नेप्से परिसूचक २७ अङ्कले घट्यो
बुधबार, साउन ९, २०८१
सुनको मूल्य एक हजार तीन सयले घट्यो
आइतबार, साउन ६, २०८१
सुनको मूल्य आज प्रतितोला एक हजार तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४६ हजार दुई सय निर्धारण भएको हो ।
तोलामा दुई हजारले घट्यो सुनको मूल्य
शुक्रबार, साउन ४, २०८१
स्थानीय बजारमा सुनको मूल्य तोलामा दुई हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकानुसार बिहीबार प्रतितोला एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको छापावाला सुनको आज भने एक लाख ४७ हजार पाँच सय निर्धारण भएको छ ।
तोलामा तीन सयले घट्यो सुनको मूल्य
बिहीबार, साउन ३, २०८१
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा तीन सयले घटेको छ । बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज भने एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो ।
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला डेढ लाख नजिक
बुधबार, साउन २, २०८१
बुधबार नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार प्रतितोलामा दुुई हजार रुपैयाँले बढेर उच्च रेकर्ड कायम गरेको हो ।
पेट्रोल डिजेल र मट्टितेलको मूल्य बढ्यो
मंगलबार, साउन १, २०८१
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगम सञ्चालन समितिको सोमबारको बैठकले नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।
लुम्बिनी प्रदेश सरकारको खर्च ६६ प्रतिशत मात्र
मंगलबार, साउन १, २०८१
चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले ६६ दशमलव १४ प्रतिशत खर्च गरेको छ । प्रदेश सरकारले चालु आवमा चालुतर्फ १७ अर्ब २२ करोड २७ लाख ९९ हजार विनियोजन गरेकोमा १० अर्ब ७४ करोड २७ लाख ९३ हजार तीन सय ५५ खर्च भएको छ ।
नविलको ‘द नविल ढुक्क घर कर्जा’ योजना
शनिबार, असार २९, २०८१
नविल बैंकले आफ्ना ग्राहकहरुका लागि नयाँ योजना ल्याएको छ । बैंकले ‘द नविल ढुक्क घर कर्जा’ योजना ल्याएको हो ।
४१ औँ वर्ष प्रवेशको अवसरमा बैंकले योजना सार्वजनिक गरेको छ ।
नेप्से दोहोरो अंकले बढ्यो
सोमबार, असार २४, २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । यो साता कारोबारको पहिलो दिन आइतबार २१ दशमलव २७ प्रतिशतले नेप्से बढेको हो ।
सुनको मूल्य बढ्यो
बुधबार, असार १९, २०८१
सुुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा ४ सय रूपैयाँ र चाँदी तोलामा २० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अग्निपीडितलाई प्रवासी नेपालीको सहयोग
मंगलबार, असार १८, २०८१
पूर्वखोला गाउँपालिका–६ हेक्लाङका अग्निपीडित छ परिवारलाई प्रवासी नेपालीले सहयोग गरेका छन् । हङकङमा रहेका नेपालीले हङकङ मगर सङ्घ र पाल्पा श्रीनगर समाजले रु दुई लाख ३० हजार नगद सङ्कलन गरेर पीडितलाई प्रदान गरेका हुन् ।
इन्धनको मूल्य बढ्यो
सोमबार, असार १७, २०८१
नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोल लिटरमा २ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ बढाइएको हो ।
नेप्से १४ दशमलव ८३ अंकले घट्यो
आइतबार, असार १६, २०८१
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आइतबार नेप्से परिसूचक १४ दशमलव ८३ अंकले घटेरर बन्द भएको हो ।


