वडाबाटै सामाजिक सुरक्षा भत्ता, गाउँ–गाउँमा सरकारको अनुभूति गर्न थाले वृद्धवृद्धा
सोमबार, असार २५, २०८०
गोरू पाल्ने किसानलाई प्रोत्साहन भत्ता
सोमबार, असार २५, २०८०
गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमूलक कार्यक्रम ल्याइएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–१ को कार्यालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भत्ता दिने भएको छ ।
डरलाग्दो बन्दै ‘लम्पी स्किन’
सोमबार, असार २५, २०८०
केही महिना अघि पाल्पाका पशुहरुमा देखिएको ‘लम्पी स्किन रोग’को संक्रमण अहिले देशका अधिकासं जिल्लाहरुमा डरलाग्दो रुपमा देखिएको छ । दुई महिनाअघि ३५ जिल्लाका १५ हजार पशुमा देखिएको यो रोगको विस्तार दर डरलाग्दो देखिएको छ । संक्रमणका कारण १० हजार भन्दा बढी पशु मरेको पशु सेवा विभागले जनाएको छ ।
ललिता निवास प्रकरण : थप तीन पक्राउ
आइतबार, असार २४, २०८०
ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप तीन आरोपित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याललाई पक्राउ गरेको हो ।
तिनाउ नदीमा एक युवक मृत फेला
आइतबार, असार २४, २०८०
तिनाउ नदीमा एक युवक मृत फेला परेका छन् । बुटवलको तिनाउ खोला किनारमा एक युवकको शव फेला परेको हो । तिनाउ नदीमा रहेको पक्की पुलको तलपट्टी नदी किनारमा बुटवल उपमहानगरपालिका–५ शान्ति टोलका २० वर्षीय सुमन विकको शव फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
२४ कम्पनीलाई सोधियो स्पष्टीकरण
आइतबार, असार २४, २०८०
सार्वजनिक खरिद अनुगमन कार्यालयले २४ निर्माण कम्पनी तथा आपूर्तिककर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम नगर्नेलाई सात दिने स्पष्टीकरण सोधेको हो ।
मकै खेती छोडेर लिची
आइतबार, असार २४, २०८०
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ अन्तर्गत थोर्गा च्युरेकको लिची गाउँका किसान व्यावसायिक लिची उत्पादनमा लागेका छन् । यस क्षेत्रमा प्रमुख नगदे फलफूल बालीको रुपमा लिची मानिन्छ । यहाँका कृषकले आजभोलि परम्परागत रुपमा गर्दै आएको मकै खेतीलाई छोडेर मकै लगाउने बारीमा लिचीका बोट लगाउँदै आएका छन् ।
विपद् व्यवस्थापनको तयारीमा लाग्ने की ?
आइतबार, असार २४, २०८०
जब पर्यो राती तब बुढी ताती । भन्ने नेपाली उखान जस्तै आखा अगाडि नै विपद्को अवस्था नआउदासम्म सक्रिय नहुने हाम्रा निकायहरुले कतै यो वर्ष पनि सोही अवस्थालाई निरन्तरता दिने त होइन जनमानसमा छलफलको विषय बनेको देखिन्छ । राज्यको पूर्व तयारी र योजना नहुँदा विपद् व्यवस्थापनको लागि विगतमा अरबौं रकम खर्च ...
तानसेन टुँडिखेलमा लायन्स क्लवले गर्यो वृक्षारोपण
शनिबार, असार २३, २०८०
तानसेनस्थित टुँडिखेलमा लायन्स क्लव अफ पाल्पा तानसेनले वृक्षारोपण गरेको छ । क्लवले शनिबार टुँडिखेलमा पुगेर ३० प्रजातिका विरुवा रोपेको हो । वातावरण स्वच्छ, हरियाली बनाउने उद्देश्यले क्लवले वृक्षारोपण गरेको जनाएको छ ।
बौद्ध युवा संघ पाल्पाको नयाँ नेतृत्वलाई पद हस्तान्तरण
शनिबार, असार २३, २०८०
बौद्ध धर्मलम्वीहरुको संस्था बौद्ध युवा संघ पाल्पाको नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको छ । संघको १७ औं अधिवेशनबाट निर्वाचित भएर आउने नेतृत्वलाई पुरानो नेतृत्वले पद हस्तान्तरण गरेको हो ।
एसइईको पूरक परीक्षा साउन २६ र २७ गते हुने
शनिबार, असार २३, २०८०
माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ ।
मृगौला पीडित राजेशलाई आर्थिक सहयोग
शनिबार, असार २३, २०८०
जिल्लाको रम्भा गाउँपालिका –३ का ५२ वर्षीय मृगौला पीडित राजेश चितौरे रानालाई विभिन्न व्यक्तिहरुले उपचारका लागि आर्थिक सहयोग गरेका छन् । पाल्पा श्रीनगर समाज हङकङको सहयोग र समाजका अगुवा वसन्त श्रीनेतको सक्रियतामा सकंलित एक लाख ५८ हजार २ सय मृगौला पीडित रानालाई सहयोग गरिएको हो ।


