काइस प्रतिशतले निकासी घट्यो
मंगलबार, साउन १६, २०८०
सरकारले निर्यात प्रवद्र्धनका लागि सहजीकरण गरिरहेको भए पनि निर्यात लगातार घट्दो छ । आर्थिक वर्ष २०७९/८० मा नेपालको कूल निकासीमा २१ दशमवल चार प्रतिशतले ह्रास आएको छ । गत आवमा रु एक खर्ब ५७ अर्बको वस्तु निकासी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
विश्व बैंकले सहयोगलाई निरन्तरता दिने
मंगलबार, साउन १६, २०८०
नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाएका हुन् ।
पेट्रोलियम व्यवसायीलाई अग्नि नियन्त्रण अभिमुखीकरण
मंगलबार, साउन १६, २०८०
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन बुटवल रुपन्देहीले पेट्रोलपम्पमा हुनसक्ने आगलागी र यसको नियन्त्रणका उपायका बारेमा व्यवसायीलाई अभिमुखीकरण गरेको छ ।
गुल्मीमा धान उत्पादन घट्दो, वार्षिक सात करोडको चामल आयात
मंगलबार, साउन १६, २०८०
सरकारले कृषि उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा गुल्मीमा भने हरेक वर्ष धान उत्पादन घट्दै गएको छ । अघिल्लो वर्षहरुको तुलनामा यहाँ धान उत्पादन घट्दो रहेको हो ।
जनता प्राथमिकतामा पर्दैनन् भने राजनीति कसका लागि ?
मंगलबार, साउन १६, २०८०
स्थिर सरकार र स्थिर राजनीति नेपाली आम जनताले दशकौं अगाडिदेखि चाहना गरेको विषय हो । चाहना नहोस् पनि किन विकसित देशहरुको अवस्थालाई हेर्दा ती देशहरु विकसित हुनुको कारणको रुपमा पनि स्थिर राजनीति अवस्थालाई नै मुख्य कारणको रुपमा लिने गरिन्छ ।
स्तनपान सप्ताह र स्तनपान
मंगलबार, साउन १६, २०८०
विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ । हरेक वर्ष अगष्ट १ देखि ७ सम्मलाई स्तनपान सप्ताहको रुपमा मनाउने गरिएको छ । स्तनपान सप्ताह एक वार्षिक उत्सव हो । जीवनको पहिलो ६ महिनाको लागि पूर्ण स्तनपानलाई बढवा दिने लक्ष्य लिएर आएको यस साताव्यापी उत्सवको उद्देश्य नयाँ आमाबुबाहरूको बिच जागरूकता पैदा...
खिर खाएर मनाइयो साउने पन्ध्र
सोमबार, साउन १५, २०८०
खिर खाएर साउने पन्ध्र मनाइएको छ । सोमबार घर–घरमा खिर खाएर हर्षउल्लासका साथ साउने पन्ध्र पर्व मनाइएको हो ।
पाल्पाका शिवालय मन्दिरमा दर्शनार्थीको भिड
सोमबार, साउन १५, २०८०
साउन महिनाको हरेक सोमबार देशभरका शिवालय मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । तेस्रो सोमबार पनि हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरेका छन् ।
विद्युत प्राधिकरण पाल्पाले गर्यो वार्षिक उत्सवमा वृक्षारोपण
सोमबार, साउन १५, २०८०
नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले वार्षिक उत्सवको अवसरमा वृक्षारोपण गरेको छ । प्राधिकरणले ३८ औं वार्षिक उत्सवको अवसरमा कार्यालय, दरवार क्षेत्र परिसर, सव स्टेसन बतासेडाँडा, रुप्से, सिलुवा र कलेक्सन काउण्टर हार्थाेक, आर्यभञ्ज्याङ्ग क्षेत्रमा वृक्षारोपण गरेको हो ।
रामपुरमा व्यवसायिक फर्मको अनुगमन, अधिकांस पसल नविकरण नगरी सञ्चालन
सोमबार, साउन १५, २०८०
जिल्लाको रामपुरमा व्यवसायिक फर्मको अनुगमन गरिएको छ । रामपुर नगर सरकारले व्यवसायीलाई करको दायरामा ल्याउने उद्देश्यले अनुगमन गरेको हो । नगर सरकारले मुख्य बजार बेझाँड क्षेत्रका पसल तथा व्यवसायको अनुगमन गरेको छ ।
आज साउन पन्ध्र : खिर खाने दिन
सोमबार, साउन १५, २०८०
साउन १५, आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा हो । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको पाइन्छ । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले...


