समयमै पानी नपर्दा रोपाइँमा ढिलाई
शनिबार, साउन ६, २०८०
अर्थतन्त्र उकास्ने मौद्रिक नीति ल्याऊ
शनिबार, साउन ६, २०८०
कुनै पनि देशको केन्द्रीय बैंकले ल्याउने बृहत आर्थिक नीतिलाई मौद्रिक नीति भनिन्छ । मुलुकभित्र हुने मुद्राको व्यवस्थापन, महंगी नियन्त्रण, मुलुकले बाहिरबाट प्राप्त गर्ने आम्दानी र खर्च सन्तुलन र वित्तीय क्षेत्रको स्थायित्व मौद्रिक नीतिका उद्देश्य हुन् । बजेटले मूलतः आर्थिक वृद्धिदर र मुद्रास्फीतिको लक्ष्य राख्छ भने यो उद्देश्य प्राप्तिमा निर्णायक भूमिका...
छुुट्टाछुुट्टै स्थानमा करेन्ट लागेर चार जनाको ज्यान गयो
शुक्रबार, साउन ५, २०८०
देशका विभिन्न स्थानमा करेन्ट लागेर चार जनाको ज्यान गएको छ । विभिन्न जिल्लाका छुट्टाछुट्टै स्थानमा करेन्टबाट चार जनाको अकालमै ज्यान गएको हो ।
पाल्पाली साहित्यकार रेग्मी र सिंह काठमाडौंमा सम्मानित
शुक्रबार, साउन ५, २०८०
पाल्पाली साहित्यकार काठमाडौंमा सम्मानित भएका छन् । गुञ्जन नारी साहित्यिक संस्था काठमाडौंले रजत महोत्सवको अवसरमा पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मी र राजेन्द्र गोपाल सिंहलाई सम्मान गरेको हो ।
पाल्पाको रैनादेवी छहरामा नगदसहित पाँच जुवाडे पक्राउ
शुक्रबार, साउन ५, २०८०
जिल्लाको रैनादेवी छहारा गाउँपालिका–४ अमलाबासबाट नगदसहित पाँच जुवाडे पक्राउ परेका छन् । छहराको अमलावासस्थित एक रेष्टुरेण्टबाट नगदसहित पाँच जुवाडे पक्राउ परेका हुन् । जिल्ला कार्यालय पाल्पा र ईलाका प्रहरी कार्यालय मुझुङबाट खटेको प्रहरी अनुसन्धान अधिकृत सहितको टोलीले रेष्टुरेण्टबाट जुवाडेलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
प्रेस युनियन गुल्मीको अध्यक्षमा पुनः कुँवर
शुक्रबार, साउन ५, २०८०
नेपाल प्रेस युनियन गुल्मीको अध्यक्षमा रेशम कुँवर पुनः निर्विरोध निर्वाचित भएका छन् । युनियनको सदरमुकाम तम्घासमा भएको नवौं जिल्ला अधिवेशन तथा १७ औं साधारण सभाले कुँवरलाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
उपप्रधानमन्त्री श्रेष्ठद्वारा विमानस्थल क्षेत्रको अनुगमन
शुक्रबार, साउन ५, २०८०
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सबै निकायका प्रमुखसहित विमानस्थल व्यवस्थापन र सामान निकासी प्रक्रियाबारे आज अनुगमन गरी जानकारी लिएका छन् ।
नेपाल र इयुबीच रु साढे १० अर्बको अनुदान सम्झौता
शुक्रबार, साउन ५, २०८०
दुईवटा छुट्टाछुट्टै कार्यक्रमका लागि नेपाल र युरोपेली युनियन (इयु) बीच रु साढे १० अर्बभन्दा बढीको अनुदान सम्झौता सम्पन्न भएको छ । आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपालको शिक्षा र वातावरण क्षेत्रमा खर्च गर्ने गरी उक्त अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
इन्टरनेटको सहायताबाट बंगुरपालन
शुक्रबार, साउन ५, २०८०
पाल्पा रामपुर नगरपालिका–१० स्थित होस्दीका यमबहादुर सारुको दैनिक यतिबेला बंगुरका पाठापाठी हुर्काउने र विक्री गर्नेमा व्यतित भइरहेको छ । उनले बंगुरपालनमा भविष्य बोकेर इन्टरनेटको सहायताबाट व्यवसाय चलाएका छन् । पाँच वर्षसम्म वैदेशिक रोजगारीबाट गाउँ फर्केपछि उनले बंगुरपालन व्यवसाय रोजेका हुन् ।
काँग्रेस बलियो बनाउने प्रयास
शुक्रबार, साउन ५, २०८०
एक वर्षपछि नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बसेको छ । काँग्रेसको विधानभित्र हरेक दुई महिनामा कार्यसमितिको बैठक बस्नुपर्ने प्रावधान छ । तर काँग्रेसले यसो गर्न जरुरी ठानेन । एक वर्ष पछि मात्र बैठक बस्न सफल भयो । अरु कुराका लागि नभएपनि निर्वाचन समीक्षाका लागि नै भएपनि बैठक बसेर छलफल गर्न...
कलम चलाउने पत्रकार अपमानित हुनुपदैन : अध्यक्ष लम्साल
बिहीबार, साउन ४, २०८०
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले कलम चलाउने पत्रकारहरु अपमानित हुन नपर्ने बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन गुल्मीको नवौं जिल्ला अधिवेशन तथा १७ औं साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका लम्सालले कलम चलाउने कुनै पनि पत्रकार अपमानित हुन नपर्ने बताएका हुन् ।
विश्व आदिवासी दिवस मनाइने
बिहीबार, साउन ४, २०८०
उनान्तीस औँ विश्व आदिवासी दिवस यही साउन २४ गते मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघले हरेक वर्ष अगष्ट ९ का दिन मनाउँदै आएको उक्त दिवस यसवर्ष पनि मनाउने निर्णय गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले जानकारी दिए ।


