देशका अधिकांश भागमा आंशिक बदली
मंगलबार, असोज २१, २०८२
आज ‘विश्व रेबिज दिवस’, नेपालमा पनि मनाइँदै
आइतबार, असोज १२, २०८२
आज विश्व रेविज दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । रेविजविरुद्व पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुईस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उनको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेविज दिवस मनाउने गरिएको हो ।
सूचनामा पहुँच दिवसको सन्दर्भ
आइतबार, असोज १२, २०८२
कुनै पनि सूचना पाउने हक नागरिकको मौलिक अधिकार हो । सबै नागरिकलाई सूचनाको पहुँचमा पुर्याउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २८ अर्थात् आजको दिन अन्तर्राष्ट्रिय सूचनामा पहुँच दिवस मनाउने गरिन्छ । यो सामान्य सूचनामा पहुँच नभएर हुनुपर्ने सूचनामा विश्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो ।
आज विश्व पर्यटन दिवस
शनिबार, असोज ११, २०८२
विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्वमा हरेक वर्ष पर्यटनको क्षेत्रको विकास र उत्थानका लागि विश्व पर्यटन दिवस मनाइँदै आइएको छ । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन...
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
शुक्रबार, असोज १०, २०८२
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिराहा, बाँके, मोरङ, कैलाली, धनुषामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी आठ जनाको मृत्यु भएको हो ।
आज परमाणु हतियार निर्मूल दिवस
शुक्रबार, असोज १०, २०८२
अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदैछ । संयुक्त राष्ट्र संघको आÞवानमा यो दिवस हरेक वर्ष सेप्टेम्बर २६ का दिन मनाउने गरिएको छ ।
आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
बिहीबार, असोज ९, २०८२
नवरात्रीको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथोे दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी...
चाडपर्व सुरु : सडक सुरक्षामा ध्यान देऊ
बुधबार, असोज ८, २०८२
बहुसंख्यक नेपालीले मनाउने दसैं, तिहार तथा छठ जस्ता चाडपर्व घर आगनमा आइसकेका छन् । यस्ता पर्वको सामाजिक र धार्मिक पक्षका अतिरिक्त परिवारजनसँगको भेटघाट पनि मुख्य हिस्सा हुने गरेको छ ।
निजी क्षेत्रलाई भरोसा दिलाऊ
मंगलबार, असोज ७, २०८२
लामो समयको कोभिड महामारीका कारण थिलो परेको निजी क्षेत्र उठ्नै लाग्दा पुनः जेनजी आन्दोलनले थला पर्न पुगेको छ । गत भदौ २४ गतेको घटनाले देशभर सार्वजनिक र निजी दुवै क्षेत्रमा व्यापक क्षति पु¥याएको छ । आगजनी, तोडफोड र लुटपाटका घटनालाई बिर्सिंदै जनजीवन सामान्य बन्दै गएको छ । तर उक्त दिनको...
सोह्र श्रद्धा सकियो
सोमबार, असोज ६, २०८२
आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष (सोह्र श्राद्ध) आइतबार सकिएको छ । अपरÞनकालमा दिव·त पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी यस वर्षको सोह्र श्राद्ध सकिएको हो ।
नवरात्रीको सन्दर्भ
सोमबार, असोज ६, २०८२
आजदेखि नवरात्री प्रारम्भ भएको छ । यस दिन बिहानै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ छरिन्छ । यस दिन घट कलशको स्थापना गरी देवी–देवतालाई आह्वाहन गरिन्छ । जांै अथवा अन्नलाई वैदिक यज्ञको...
आज विश्व शान्ति दिवस विविध कार्यक्रम गरी मनाइँदै
आइतबार, असोज ५, २०८२
प्रत्येक वर्ष सेप्टेम्बर २१ तारिखका दिन मनाइने विश्व शान्ति दिवस आइतबार नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् २००२ मा संयुक्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायीरूपमा विश्व शान्ति दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।

