Shittalpati
सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ
सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । 
कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ
कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न समयमा अदालतबाट कैद र जरिवानाको फैसला भएका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले आर्थिक वर्ष २०७९/८० मा आपराधिक क्रियाकलापमा संलग्न रही अदालतले कैद र जरिवाना फैसला सुनाएपछि फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो । 
पाल्पामा सवारी दुर्घटनाको बढ्दो ग्राफ : चार वर्षमा १ सय ९ को मृत्यु
पाल्पामा सवारी दुर्घटनाको बढ्दो ग्राफ : चार वर्षमा १ सय ९ को मृत्यु गत पौष २१ मा पाल्पाको रैनादेवी छहरा गाउँपालिका –८ खुर्सनेमा ग १ ख ४९७७ नम्वरको बस दुर्घटना हुुँदा ६ जनाको मृत्यु भयो ।  रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानेका लागि छुटेको यात्रुवाहक बस दुर्घटनामा उनीहरुले ज्यान गुमाए ।  ८ साउन २०७९ मा रिब्दीकोटको लघुवामा लु १ ख ५९५२ नम्वरको बस दुर्घटना हुँदा...
मेयर छात्रवृत्तिले विपन्न विद्यार्थीलाई राहत
मेयर छात्रवृत्तिले विपन्न विद्यार्थीलाई राहत हुम्लाको ताजाकोट गाउँपालिका–२ खटिकबाडाका राजेन्द्र खत्री रामपुरमा बसेर इन्जिनियरिङ शिक्षा अध्ययन गर्छन् । उनी रामपुरस्थित दरैठाँटी माविमा सिभिल इन्जिनियरिङको तेस्रो सेमेष्टरमा अध्ययनरत छात्र हुन् । सो सेमेष्टरको भर्ना अभियान चलेको बेला पैसाको जोहो कसरी गर्ने भन्ने चिन्ताले उनलाई पिरोलिरहेको थियो । परिवारमा पैसा बन्दोबस्त गर्न नसक्दा पढाइ बीचमै छाड्ने कि...
बजार अनुगमनको नाटक किन ?
बजार अनुगमनको नाटक किन ? बजार अनुगमन गर्दा उपभोक्ता हित विपरितका क्रियाकलापमा संलग्न रहने व्यवसायीका सटरमा सिलबन्दी गरिन्छ । गुणस्तरहिन बस्तु नस्ट गरिन्छ । अनि यसको प्रचार–प्रसार पनि राम्रै हुन्छ । तर, कारवाही भने हुँदैन । जसले गर्दा बजार अनुगमन नाम मात्रैको अनुगमन हुने गरेको छ ।
नेपालले युएइलाई हरायो
नेपालले युएइलाई हरायो एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) को ‘ए’ टोलीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको छ ।
माथागढीका कर्मचारीलाई दुर्व्यवहार र ज्यान मार्ने धम्की दिनेमाथि कारवाहीको माग
माथागढीका कर्मचारीलाई दुर्व्यवहार र ज्यान मार्ने धम्की दिनेमाथि कारवाहीको माग जिल्लाको माथागढी गाउँपालिकामा कार्यरत केही कर्मचारीलाई दुर्व्यवहार र ज्यान मार्ने धम्की दिएको विषयमा स्थानीय तह आर्थिक प्रशासन शाखामा कार्यरत कर्मचारीहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले एक विज्ञप्ति निकाल्दै पालिकाको काममा अहोरात्र खटिएकै अवस्थामा प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत तथा लेखापाल कर्मचारीमाथि गत असार २७ गते भएको दुर्व्यवहार र...
बजार अनुगमन हुन्छ, कारवाही हुँदैन
बजार अनुगमन हुन्छ, कारवाही हुँदैन पाल्पाको सदरमुकाम तानसेनका पसलहरुमा बेला–बेलामा मौसमी अनुगमन हुने गर्दछ । हरेक वर्ष दसैं–तिहार र आर्थिक वर्षको सुरुमा बजार अनुगमनले राम्रै प्राथमिकता पाउने गर्दछ । बजार अनुगमन गर्दा गुणस्तरहिन बस्तु नस्ट गरिन्छ । अनि यसको प्रचारप्रसार पनि राम्रै हुन्छ तर, कारवाही भने हुँदैन ।
अङ्गदानमा लैङ्गिक विभेद : दान गर्ने महिला, लिने पुरुष
अङ्गदानमा लैङ्गिक विभेद : दान गर्ने महिला, लिने पुरुष रोगले महिला र पुरुष भन्दैन, जोसुकैलाई पनि लाग्न सक्छ । रोगकै कारण कुनै व्यक्तिको अङ्ग काम नलाग्ने भयो भने प्रत्यारोपण गर्नुपर्ने अवस्था आउँछ । यस्तो अवस्थामा नजिकका आफन्तको अङ्ग आवश्यक पर्छ । त्यसका लागि सबैभन्दा पहिला घरपरिवारका सदस्य नै अङ्गदानको प्राथमिकतामा पर्छन् ।
अर्थतन्त्र बलियो बनाउन नेता सुध्रिनु पर्छ
अर्थतन्त्र बलियो बनाउन नेता सुध्रिनु पर्छ राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्र सधै कमजोर छ । राजनीतिले स्थिरता लिन सकेको छैन, जसले गर्दा अर्थतन्त्र पनि उत्तिकै कमजोर छ । सधैँ सरकार परिवर्तन भइरहँदा आर्थिक नीति पनि परिवर्तन हुँदै जाने गर्दछ । दिगो अर्थनीतिको अभावमा अर्थतन्त्र कहिल्यै सुधार हुन सकेन, यो नै नेपालको अर्थतन्त्रको मूल समस्या हो ।
एकीकृत समाजवादी पाल्पाका अध्यक्ष पाण्डेको सम्झनामा स्मृति कोषसँगै वृक्षारोपण 
एकीकृत समाजवादी पाल्पाका अध्यक्ष पाण्डेको सम्झनामा स्मृति कोषसँगै वृक्षारोपण  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका अध्यक्ष खिमानन्द पाण्डे (कमल)को सम्झनामा स्मृति कोष स्थापनाको घोषणासँगै वृक्षारोपण गरिएको छ । असार २२ गते हृदयघातका कारण निधन भएका ५२ वर्षीय पाण्डेको सम्झनामा परिवारले स्मृति कोष स्थापना गर्ने घोषणा र वृक्षारोपण गरेको हो । 
काँग्रेसले ‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’ अभियान चलाउने
काँग्रेसले ‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’ अभियान चलाउने नेपाली काँग्रेसले सदस्यता विस्तारका लागि अभियान चलाउने भएको छ । उसले नयाँ सदस्य थप्नका लागि  ‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’ अभियान चलाउने भएको हो ।
Weather Update